दैनिक समाचारदाता
राजविराज, ३० पुस ।
सप्तरीमा कोराना संक्रमण दर दिनहुँ बढ्न थालेको छ । शुक्रबार १४ जनाको परिक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २० पुगेको छ ।
यसअघि बुधबार ११ को परिक्षण गर्दा ७ र बिहीबार ८ को परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । संक्रमित हुनेमा दुई जना न्यायाधीश र दुई जना कर्मचारी पनि रहेका छन् ।
अन्य जिल्लामा घर भई राजविराजस्थित विभिन्न सरकारी कार्यालय कार्यालयमा कार्यरत पाँच जनामा समेत कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको स्वाव परिक्षणमा राजविराज नगरपालिकाका एक महिलासहित दुई, खडक नगरपालिका, तिरहुत गाउँपालिका र राजगढ गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण दर तिब्र बनेपछि सरकारले तोकेको सुरक्षा मापदण्डको पुर्ण पालना गर्न जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले सबैमा अपील गरेको छ ।
सप्तरीमा संक्रिय संक्रमितको संख्या २० पुग्यो
सारांश
- यसअघि बुधबार ११ को परिक्षण गर्दा ७ र बिहीबार ८ को परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
- संक्रमित हुनेमा दुई जना न्यायाधीश र दुई जना कर्मचारी पनि रहेका छन् ।
- अन्य जिल्लामा घर भई राजविराजस्थित विभिन्न सरकारी कार्यालय कार्यालयमा कार्यरत पाँच जनामा समेत कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया