सप्तरी प्रदेशसभा ४ को १ मा नेकपा एस र २ मा स्वतन्त्र बिजयी, आठ प्रदेशसभा सीटमा ४ जनमत तथा काँग्रेस,  एमाले, एस र स्वतन्त्रलाई एक÷एक सीट 

राजविराज राजविराज
|
शुक्रबार, मंसिर ९, २०७९
|
|
६१ पटक हेरिएको
Shares
सप्तरी प्रदेशसभा ४ को १ मा नेकपा एस र २ मा स्वतन्त्र बिजयी, आठ प्रदेशसभा सीटमा ४ जनमत तथा काँग्रेस,  एमाले, एस र स्वतन्त्रलाई एक÷एक सीट 

सारांश

  •     जिल्लाको ४ नं.
  • क्षेत्रको प्रदेश सभा १ र २ को शुक्रबार अन्तिम नतिजा सार्वजनिक भएको हो ।
  •       प्राप्त मतपरिणाम अनुसार प्रदेशसभा ४ को १ मा एकिकृत समाजवादीका गोविन्द बहादुर न्यौपाने विजयी भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।

    सप्तरीमा आउन बाँकी रहेको २ प्रदेशसभा सदस्य सीटको मतपरिणाम पनि शुक्रबार सार्वजनिक भएको छ । 
    जिल्लाको ४ नं. क्षेत्रको प्रदेश सभा १ र २ को शुक्रबार अन्तिम नतिजा सार्वजनिक भएको हो । 
    प्राप्त मतपरिणाम अनुसार प्रदेशसभा ४ को १ मा एकिकृत समाजवादीका गोविन्द बहादुर न्यौपाने विजयी भएका छन् । न्यौपानेले ११ हजार ४ सय २९ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका नमेन्दर पासमान ५ हजार ५ सय ५८ मत प्राप्त गरे । त्यस्तै एमालेका बालकृष्ण चौधरीले ५ हजार ८ मत ल्याए ।
    यस्तै प्रदेशसभा ४ को २ मा जसपाबाट बागि भई स्वतन्त्र उम्मेदवारी दिएका अनिरुद्ध प्रसाद सिंह निर्वाचित भएका छन् । सिहले ९ हजार ९ सय ८५ मत ल्याउदा जसपाकी नेतृ रेणु यादवका छोरा तथा निवर्तमान मधेश प्रदेशसभा सदस्य अभिषेक यादवले ७ हजार ९ सय २० मत प्राप्त गरे । यस्तै जनमतका केशरराज गुप्ताले ५ हजार ६ सय ७३ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार इन्द्रदेव यादवले ४ हजार ४ सय ९८ मतमै चित्त बुझाए । 
    प्रदेशसभा सदस्यको उम्मेदवारका लागि ६३ वर्षीय सिंहको नाम जसपाको वडा समितिबाटै सिफारिस भएको थियो । तर, अभिषेकको नाम वडा तहबाट सिफारिस भएको थिएन । आफ्नो नाम वडा हुँदै नगर तथा जिल्लाबाट सिफारिस भएर माथिल्लो तहमा गए पनि पार्टीले टिकट नदिएपछि बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिएको सिंहले बताए । 
    आठ वटा प्रदेशसभा सीटको रहेको यस जिल्लाको प्रदेशसभाको मतगणना सकिएको छ । अन्तिम मतपरिणाम अनुसार प्रदेशसभा १ को १ मा एमालेका राजकुमार लेखी र २ मा जनमतका मो.सकिल मियाँ, प्रदेशसभा २ को १ मा जनमतको सतिश कुमार सिंह र २ मा जनमतकै महेश प्रसाद यादव निर्वाचित भएका छन् । 
    यस्तै प्रदेशसभा ३ को १ मा काँग्रेसका मो. समिम र २ मा जनमतका शम्भु कुमार साह तथा प्रदेशसभा ४ को १ मा एकिकृत समाजवादीका गोविन्द न्यौपाने र २ मा स्वतन्त्र उम्मेदवार अनिरुद्ध प्रसाद सिंह निर्वाचित भएका छन् । 
    चार वटा प्रतिनिधिसभा क्षेत्र मध्ये तीन वटाको बिहीबारै मतपरिणाम सार्वजनिक भइसकेको छ । जसअन्तरगत प्रतिनिधीसभा १ मा जसपाका नवल किशोर साह, २ मा जनमतका डा. सिके राउत र क्षेत्र नं. ३ मा काँग्रेसका दिनेश कुमार यादव निर्वाचित भएका छन् । 
    मतगणना बाँकी रहेको सप्तरी ४ मा भने कांग्रेसका उम्मेदवार तेजुलाल चौधरीले सुरुदेखि नै अग्रता कायम राखेका छन् । यो क्षेत्रको मतगणनना शनिबारसम्म सम्पन्न हुने मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।
प्रदेशसभा जसपा, लोसपा र माओवादीविहीन
    प्रदेशतर्फ ८ वटा निर्वाचन क्षेत्र रहेको सप्तरीमा सम्पन्न मतगणना परिणामले यस पटक जसपा र लोसपाबिहीन भएको छ भने गत निर्वाचन जस्तै यस पटक पनि माओवादीले एउटै सीट जित्न सकेन् । 
    प्रदेशतर्फ आठ मध्ये पाँच क्षेत्रमा जसपाले उम्मेदवारी दिए पनि कुनै क्षेत्रमा विजयी हुन सकेन । त्यस्तै लोसपाले एक क्षेत्रबाट र माओवादी केन्द्रले दुई क्षेत्रबाट उम्मेदवारी दिएको थियो । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ को मुख्य समस्या लागुऔषध र बालप्रेम विवाह : संचारमन्त्री साह
प्रदेश २ को मुख्य समस्या लागुऔषध र बालप्रेम विवाह : संचारमन्त्री साह
प्रदेश २ सरकारद्वारा प्राधिकरण, काउन्सील र प्रवद्र्धन बोर्डका अध्यक्ष नियुक्त 
प्रदेश २ सरकारद्वारा प्राधिकरण, काउन्सील र प्रवद्र्धन बोर्डका अध्यक्ष नियुक्त 
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन अदालत प्रतिबद्ध छ ः बरिष्ठतम न्यायाधिश श्रेष्ठ
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन अदालत प्रतिबद्ध छ ः बरिष्ठतम न्यायाधिश श्रेष्ठ
भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
प्रमुखहरु स्थानिय तहमा बढी समय नदिदा जनतालाई समस्या ः आयोग सदस्य पौडेल 
प्रमुखहरु स्थानिय तहमा बढी समय नदिदा जनतालाई समस्या ः आयोग सदस्य पौडेल 
संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा    
अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा    
बीच सडकमै लाग्ने हाट बजार हटाइयो
बीच सडकमै लाग्ने हाट बजार हटाइयो
आइडियलद्वारा २५ आइडिया सार्वजनिक
आइडियलद्वारा २५ आइडिया सार्वजनिक
पानीको समस्या समाधान गर्न प्रजिअद्वारा  स्थलगत निरिक्षणका साथै निर्देशन
पानीको समस्या समाधान गर्न प्रजिअद्वारा  स्थलगत निरिक्षणका साथै निर्देशन

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी