दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
शहिद साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा विगत १३ वर्ष देखी नियमितरुपमा आयोजना हुदै आएको अन्तराष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता विहिवार सम्पन्न भएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित विद्यालय खेल मैदानमा सरस्वती पुजनोत्सव तथा बसन्त पञ्चमीको अवसर पारेर विगत १३ वर्ष देखी तिलाठीमा नियमित पुजा र मेला तथा पुजा समितीद्वारा अन्तराष्ट्रियस्तरको कुस्ती प्रतियोगिताको आयोजना गरिदै आएको छ ।
पंचायती व्यवस्था तथा राजतन्त्र विरुद्धको आन्दोलनमा २०४२ सालमा ज्यान गुमाएका तिलाठी निवासी स्व.साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा नियमितरुपमा आयोजना हुदै आएको प्रतियोगितामा नेपाल तथा छिमेकी राष्ट्र भारतका २२ महिला र ६४ पुरुष खेलाडी सहभागी भएका थिए ।
उक्त प्रतियोगितामा सप्तरीका नवनित झा र पर्साका सुनिल साह निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितको उत्कृष्ट खेलाडी नेपालका लक्की थापा घोषित भए ।
वडाअध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षतमा आयोजित प्रतियोगितको समापनका अवसरमा पुजा समितिका अध्यक्ष अजित कुमार मिश्र, शहिद साकेत चन्द्र मिश्र पार्क व्यवस्थापन समितिका अध्यक्ष सुमेश चन्द्र मिश्र, तिलाठीकोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, सेवा निवृत प्रध्यापक भोगेन्द्र मिश्र, बाबु नारायण मिश्र लगायतले विजयी खेलाडीहरुलाइ पुरस्कार वितरण गरेका थिए । तीन दिन सम्म चलेकोे प्रतियोगितामा आयोजक सप्तरीका साथै पर्सा, सिरहा, धनुषा, सर्लाही, बाके तथा भारतको राजस्थान, बिहार, मध्यप्रदेश, झारखण्ड, दिल्ली, हरियाण र पंजाबका पहलमानहरुको सहभागिता रहेको थियो ।
अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न
सारांश
- सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित विद्यालय खेल मैदानमा सरस्वती पुजनोत्सव तथा बसन्त पञ्चमीको अवसर पारेर विगत १३ वर्ष देखी तिलाठीमा नियमित पुजा र मेला तथा पुजा समितीद्वारा अन्तराष्ट्रियस्तरको कुस्ती प्रतियोगिताको आयोजना गरिदै आएको छ ।
- पंचायती व्यवस्था तथा राजतन्त्र विरुद्धको आन्दोलनमा २०४२ सालमा ज्यान गुमाएका तिलाठी निवासी स्व.
- साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा नियमितरुपमा आयोजना हुदै आएको प्रतियोगितामा नेपाल तथा छिमेकी राष्ट्र भारतका २२ महिला र ६४ पुरुष खेलाडी सहभागी भएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया