दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
प्रहरीले बैकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ६ का ३६ वर्षिय चन्दन कुमार सिंह छन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको प्रहरी टोलीले बुधवार उनलाई गाउँ मै लुकी वसेको अवस्थामा पक्राउ गरेको हो ।
जग्गा किन्ने नाउँमा सोही ठाउँ निवासी भगवानलाल यादवसँग ४८ लाख ७५ हजार रुपैया सापटी लिएका सिंहले फिर्ता गर्न आलटाल गर्दै आएको र धेरै समय पछी त्यती रकम बराबरको दिएको चेक पनि बाउन्स भएपछी यादव प्रहरीमा पुगेका थिए ।
प्रहरीले बैकिङ कसुरमा परेको जाहेरी दर्ता गरी कानुनी प्रक्रिया अघि बढाएपछी अदालतबाट सिंह विरुद्ध पक्राउ पुर्जी जारी गरेपछी पक्राउ गरिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
यस्तै बुधवारै कुटपिट मुद्दाका दुई फरार प्रतिवादी समेत पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ का अजय कुमार खङ्ग र विजय मण्डल छन । दुबै जनालाई कैद÷जरिवाना भुक्तानका लागी सप्तरी जिल्ला अदालत समक्ष उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिंह पक्राउ
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको प्रहरी टोलीले बुधवार उनलाई गाउँ मै लुकी वसेको अवस्थामा पक्राउ गरेको हो ।
- जग्गा किन्ने नाउँमा सोही ठाउँ निवासी भगवानलाल यादवसँग ४८ लाख ७५ हजार रुपैया सापटी लिएका सिंहले फिर्ता गर्न आलटाल गर्दै आएको र धेरै समय पछी त्यती रकम बराबरको दिएको चेक पनि बाउन्स भएपछी यादव प्रहरीमा पुगेका थिए ।
- प्रहरीले बैकिङ कसुरमा परेको जाहेरी दर्ता गरी कानुनी प्रक्रिया अघि बढाएपछी अदालतबाट सिंह विरुद्ध पक्राउ पुर्जी जारी गरेपछी पक्राउ गरिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया