राजविराजमा यूवा व्यापारीद्वारा सराहनिय कार्य, गरिब, विपन्न तथा नागरिकताबिहीन व्यक्तिलाई गुप्त दानमार्फत राहत बितरण 

राजविराज राजविराज
|
शनिबार, चैत्र २९, २०७६
|
|
० पटक हेरिएको
Shares
राजविराजमा यूवा व्यापारीद्वारा सराहनिय कार्य, गरिब, विपन्न तथा नागरिकताबिहीन व्यक्तिलाई गुप्त दानमार्फत राहत बितरण 

सारांश

  • दैनिक समाचारदाता राजविराज, २९ चैत ।
  •       स्थानिय सरकारले स्थानिय व्यक्तिलाई मात्र राहत उपलब्ध गराउने व्यवस्था मिलाएपछि अहिले सोही स्थानमा बसोवास गर्ने नागरिकताबिहीन तथा अन्य बाहिरी व्यक्ति दैनिक मजदुरी गर्ने, गरिबलगायतले सो राहत पाउनबाट बञ्चित हुनु परेको छ ।
  •       सोही कुरालाई मध्यनजर गर्दै राजविराजका स्थानिय चश्मा व्यवसायी शेरु खान र किराना व्यवसायी अमृत संचेतीको पहलमा वास्तविक अति गरिव, मजदुर र नागरिकता नभएका परिवारका लागि गुप्त दान मार्फत राहत बितरण सुरु गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २९ चैत ।  
    स्थानिय सरकारले स्थानिय व्यक्तिलाई मात्र राहत उपलब्ध गराउने व्यवस्था मिलाएपछि अहिले सोही स्थानमा बसोवास गर्ने नागरिकताबिहीन तथा अन्य बाहिरी व्यक्ति दैनिक मजदुरी गर्ने, गरिबलगायतले सो राहत पाउनबाट बञ्चित हुनु परेको छ । 

    सोही कुरालाई मध्यनजर गर्दै राजविराजका स्थानिय चश्मा व्यवसायी शेरु खान र किराना व्यवसायी अमृत संचेतीको पहलमा वास्तविक अति गरिव, मजदुर र नागरिकता नभएका परिवारका लागि गुप्त दान मार्फत राहत बितरण सुरु गरिएको छ । 
    राजबिराजस्थित गजेन्द्र चौकमा १२ किलो चामल, २ किलो दाल, २ किलो आलु, १ लिटर खाने तेल र १ किलो नुन भएको पोका बनाएर वरिपरि राखिएको छ । सो राहत कसले राखेको वा कसले दान गरेको भन्ने कुरा खुलाइएको छैन् । 
    शनिबार दुई दर्जन त्यस्ता राहतको पोको बनाएर राखिएपछि सो सबै पोका गरिब, विपन्न र नागरिकता बिहीन व्यक्तिले आफै उठाएर लगेका छन् । 
    यता चश्मा व्यवसायी खानले आफूले गरेको पहलका कारण दर्जनौं घरमा चुलो बल्ने र उनीहरुका परिवार भोकभोकै नबस्ने बताउँदै सम्पुर्ण नगरवासी तथा सम्पन्न परिवारलाई आफै गजेन्द्र चौकमा पोको बनाएर राखी गुप्त दान गर्न आग्रह समेत गरे ।

    कोही भोकै नसुतोस, कोही भोकै नरहोस् भन्ने लक्ष्य लिएर प्रदेश सरकारले बजेट बिनियोजन गरेर स्थानिय सरकारमार्फत त्यस्ता विपन्न परिवारका लागि राहतको व्यवस्था गरेको हो । प्रदेश २ सरकारले महानगरपालिलाई २५ लाख, उपमहानगरपालिलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाख राहत बितरणका लागि बजेट प्रदान गरेको हो । 


    विश्वव्यापी रुपमा फैलिरेहको कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखी सरकारले चैत ११ गतेदेखी गरेको लकडाउनका कारण गरिब, अति विपन्न, मजदुरलगायतको खाद्यान्नका कारण दैनिकी अत्यन्त कष्ठकर बन्दै गएको छ । 
    विश्वभरि नै कोरोना भाइरसको संक्रमितहरु बढ्दै गइरहेको बेला नेपालले पनि सम्भावित त्यस्ता संक्रमणलाई ध्यानमा राखी पहिलो चरणमा चैत ११ गतेदेखी १८ सम्म, दोश्रो चरणमा १९ देखी २५ सम्म र तेश्रो चरणमा चैत २६ देखी २०७७ बैशाख ३ गतेसम्म लकडाउनको आह्वान गरेको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?