अशक्त जेष्ठ नागरिकलाई बैंकद्वारा घरैमा भुक्तानी

राजविराज राजविराज
|
मंगलबार, माघ २३, २०८०
|
|
१०७ पटक हेरिएको
Shares
अशक्त जेष्ठ नागरिकलाई बैंकद्वारा घरैमा भुक्तानी

सारांश

  •     अशक्त भइ बैंकसम्म पुग्न असर्मथ भएका आफ्ना ग्राहक विषेश गरी बृद्ध बृद्धालाई यस्तो व्यवस्था मिलाइएको शाखा प्रबन्धक कमलेश झाले जानकारी दिएका छन् ।
  •       यस क्रममा बैंकले मंगलवार राजविराज ७ की ९२ वर्षीया चन्द्रा देवी झा, राजविराज १६ की ७५ वर्षिया माधुरी यादव, ९५ वर्षिया अमेरिका देवी झा, राजविराज २ का ८० शिवम दास लगायतको घरमै पुगेर आवश्यक प्रक्रिया पुरा गरी उनीहरुका आफन्तलाई रकम बुझाइएको छ ।
  •       प्रबन्धक झाले हिडडुल गर्न असर्मथ भएका जेष्ठ नागरिकलाई घरमै पुगि आवश्यक प्रक्रिया पुरा गरी रकम भुक्तानीको व्यवस्था मिलाइएको बताए ।

दैनिक समाचारदाता
राजविराज, २३ माघ । 

    राष्ट्रिय बाणिज्य बैंक राजविराज शाखाले शारीरिक रुपमा अशक्त तथा स्वास्थ्य समस्याका कारण बंैकसम्म पुग्न असर्मथ भएका जेष्ठ नागरिकलाई घरमै पुगेर भुक्तानीको व्यवस्था मिलाएको छ ।
    अशक्त भइ बैंकसम्म पुग्न असर्मथ भएका आफ्ना ग्राहक विषेश गरी बृद्ध बृद्धालाई यस्तो व्यवस्था मिलाइएको शाखा प्रबन्धक कमलेश झाले जानकारी दिएका छन् । 
    यस क्रममा बैंकले मंगलवार राजविराज ७ की ९२ वर्षीया चन्द्रा देवी झा, राजविराज १६ की ७५ वर्षिया माधुरी यादव, ९५ वर्षिया अमेरिका देवी झा, राजविराज २ का ८० शिवम दास लगायतको घरमै पुगेर आवश्यक प्रक्रिया पुरा गरी उनीहरुका आफन्तलाई रकम बुझाइएको छ । 
    प्रबन्धक झाले हिडडुल गर्न असर्मथ भएका जेष्ठ नागरिकलाई घरमै पुगि आवश्यक प्रक्रिया पुरा गरी रकम भुक्तानीको व्यवस्था मिलाइएको बताए ।
    बैंकमा पेनशन, ब्यक्तीगत खात, सामाजिक सुरक्षा भत्ता लगायतका विभिन्न शिर्षकमा रहेको खाताबाट शारिरीक अशक्तताका कारण बैंक आउन असर्मथ रहने जेष्ठ नागरिक वा उनका आफन्तको अनुरोधमा यस्तो सुविधा प्रदान गर्न थालिएको प्रबन्धक झाको भनाई छ ।
    खाताधारीबाट यस्तो अनुरोध भईआएमा बैंकको दैनिकी कामकाज प्रभावित नहुने गरी तथा कम चाप भएको बेला यसरी कर्मचारी परिचालनको व्ययस्था मिलाइएको उनको भनाई छ ।
    अशक्तताका कारण समय मै आप्mनो खाताबाट रकम झिक्न बैंकसम्म पुग्न असर्मथ जेष्ठ नागरिकलाई बैंकले यस्तो सुविधा प्रदान गरी जेष्ठ नागरिकको सम्मान समेत गरेको जेष्ठ नागरिक संघ सप्तरीका सचिव बैधनाथ झाको भनाई छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको कार्यशैलीका बारेमा कलम चलाउन संचारकर्मीहरुलाई मन्त्री लेखीको आग्रह
सरकारको कार्यशैलीका बारेमा कलम चलाउन संचारकर्मीहरुलाई मन्त्री लेखीको आग्रह
मधेस प्रदेशका गृहमन्त्री लेखीलाई  भूमिगत समूह जनतान्त्रिकको धम्की
मधेस प्रदेशका गृहमन्त्री लेखीलाई  भूमिगत समूह जनतान्त्रिकको धम्की
दुई वर्षे कार्यकाल सफल भएको  मुख्यमन्त्री राउतको दाबी 
दुई वर्षे कार्यकाल सफल भएको  मुख्यमन्त्री राउतको दाबी 
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १३ पुग्यो
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १३ पुग्यो
उचित सिचाईको व्यवस्था र वर्षा  नहुँदा चैते धान रोपाई प्रभावित
उचित सिचाईको व्यवस्था र वर्षा  नहुँदा चैते धान रोपाई प्रभावित
मधेशका माग सम्बोधन बटम लाइन ः लोसपा अध्यक्ष ठाकुर
मधेशका माग सम्बोधन बटम लाइन ः लोसपा अध्यक्ष ठाकुर
नागरिक्ता नभएकाहरुलाई पनि मतदानमा  भाग लिने व्यवस्था मिलाउन नेसपाको माग 
नागरिक्ता नभएकाहरुलाई पनि मतदानमा  भाग लिने व्यवस्था मिलाउन नेसपाको माग 
चिसो बढेपछी विभिन्न चौकमा आगो ताप्ने क्रम बढ्यो
चिसो बढेपछी विभिन्न चौकमा आगो ताप्ने क्रम बढ्यो
स्ववियु निर्वाचनमा समाजवादी नेतृत्वको संयुक्त प्यानल विजयी,  चार विद्यार्थी संगठन पुनः निर्वाचनको माग गर्दै आन्दोलित
स्ववियु निर्वाचनमा समाजवादी नेतृत्वको संयुक्त प्यानल विजयी,  चार विद्यार्थी संगठन पुनः निर्वाचनको माग गर्दै आन्दोलित
सनराइज बैंक अब सप्तरीको कल्याणपुरमा