दैनिक समाचारदाता
राजविराज, ३० पुस ।
सप्तरीमा कोराना संक्रमण दर दिनहुँ बढ्न थालेको छ । शुक्रबार १४ जनाको परिक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २० पुगेको छ ।
यसअघि बुधबार ११ को परिक्षण गर्दा ७ र बिहीबार ८ को परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । संक्रमित हुनेमा दुई जना न्यायाधीश र दुई जना कर्मचारी पनि रहेका छन् ।
अन्य जिल्लामा घर भई राजविराजस्थित विभिन्न सरकारी कार्यालय कार्यालयमा कार्यरत पाँच जनामा समेत कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको स्वाव परिक्षणमा राजविराज नगरपालिकाका एक महिलासहित दुई, खडक नगरपालिका, तिरहुत गाउँपालिका र राजगढ गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण दर तिब्र बनेपछि सरकारले तोकेको सुरक्षा मापदण्डको पुर्ण पालना गर्न जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले सबैमा अपील गरेको छ ।
सप्तरीमा संक्रिय संक्रमितको संख्या २० पुग्यो
सारांश
- यसअघि बुधबार ११ को परिक्षण गर्दा ७ र बिहीबार ८ को परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
- संक्रमित हुनेमा दुई जना न्यायाधीश र दुई जना कर्मचारी पनि रहेका छन् ।
- अन्य जिल्लामा घर भई राजविराजस्थित विभिन्न सरकारी कार्यालय कार्यालयमा कार्यरत पाँच जनामा समेत कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया