सावा व्याज चुक्ता गरेपनि धितो फिर्ता  नगरेको आरोप मिटरब्याजी साह पक्राउ

राजविराज राजविराज
|
शुक्रबार, पौष २२, २०७९
|
|
१६ पटक हेरिएको
Shares
सावा व्याज चुक्ता गरेपनि धितो फिर्ता  नगरेको आरोप मिटरब्याजी साह पक्राउ

सारांश

  •     सर्वसाधारणको जग्गा र सुन चाँदी राखेर चर्को मिटर व्याजमा ऋण दिने र कतिपयको सावाँ व्याज लिइसकेपनि धितो फिर्ता नगरेको आरोपमा डाक्नेश्वरी नगरपालिका १ कविलासाका ५५ वर्षिय चन्द्रकान्त साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       पक्राउ परेका साहलाई सप्तरी जिल्ला अदालतबाट शुक्रवार ठगी तथा अपराधीक विश्वासघात मुद्दामा म्याद थपेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् ।
  •       पछिल्लो पटक सोही नगरपालिका १ निवारी स्व.

दैनिक समाचारदाता
राजविराज, २२ पुस । 

    सप्तरीको डाक्नेश्वरी नगरपालिकाका एक व्यक्ति चर्को मिटरव्याज असुली गर्ने गरेको आरोपमा पक्राउ परेका छन् । 
    सर्वसाधारणको जग्गा र सुन चाँदी राखेर चर्को मिटर व्याजमा ऋण दिने र कतिपयको सावाँ व्याज लिइसकेपनि धितो फिर्ता नगरेको आरोपमा डाक्नेश्वरी नगरपालिका १ कविलासाका ५५ वर्षिय चन्द्रकान्त साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    पक्राउ परेका साहलाई सप्तरी जिल्ला अदालतबाट शुक्रवार ठगी तथा अपराधीक विश्वासघात मुद्दामा म्याद थपेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् । 
    पछिल्लो पटक सोही नगरपालिका १ निवारी स्व. मो. युसुफका छोरा मो. अफताब आलमको जाहेरीको आधारमा व्यवसायी साहलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
    सोही मुद्दाका अर्का आरोपी जगरनाथ साहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । मिटर व्याज पीडित आफताब आलमका अनुसार अत्यावश्यक काम परेर उनका बुवा युसुफले आफ्नो ५ कठ्ठा १४ धुर जग्गा धितो राखेर २०७३ साल फागुन १ गते चन्द्रकान्त सँग १० लाख रुपैयाँ ऋण लिएका थिए । ऋण दिदा साहले दोब्बर रकमको कागज मात्र गराएनन् ५ कठ्ठा १४ धुर जग्गा मालपोत कार्यालय राजविराजमा लिखत पास नै गराए बताए ।
    जिल्लाकै अर्को मिटरब्याजी खडक नगरपालिकाका साहुकार रामदेव साहको मिटर ब्याजमा फसेर घरवार विहिन भएकाहरु अहिले पनि दिनहूँ जसो सडक प्रदर्शन गर्दै आएका छन् । सप्तरीमा मिटर ब्याजमा फसेकाहरुको सूची लामो बन्दै गएको छ । जसमध्ये २ जना पुर्पक्षका लागि राजविराज कारागारमा छन भने उक जना अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यसअघि मिटर ब्याजीहरुकै कारण सप्तरीको छिन्नमस्ता गाउँपालिकाका २५ वर्षिय संजीव मिश्रले आत्महत्या नै गरेका थिए ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्पदंशबाट दुई दिनमा दुईको मृत्यु, चार घाइते 
सर्पदंशबाट दुई दिनमा दुईको मृत्यु, चार घाइते 
काँग्रेसकै कार्यकर्ताबाट कार्यक्रमस्थल मै  सांसद तेजुलाल चौधरीमाथी हातपात
काँग्रेसकै कार्यकर्ताबाट कार्यक्रमस्थल मै  सांसद तेजुलाल चौधरीमाथी हातपात
राजबिराजमा बिकासको लहर आएको छ ः प्रमुख यादव 
राजबिराजमा बिकासको लहर आएको छ ः प्रमुख यादव 
करेन्ट लागेर हात्तीको मृत्यु
करेन्ट लागेर हात्तीको मृत्यु
सप्तरीमा कोरोना संक्रमितको संख्या २ सय ६७, निको हुनेको संख्या १ सय ३९
सप्तरीमा कोरोना संक्रमितको संख्या २ सय ६७, निको हुनेको संख्या १ सय ३९
विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
रकम दोब्बरका नाममा ठगीका आरोपित महिला पक्राउ
रकम दोब्बरका नाममा ठगीका आरोपित महिला पक्राउ
खोला किनारमा महिला मृत फेला,  टाउँकोमा चोट लागेका पुजारी मृत्यु
खोला किनारमा महिला मृत फेला,  टाउँकोमा चोट लागेका पुजारी मृत्यु
सप्तरीमा कोरोना संक्रमितको संख्या शुन्य
सप्तरीमा कोरोना संक्रमितको संख्या शुन्य
साक्षरता दिवसमा शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना
साक्षरता दिवसमा शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना