दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
विगत तीन दिनदेखी सितलहर, बाक्लो हुस्सु तथा हावाका कारण बढेको चिसोले मधेशको जनजीवन झनै कष्टकर बन्दै गएको छ ।
विहानैदेखी चल्ने शितलहरले जनजीवन नराम्ररी प्रभावित भएको छ । बाक्लो हुस्सु र निरन्तर चलिरहेको हावाका कारण चिसो बढ्दा जनजीवन झनै कष्टकर बनेको हो । विषेश गरी ग्रामिण क्षेत्रका विपन्न वस्तीमा चिसोले बढी प्रभाव पारेको छ ।
टोल टोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ । बुधबार बिहानैदेखी राजविराज नगरपालिका वडा नं. ७ ले विभिन्न स्थानमा आगो ताप्ने प्रबन्ध मिलाएको छ । अदालत रोड, गजेन्द्र चौक, रुपनी मोड लगायतका विभिन्न स्थानमा आगो ताप्ने प्रबन्ध मिलाएको वडाअध्यक्ष सुभाचन्द्र यादवले जानकारी दिए ।
चिसोबाट अति विपन्न, असहाय र दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवार सबै भन्दा बढी मारमा परेका छन । अत्यधिक चिसोका कारण यहाँका विभिन्न अस्पतालमा विरामीको चाप समेत बढेको छ ।
चिसोकै कारण मंगलबार बिहान जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ का ५५ वर्षिय भुटाई साहको मृत्यु भएको थियो ।
चिसो बढेपछी विभिन्न चौकमा आगो ताप्ने क्रम बढ्यो
सारांश
- विहानैदेखी चल्ने शितलहरले जनजीवन नराम्ररी प्रभावित भएको छ ।
- बाक्लो हुस्सु र निरन्तर चलिरहेको हावाका कारण चिसो बढ्दा जनजीवन झनै कष्टकर बनेको हो ।
- विषेश गरी ग्रामिण क्षेत्रका विपन्न वस्तीमा चिसोले बढी प्रभाव पारेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया