दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
करेन्ट लागेर मृत्यु भएका एक व्यक्तिको अन्तिम संस्कारका लागि मलामी गएको भींडको तस्बिर खिचेपछि सप्तरीका एक पत्रकारका परिवारमाथि सोमबार साँझ आक्रमण भएको छ ।
सप्तरी सदरमुकाम राजविराज वडा नम्बर १ निवासी ४० बर्षीय निजामुद्दिनको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको थियो । मृत्यु भएका निजामुद्दिनको अन्तिम संस्कारका लागि झण्डै २ सय जना मलामी गएको देखेपछि पत्रकार परिष कर्णले सो तस्बिर खिचेका थिए ।
स्थानिय प्रशासनले कोरोना संक्रमणबाट जोगिन जिल्लामा निषेधाज्ञा लगाइएको समयमा भींड जम्मा भएको देखेपछि आफूले सो तस्बिर घरबाटै लिएको पत्रकार कर्णले बताएका छन् ।
यता तस्बिर लिएर कार्यालयतर्फ गए लगत्तै मलामी गएकामध्ये ८÷१० जनाको समूह उनको घरभित्र पसेर आमा र दुई जना भाईलाइ कुटपिट गरेको पत्रकार कर्णले बताए ।
सो घटनाप्रति नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा सो घट्नाले गर्दा पत्रकार र उनका परिवार असुरक्षित भएको देखिएको बताउँदै घट्नामा संलग्न व्यक्तिलाई अबिलम्ब छानबिन गरी दोषीलाई कार्वाही गर्न माग गरेका छन् ।
यस्तै फोटो पत्रकार महासंघ सप्तरीका अध्यक्ष मनोज कुमार माझीले घटनाप्रति दुःख व्यक्त गर्दै निषेधाज्ञा जारि भएको समयमा यसरी भिंड जम्मा गरेर अन्तिम संस्कार गर्नु निषेधाज्ञाको उलंघन भएको बताए । उनले घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरि कारवाहीका लागि प्रशासन समक्ष माँग गरेका छन् ।
मलामी गएको तस्बिर खिचेपछि पत्रकारको परिवारमाथि आक्रमण
सारांश
- सप्तरी सदरमुकाम राजविराज वडा नम्बर १ निवासी ४० बर्षीय निजामुद्दिनको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको थियो ।
- मृत्यु भएका निजामुद्दिनको अन्तिम संस्कारका लागि झण्डै २ सय जना मलामी गएको देखेपछि पत्रकार परिष कर्णले सो तस्बिर खिचेका थिए ।
- स्थानिय प्रशासनले कोरोना संक्रमणबाट जोगिन जिल्लामा निषेधाज्ञा लगाइएको समयमा भींड जम्मा भएको देखेपछि आफूले सो तस्बिर घरबाटै लिएको पत्रकार कर्णले बताएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
ठूलो परिमाणको गाजा बरामद, एक पक्राउ
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका
प्रतिक्रिया
० प्रतिक्रिया