दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
विगत तीन दिनदेखी सितलहर, बाक्लो हुस्सु तथा हावाका कारण बढेको चिसोले मधेशको जनजीवन झनै कष्टकर बन्दै गएको छ ।
विहानैदेखी चल्ने शितलहरले जनजीवन नराम्ररी प्रभावित भएको छ । बाक्लो हुस्सु र निरन्तर चलिरहेको हावाका कारण चिसो बढ्दा जनजीवन झनै कष्टकर बनेको हो । विषेश गरी ग्रामिण क्षेत्रका विपन्न वस्तीमा चिसोले बढी प्रभाव पारेको छ ।
टोल टोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ । बुधबार बिहानैदेखी राजविराज नगरपालिका वडा नं. ७ ले विभिन्न स्थानमा आगो ताप्ने प्रबन्ध मिलाएको छ । अदालत रोड, गजेन्द्र चौक, रुपनी मोड लगायतका विभिन्न स्थानमा आगो ताप्ने प्रबन्ध मिलाएको वडाअध्यक्ष सुभाचन्द्र यादवले जानकारी दिए ।
चिसोबाट अति विपन्न, असहाय र दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवार सबै भन्दा बढी मारमा परेका छन । अत्यधिक चिसोका कारण यहाँका विभिन्न अस्पतालमा विरामीको चाप समेत बढेको छ ।
चिसोकै कारण मंगलबार बिहान जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ का ५५ वर्षिय भुटाई साहको मृत्यु भएको थियो ।
चिसो बढेपछी विभिन्न चौकमा आगो ताप्ने क्रम बढ्यो
सारांश
- विहानैदेखी चल्ने शितलहरले जनजीवन नराम्ररी प्रभावित भएको छ ।
- बाक्लो हुस्सु र निरन्तर चलिरहेको हावाका कारण चिसो बढ्दा जनजीवन झनै कष्टकर बनेको हो ।
- विषेश गरी ग्रामिण क्षेत्रका विपन्न वस्तीमा चिसोले बढी प्रभाव पारेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया