स्ववियु निर्वाचनमा समाजवादी नेतृत्वको संयुक्त प्यानल विजयी,  चार विद्यार्थी संगठन पुनः निर्वाचनको माग गर्दै आन्दोलित

राजविराज राजविराज
|
बिहिबार, चैत्र ९, २०७९
|
|
२१ पटक हेरिएको
Shares
स्ववियु निर्वाचनमा समाजवादी नेतृत्वको संयुक्त प्यानल विजयी,  चार विद्यार्थी संगठन पुनः निर्वाचनको माग गर्दै आन्दोलित

सारांश

  •     सभापती पदमा रंजित कुमार यादवले यादवले ४ सय २३ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी एमाले निकट अनेरास्ववीयुका सभापती पदका उम्मेदवार रन्जिव कुमार साहले १ सय ९९ मत प्राप्त गरे ।
  •       नेविसंघका सभापतीका उम्मेदवार महेश कुमार यादवले ९० मत तथा विद्यार्थी जनमत संघका सभापती पदका उम्मेदवार राजभजन मण्डलले ७२ मत प्राप्त गरे ।
  •  एमाले निकटको अनेरास्ववीयु र एकिकृत समाजवादी निकटको अनेरास्ववियुले तालमेल गरेका थिए भने काँग्रेस निकटको नेविसंघ र जनमत पार्टी नेतृत्वको विद्यार्थी जनमत संघ एक्ला एक्लै प्रतिस्पर्धामा उत्रेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ९ चैत ।

    राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा समाजवादी विद्यार्थी युनियन नेतृत्वको संयुक्त प्यानल बिजयी भएको छ । 
    सभापती पदमा रंजित कुमार यादवले यादवले ४ सय २३ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी एमाले निकट अनेरास्ववीयुका सभापती पदका उम्मेदवार रन्जिव कुमार साहले १ सय ९९ मत प्राप्त गरे । 
    नेविसंघका सभापतीका उम्मेदवार महेश कुमार यादवले ९० मत तथा विद्यार्थी जनमत संघका सभापती पदका उम्मेदवार राजभजन मण्डलले ७२ मत प्राप्त गरे ।  एमाले निकटको अनेरास्ववीयु र एकिकृत समाजवादी निकटको अनेरास्ववियुले तालमेल गरेका थिए भने काँग्रेस निकटको नेविसंघ र जनमत पार्टी नेतृत्वको विद्यार्थी जनमत संघ एक्ला एक्लै प्रतिस्पर्धामा उत्रेका थिए । समाजवादी युनियनले लोसपा निकटको लोकतान्त्रिक विद्यार्थी संघ तथा माओवादी निकटको अखिल क्रान्तिकारी संग गठबन्धन गरेका थिए । क्याम्पसमा १ हजार ९ सय १४ मतदाता रहेकोमा ८ सय ३० मत मात्र खसेको थियो । 
    मतदान आईतवार नै सकिए पनि नेविसंघ, विद्यार्थी जनमत संघ र अनेरास्ववियु लगायतका विद्यार्थी संगठनले मतदानमा धाधँली भएको आरोप लगाउँदै पुनः निर्वाचन गर्नु पर्ने अडान लिएपछी मतगणना कार्य रोकिएको थियो । तर, त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले बुधवार एक पत्र पठाई अर्काे निर्वाचन न गराई सम्पन्न भईसकेको निर्वाचनको मतगणना प्रक्रिया अघि बढाउन पत्राचार गरेपछी बुधवार साँझदेखि मतगणना सूरु गरिएको थियो ।     मतगणना प्रक्रियामा भने पुनः निर्वाचनको माग गर्दै आएका विद्यार्थी संगठनका कुनै पनि प्रतिनिधी सहभागी भएनन् । मतगणना भईरहदा क्याम्पस गेट बाहिर उनीहरुले मतगणना रोक्न भन्दै दिनभर नाराबाजी गरिरहे ।
    यता निर्वाचनमा धाँधली भएको भन्दै पुनः निर्वाचनको माग गर्दै आएका नेविसंघ, अनेरास्ववियु र जनमत विद्यार्थी संघले निर्वाचन परिणाम कुनै पनि हालतमा स्वीर्काय न हुने स्पष्ट पारेका छन् । विहीवार ती संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै धाँधलीपुर्ण र एकपक्षिय ढंगले वलजफती गराइएको निर्वाचन र मतगणना स्वीकार न भएको जनाएको छ । 
    नेविसंघका जिल्ला अध्यक्ष राकेश ठाकुर, विद्यार्थी जनमत संघका जिल्ला अध्यक्ष राजाकुमार साह, अनेरास्ववीयुका जिल्ला सदस्य सालीग्राम यादव तथा अन्य विद्यार्थी नेताको हस्ताक्षरमा जारी संयुक्त विज्ञप्तीमा एक पक्षलाई जिताउने गरी धाँधली पुर्ण तरिकाले गरिएको निर्वाचन तत्काल खारेज गरी अर्काे चुनाव गर्नु पर्ने माग गरिएको छ । पुनः निर्वाचन नगराइए आन्दोलन चर्काउने चेतावनी समेत विज्ञप्ती मार्फत दिइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइतबारदेखी राजविराजका  सबै विद्यालय खुल्ने 
आइतबारदेखी राजविराजका  सबै विद्यालय खुल्ने 
रिहाईको माग गर्दै जनमत  पार्टीद्वारा सिटी जुलुस
रिहाईको माग गर्दै जनमत  पार्टीद्वारा सिटी जुलुस
कोरोनाको त्रासका कारण खाद्यान्न  भण्डारण गर्ने होडबाजी
कोरोनाको त्रासका कारण खाद्यान्न  भण्डारण गर्ने होडबाजी
लकडाउनको सदुपयोग गर्दै स्थानियको श्रमदानबाट राजदेबीस्थित दुई सय ५० मिटर बाटो निर्माण
लकडाउनको सदुपयोग गर्दै स्थानियको श्रमदानबाट राजदेबीस्थित दुई सय ५० मिटर बाटो निर्माण
गौं हत्याको बिरोधमा प्रदर्शनका  साथै गृहमन्त्रीलाई ज्ञापन
गौं हत्याको बिरोधमा प्रदर्शनका  साथै गृहमन्त्रीलाई ज्ञापन
अन्तरबिधालय क्रिकेटको उपाधी पिसल्यान्डले हात पा¥यो 
अन्तरबिधालय क्रिकेटको उपाधी पिसल्यान्डले हात पा¥यो 
सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
समाजसेवी इन्जिनियर यादवद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान
समाजसेवी इन्जिनियर यादवद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान
जनप्रतिनिधिद्वारा जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन
जनप्रतिनिधिद्वारा जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन
तीन दिने राष्ट्रिय भेला मार्फत आन्दोलन कार्यक्रम घोषणाको तयारी
तीन दिने राष्ट्रिय भेला मार्फत आन्दोलन कार्यक्रम घोषणाको तयारी