दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
सप्तरीको अग्नीसाईर कृष्णासबरण गाउँपालिका वडा नं. ५ मा रहेको कृष्णाराम पशु फर्ममा बिहीबार राती आगलागि हुँदा २० वटा गाई र बाछा जलेर मरेका छन् ।
सो गाउँपालिका वडा नं. ६ निवासी मनोज साह र दिनानाथ साहको संयुक्त लगानीमा रहेको उक्त पशु फर्ममा बिजुली सर्ट भई आगलागि हुँदा १८ वटा गाई र २ वटा बाछी जलेर मर्दा र अन्नपात समेत नष्ट भई ३१ लाख ३९ हजार ६ सय मुल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।
आगो निभाउने क्रममा फर्म संचालक दिनानाथ साह समेत जलेर घाइते भएका छन् । उनको स्थानिय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
स्थानियवासी, प्रहरी र बारुणयन्त्रको सहयोगमा आगोमाथी नियन्त्रण कायम गरिएको तथा आगलागि घटना बारे आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पशु फर्ममा आगलागि हुँदा २० गाईबाछा जले
सारांश
- सो गाउँपालिका वडा नं.
- ६ निवासी मनोज साह र दिनानाथ साहको संयुक्त लगानीमा रहेको उक्त पशु फर्ममा बिजुली सर्ट भई आगलागि हुँदा १८ वटा गाई र २ वटा बाछी जलेर मर्दा र अन्नपात समेत नष्ट भई ३१ लाख ३९ हजार ६ सय मुल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।
- आगो निभाउने क्रममा फर्म संचालक दिनानाथ साह समेत जलेर घाइते भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया