दलित समुदायमा शिक्षाको पहुँच हुनुपर्छ : अर्थमन्त्री साह

राजविराज राजविराज
|
बुधबार, कार्तिक ३, २०७८
|
|
१८ पटक हेरिएको
Shares
दलित समुदायमा शिक्षाको पहुँच हुनुपर्छ : अर्थमन्त्री साह

सारांश

  •     सेभ द सप्तरीको २२ औं सधारण सभा एव सामाजिक लेखा परीक्षण कार्यक्रमको अवसरमा बोल्दै मन्त्री साहले सो कुरामा जोड दिएका हुन् ।
  •       सप्तरी जिल्ला मानव सुचकमा एकदमै पछाडी परिसकेको भन्दै मन्त्री साहले दलित समुदायमा शिक्षाको पहुँच हुनुपर्ने बताए ।
  •     सेभ द सप्तरीले जिल्लाको दक्षिणी भेगमा गरेको कामहरु उदाहरणीय रहेको भन्दै उनले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक । 
    प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले दलित समुदायमा शिक्षाको पहुच हुनुपर्नेमा जोड दिएका छन् । 
    सेभ द सप्तरीको २२ औं सधारण सभा एव सामाजिक लेखा परीक्षण कार्यक्रमको अवसरमा बोल्दै मन्त्री साहले सो कुरामा जोड दिएका हुन् । 
    सप्तरी जिल्ला मानव सुचकमा एकदमै पछाडी परिसकेको भन्दै मन्त्री साहले दलित समुदायमा शिक्षाको पहुँच हुनुपर्ने बताए ।
    सेभ द सप्तरीले जिल्लाको दक्षिणी भेगमा गरेको कामहरु उदाहरणीय रहेको भन्दै उनले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । देशमा राजनैतिक परिर्वतन भएपनि समाजमा आमजनता परिर्वतन हुनुपर्ने बताउदै मन्त्री साहले कृषि, शिक्षा, रोजगार लगायतका क्षेत्रमा ध्यान दिनुपर्ने सुझाव समेत दिए । 
    राज्यको आँखा नपुगेको ठाउँमा संस्थाले समाजिक क्षेत्रमा महत्वपुर्ण काम गर्दै अएकोमा मन्त्री साहले प्रशंशा समेत गरे । 
    सोही कार्यक्रममा प्रदेश सभा सदस्य गिता यादवले राज्यले ब्यवस्था गर्न नसकिएको कामहरु सेभ द सप्तरीले गरिरहेको बताउँदै महिलाहरु बाहिर निस्किन नसकेको अवस्थामा सस्थाले ग्रामिण भेगका महिलालाई १५ हजार रुपैया दिएर स्वरोजगार बन्न मद्दत गरेकोप्रति आभार व्यक्त गरिन् ।
    कार्यक्रममा स्वास्थ प्रमुख दुनियालाल यादवले सप्तरी जिल्लाको विभिन्न भागहरुमा समृद्ध स्वास्थ्य, शिक्षामा काम गनुपर्ने जिकिर गरे । उनले स्वास्थ्य तथा बालबालिका क्षेत्रमा सेभ द सप्तरीले निरन्तरता काम गरिरहेको भन्दै लागु औषध सेवनमा फसेका बालबालिकाहरुको हितमा काम गर्न सुझाव दिए ।
    सेभ द सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश २ का मिडिया काउन्सील अध्यक्ष शिवहरीप्रसाद भटराई, गैसस महासंघका उपाध्यक्ष बलदेव मण्डल, पत्रकर महासंघका पूर्व अध्यक्ष धिरेन्द्रप्रसाद साह, सेभ द सप्तरीका संस्थापक गंगाराम साह, पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देव लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । 
    कार्यक्रममा सेभ द सप्तरीका बिभिन्न तहका कर्मचारीहरुको सहभागिता रहेको थियो । संस्थाले बिगत २२ बर्षदेखि समामाजिक, शिक्षा, रोजगार, स्वास्थ्य र बालबालिकाको हितमा काम गर्दै आएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा प्रशासनलाई स्वास्थ्य सामाग्रि तथा उपकरण प्रदान
स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा प्रशासनलाई स्वास्थ्य सामाग्रि तथा उपकरण प्रदान
स्ववियु निर्वाचनको २४ घण्टा बितिसक्दा पनि विवादका कारण सुरु हुन सकेन् मतगणना, दिनभरी भित्र छलफल, बाहिर प्रदर्शन
स्ववियु निर्वाचनको २४ घण्टा बितिसक्दा पनि विवादका कारण सुरु हुन सकेन् मतगणना, दिनभरी भित्र छलफल, बाहिर प्रदर्शन
व्यक्तिगत रुपमै नेता मण्डलले गरिब, विपन्न तथा सहिद परिवारलाई राहत बितरण गर्दै 
व्यक्तिगत रुपमै नेता मण्डलले गरिब, विपन्न तथा सहिद परिवारलाई राहत बितरण गर्दै 
सीके राउतद्वारा “जनमत पार्टी” खोल्ने घोषणा
जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान
नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
नयाँ नेतृत्वको चयन गर्दै मधेश प्रदेश कबड्ी संघको अधिवेशन सम्पन्न 
नयाँ नेतृत्वको चयन गर्दै मधेश प्रदेश कबड्ी संघको अधिवेशन सम्पन्न 
सवारी दुर्घटनामा ज्यान गुमाएका उपसभापति चौधरीप्रति श्रद्धाञ्जली 
सवारी दुर्घटनामा ज्यान गुमाएका उपसभापति चौधरीप्रति श्रद्धाञ्जली 
स्ववियु निर्वाचन शान्तिपूर्ण  सम्पन्न, ४६.५७ प्रतिशत मतदान 
स्ववियु निर्वाचन शान्तिपूर्ण  सम्पन्न, ४६.५७ प्रतिशत मतदान