वडा अध्यक्ष र सेवाग्राहीबिच कुटाकुट 

राजविराज राजविराज
|
सोमबार, मंसिर ८, २०७७
|
|
४४ पटक हेरिएको
Shares
वडा अध्यक्ष र सेवाग्राहीबिच कुटाकुट 

सारांश

  •     कृषि सम्बन्धी सिफारिस नगरेको भन्दै स्थानिय बिनोद साह र वडा अध्यक्ष बिरेन्द्र साहबीच कुटाकुट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
  •       विगत एक वर्षदेखी कृषि शाखामा कर्मचारीले नै तालाबन्दी गर्ने गरेको र कर्मचारीकै आपसी सहमतिमा कार्यालय खोल्ने गरेका थिए ।
  • कृषि शाखाका बागबानी अधिकृत सिंहेश्वर महतोले विगत एक महिनादेखी आफ्नै मनमानीमा कार्यालायमा तालाबन्दी गरेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।
    सप्तरीको छिन्नमस्ता गाँउपालिका वडा नं. ६ का वडा अध्यक्ष र एक सेवाग्राहीबिच सोमबार कार्यालयमै कुटाकुट भएको छ ।
    कृषि सम्बन्धी सिफारिस नगरेको भन्दै स्थानिय बिनोद साह र वडा अध्यक्ष बिरेन्द्र साहबीच कुटाकुट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।  


    विगत एक वर्षदेखी कृषि शाखामा कर्मचारीले नै तालाबन्दी गर्ने गरेको र कर्मचारीकै आपसी सहमतिमा कार्यालय खोल्ने गरेका थिए । कृषि शाखाका बागबानी अधिकृत सिंहेश्वर महतोले विगत एक महिनादेखी आफ्नै मनमानीमा कार्यालायमा तालाबन्दी गरेका हुन् । 
    कार्यालयमा तालाबन्दी भएका कारण कृषि शाखाका कर्मचारीहरु नजिकै रहेको वडा कार्यालयमा गएर विगत एक महिनादेखी कामकाज गर्ने गर्थे । सोमबार पनि उनीहरुले सेवाग्राहीको काम गर्दै गर्दा वडा अध्यक्ष बिरेन्द्र साहले कर्मचारीलाई सेवाग्राहीको काम नगर्न भनेपछि उत्पन्न विवादपश्चात् सेवाग्राही बिनोद साह र वडाअध्यक्षबीच कुटाकुट भएको हो । 

    घटनाको बेला जनता समाजबादी पार्टी सप्तरीका जिल्ला अध्यक्ष केदार यादव, पत्रकार कृष्ण मण्डल, कृषि शाखाका प्रसार अधिकृत शिवान्द मिश्रा, बाली संरक्षण अधिकृत कपिलदेव यादव, नाप्रासहरु संगिताकुमारी चौधरी, नारायण खत्री, रिंकु दास र कार्यालय सहयोगी अजुर्न कुमार साहलगायत एक दर्जन सेवाग्राहीहरुको उपस्थित थियो ।
    सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आर्चायले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको कमिकमजोरीले गर्दा यस्तो अवस्था सृजना भएको भन्दै उनले घटना बारे वडा अध्यक्ष तथा कृषि शाखा अधिकृत महतोसँग समेत जानकारी लिने बताए ।
    यता गाँउपालिकाका कर्मचारीहरुले विगत ५ महिनादेखी तलब पाएका छैनन् भने गाँउपालिकाको परिषद् समेत हुन सकेको छैन् । यसैबीच गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम थापाले पनि सरुवा गराई अन्यत्र गइसकेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरेल इन्सेकबाट २०७९ सालको उत्कृष्ठ प्रतिनिधि घोषित 
पोखरेल इन्सेकबाट २०७९ सालको उत्कृष्ठ प्रतिनिधि घोषित 
ग्लोबल बैंकले स्वास्थ्य उपचारमा छुटका  लागि अस्पतालसँग ग¥यो सम्झौता
ग्लोबल बैंकले स्वास्थ्य उपचारमा छुटका  लागि अस्पतालसँग ग¥यो सम्झौता
लामो कानुनी लडाईपछि करिश्माले न्याय पाइन् 
लामो कानुनी लडाईपछि करिश्माले न्याय पाइन् 
पत्रकारले प्रहरी प्रशासनको कार्यक्रमदेखी प्रहरी प्रमुख सहभागि कार्यक्रम समेत बहिष्कार गर्ने
पत्रकारले प्रहरी प्रशासनको कार्यक्रमदेखी प्रहरी प्रमुख सहभागि कार्यक्रम समेत बहिष्कार गर्ने
विद्यालय संचालन सम्बन्धी हालसम्म कुनै  निर्णय भएको छैन् : नगरप्रमुख यादव
विद्यालय संचालन सम्बन्धी हालसम्म कुनै  निर्णय भएको छैन् : नगरप्रमुख यादव
नव नियुक्त खेलकुदका कार्यालय प्रमुखलाई सम्मान तथा शुभकामना
विद्यालय भवनको मर्मत सम्भारका साथै द्रिष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्रि प्रदान
विद्यालय भवनको मर्मत सम्भारका साथै द्रिष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्रि प्रदान
जितिया पर्व मनाइँदै
जितिया पर्व मनाइँदै
६ सय तीन वटा राँगाको बलि प्रदान 
६ सय तीन वटा राँगाको बलि प्रदान 
गैससका केन्द्रिय पदाधिकारीहरु सम्मानित
गैससका केन्द्रिय पदाधिकारीहरु सम्मानित