डुंगाबाट तस्करी गर्दै गरेको  अवस्थामा ३५ कार्टुन मदिरा बरामद

राजविराज राजविराज
|
शुक्रबार, आश्विन २३, २०७७
|
|
२५ पटक हेरिएको
Shares
डुंगाबाट तस्करी गर्दै गरेको  अवस्थामा ३५ कार्टुन मदिरा बरामद

सारांश

  •     यसै क्रममा सप्तकोशी नदीमा डुंगाको प्रयोग गरी भारत तर्फ लैजादै गरको ३५ कार्टुन मदिरा प्रहरीले बिहीबार बिहान नियन्त्रणमा लिएको छ ।
  •       सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका क्षेत्रमा पर्ने सप्तकोशी नदी हुदै भारततर्फ लगिरहेको गोप्य सुचनाका आधारमा को.
  • बर्साईनस्थित सशस्त्र प्रहरीको टोलीले तस्करीका लागी प्रयोग गरिएको डुंगाासहित सो परिमाणको मदिरा नियन्त्रणमा लिएको जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २२ असोज । 
    तस्करले तस्करीको नयाँ नयाँ बाटो र माध्यम प्रयोग गर्न थालेपछि प्रहरीले सीमा नाका र कोशी नदी छेउछाउ गस्ति बढाएको छ । 
    यसै क्रममा सप्तकोशी नदीमा डुंगाको प्रयोग गरी भारत तर्फ लैजादै गरको ३५ कार्टुन मदिरा प्रहरीले बिहीबार बिहान नियन्त्रणमा लिएको छ । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका क्षेत्रमा पर्ने सप्तकोशी नदी हुदै भारततर्फ लगिरहेको गोप्य सुचनाका आधारमा को. बर्साईनस्थित सशस्त्र प्रहरीको टोलीले तस्करीका लागी प्रयोग गरिएको डुंगाासहित सो परिमाणको मदिरा नियन्त्रणमा लिएको जनाएको छ ।
    यद्यपी तस्करीमा संलग्न तस्करहरु भने फरार भएको र खोजी कार्य जारी रहेको शसस्त्र प्रहरी बल ६ नम्बर हेडक्वाटर राजविराजले जनाएको छ । यता बरामद गरिएके मदिरा राजविराजस्थित बेल्ही भन्सार कार्यालयमा बुझाइएको छ । 
    दुई महिना यता प्रहरीले सप्तकोशी नदी आसपास समेत निगरानी बढाएपछि एक पछि अर्काे सफलता मिल्दै गएको शसस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठको भनाई छ । दुई महिनाको अवधिमा शसस्त्र प्रहरीले सप्तकोशी नदीमा डुंगााको प्रयोग गरी भारत तर्फ तस्करी गरी लैजादै गरेको लाखौै मुल्य बराबरको हरियो मटर र मदिरा बरामद गरी भन्सार कार्यालयलाई बुझाइसकेको सो कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ