गजेन्द्र नारायण सिंह अस्पतालमा अक्सिजन प्लान्टबाट उत्पादन शुरु

राजविराज राजविराज
|
मंगलबार, पौष १३, २०७८
|
|
२२ पटक हेरिएको
Shares
गजेन्द्र नारायण सिंह अस्पतालमा अक्सिजन प्लान्टबाट उत्पादन शुरु

सारांश

  •     दुई दिन अघि मात्र सफल परिक्षण गरिएपछि उक्त प्लान्ट मंगलवारदेखी संचालनमा आएको हो ।
  • प्लान्ट संचालनमा आएपछि जटिल, स्वास प्रस्वासका गम्भिर समस्या भएका तथा कोरोनाका विरामीलाई अन्यत्र जानुु पर्ने बाध्यता समेत हटेको छ ।
  •       उक्त प्लान्टबाट दैनिक २ सय ८० देखी २ सय ९० सिलिण्डर अक्सिजन उत्पादन हुने लक्ष्य रहेको अस्पतालका मेसु डा.

दैनिक समाचारदाता
राजविराज, १३ पुस । 
    राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले अक्सिजनको अभाव हुन नदिन अस्पताल हाता भित्रै अक्सिजन प्लान्टको स्थापना गरेको छ । 
    दुई दिन अघि मात्र सफल परिक्षण गरिएपछि उक्त प्लान्ट मंगलवारदेखी संचालनमा आएको हो । प्लान्ट संचालनमा आएपछि जटिल, स्वास प्रस्वासका गम्भिर समस्या भएका तथा कोरोनाका विरामीलाई अन्यत्र जानुु पर्ने बाध्यता समेत हटेको छ । 
    उक्त प्लान्टबाट दैनिक २ सय ८० देखी २ सय ९० सिलिण्डर अक्सिजन उत्पादन हुने लक्ष्य रहेको अस्पतालका मेसु डा. रन्जित झाले जानकारी दिएका छन् । अक्सिजनको माग बढे उत्पादन बढाउन बैकल्पिक उपायको रुपमा अस्पताल परिसर मै थप एउटा लिक्वीड प्लान्ट समेत जडान गरिएको उनले बताए । 
    अस्पतालमा १५ वटा भेन्टिलेटरसहित १५ शैयाको आईसियु र ४ वटा भेनिटलेटर तथा २५ शैयाको अत्याधुनिक हाईडिपेन्सी युनिट सेवा समेत तैयारी अवस्थामा छ । 
    अक्सिजनको उत्पादन शुरु भएसंगै उक्त सेवाहरु पनि प्रभावकारी ढंगले अघि बढ्ने मेसु डा.झाले बताए । यसअघि अस्पतालले दुहबी डिपो तथा अन्य स्थानबाट अक्सिजन आपूर्ती गर्दै आएको थियो । 
    गत भदौं महिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ३ करोड ७३ लाखको सहयोग प्राप्त हुना साथ संरचना निर्माण र अक्सिजन प्लान्ट जडानको काम शुरु भएको थियो । 
    उपकरण जडान गर्ने इजिइन्फा प्रालि काठमाण्डांैका इन्जिनियर सन्तोष धितालले मंगलवार एक कार्यक्रमबीच प्लान्ट संचालनमा ल्याई मेडिकल सुपरिटेण्डेन्ट डा. झालाई हस्तान्तरण गरे लगतै उत्पादन शूरु गरिएको हो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
प्रथम मेयर गोल्डकप सुरु
प्रथम मेयर गोल्डकप सुरु
महादेवा गाउँपालिकाद्वारा तीन सय सिरक बितरण 
महादेवा गाउँपालिकाद्वारा तीन सय सिरक बितरण 
कसैले पार्टीबाटै त कसैले स्वतन्त्र रुपमै दिए दुबै गठबन्धनबिरुद्ध उम्मेदवारी   
कसैले पार्टीबाटै त कसैले स्वतन्त्र रुपमै दिए दुबै गठबन्धनबिरुद्ध उम्मेदवारी   
निर्णय सच्याउन माँग गर्दै काँग्रेस, जसपा र जनमत पार्टीको प्रदर्शन
निर्णय सच्याउन माँग गर्दै काँग्रेस, जसपा र जनमत पार्टीको प्रदर्शन
सखुवामा भलिबल प्रतियोगिता  शुरु, पहिलो खेलमा सिरहा बिजयी
सखुवामा भलिबल प्रतियोगिता  शुरु, पहिलो खेलमा सिरहा बिजयी
मृत्युको मुखमा पुगेका एक बृद्धले पाए नयाँ जीवन 
मृत्युको मुखमा पुगेका एक बृद्धले पाए नयाँ जीवन 
नेपाली सेनाद्वारा निर्मित पक्की मञ्च विद्यालयलाई हस्तान्तरण 
नेपाली सेनाद्वारा निर्मित पक्की मञ्च विद्यालयलाई हस्तान्तरण 
नेपाल पत्रकार महासंघको आज निर्वाचन हुँदै, सप्तरीमा श्रवण देव र मनोहर पोखरेलबीच प्रतिष्पर्धा
नेपाल पत्रकार महासंघको आज निर्वाचन हुँदै, सप्तरीमा श्रवण देव र मनोहर पोखरेलबीच प्रतिष्पर्धा
राष्ट्रिय सभा सदस्यद्वय यादव र सिंहलाई सम्मान
राष्ट्रिय सभा सदस्यद्वय यादव र सिंहलाई सम्मान