सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको  गाजासहित ट्रक नियन्त्रणमा

राजविराज राजविराज
|
बुधबार, आषाढ ८, २०७९
|
|
४६ पटक हेरिएको
Shares
सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको  गाजासहित ट्रक नियन्त्रणमा

सारांश

  •     सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नं.
  • १ कोशी ब्यारेज खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.
  • १ख.

दैनिक समाचारदाता
राजविराज, ८ असार ।
    सशस्त्र प्रहरीले सप्तरीमा ठूलो परिमाणको गाजासहित एक मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । 
    सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नं. १ कोशी ब्यारेज खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.१ख. २९२५ नम्वरको मालवाहक ट्रकमा लोड रहेको १ सय ७५ किलो प्रतिबन्धित गाजा बरामद गरेको हो । उक्त ट्रकबाट भन्सार छलेर ल्याइएको ३ सय ५० किलो अदुवा समेत बरामद गरिएको छ । 
    सशस्त्र प्रहरी वल नेपाल सुरक्षा बेश क्याम्प भारदहका प्रहरी निरिक्षक किसन तामाङको टोलीले चेक जाँचको क्रममा गाजा फेला परेपछि ट्रक नियन्त्रणमा लिएका हुन । 
    सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाले ट्रक चालक फरार रहेको बताउँदै चालकको खोजतलास भइरहेको जानकारी दिए । 
    ११ वटा बोरामा प्याक गरी अन्य सरसमानले छोपिएको अबस्थामा बरामद गाजा बारे आबश्यक अनुसन्धान गर्न ट्रकसहित जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाईएको सशस्त्र प्रहरी उपरिक्षक खडकाले बताए । 
    गाजा लगायतका प्रतिबन्धित सरसमान ओसारपोसार गर्न मालवाहक ट्रकको प्रयोग हुन थालेपछि प्रहरीले त्यस्ता सवारी साधनको चेकजाँचमा कडाई गरेको सशस्त्र प्रहरी वल गण सप्तरी जनाएको छ ।    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीका अधिकांश कार्यालयहरुमा कर्मचारीको चरम अभाव
सप्तरीका अधिकांश कार्यालयहरुमा कर्मचारीको चरम अभाव
“लोकतन्त्रको विकल्प लोकतन्त्र नै”
“लोकतन्त्रको विकल्प लोकतन्त्र नै”
२७ वर्षदेखी सुरु भएको खानेपानी आयोजना अझै अधुरै
२७ वर्षदेखी सुरु भएको खानेपानी आयोजना अझै अधुरै
महिला कामदारलाई करणी गरेको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ
महिला कामदारलाई करणी गरेको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ
एमालेले शक्ति प्रदर्शन गर्दै निकाल्यो मोटरसाइकल ¥याली
एमालेले शक्ति प्रदर्शन गर्दै निकाल्यो मोटरसाइकल ¥याली
सबै स्थानीय तहमा मुख्य र निर्वाचन  अधिकृतको कार्यालय स्थापना हुँदै
सबै स्थानीय तहमा मुख्य र निर्वाचन  अधिकृतको कार्यालय स्थापना हुँदै
आगलागीबाट हुने क्षती रोक्न सचेतनामुलक  सांकेतिक अभ्यास र उद्धारकला प्रदर्शन 
आगलागीबाट हुने क्षती रोक्न सचेतनामुलक  सांकेतिक अभ्यास र उद्धारकला प्रदर्शन 
राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव छैन् ः डा. सीके राउत
राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव छैन् ः डा. सीके राउत
सप्तरी काँग्रेसमा कार्य समितिको बैठक बारे असन्तुष्टि
सप्तरी काँग्रेसमा कार्य समितिको बैठक बारे असन्तुष्टि
विभिन्न विकासीय काममा आर्थिक अनियमितता  तथा सूचना लुकाउने काम गरिरहेको आरोप
विभिन्न विकासीय काममा आर्थिक अनियमितता  तथा सूचना लुकाउने काम गरिरहेको आरोप