दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
स्थानिय तह निर्वाचनका लागि सप्तरीका चार पत्रकारहरु पनि चुनावी मैदानमा ओर्लिएका छन् ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव भोला पासवान जसपा नेपालको तर्फबाट जिल्लाको कंचनरुप नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । दलित अगुवाको रुमिा परिचित उनी दुई दशकदेखी पत्रकारिता क्षेत्र तथा समाजसेवातर्फ अग्रसर छन् ।
यस्तै जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको उपाध्यक्ष पदमा पत्रकार हेमशंकर सिंहले जनता प्रगतिशिल पार्टीबाट मनोनय दर्ता गराएका छन् । उनी पनि अढाई दशकदेखी पत्रकारिता क्षेत्रमा कार्यरत छन् ।
यसैगरि राजविराज वडा नं. ८ को वडा अध्यक्ष पदमा पत्रकार सतिश दत्तले उम्मेदवारी दर्ता गराएका छन् । मैथिली साहित्य परिषदका अध्यक्ष समेत रहेका उनले नेकपा (एकीकृत समाजवादी) पार्टीको तर्फबाट अध्यक्षमा मनोनय दर्ता गराएका हुन् ।
यसैगरि नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादव पनि उम्मेदवार बनेका छन् । उनले राजविराज वडा नं. २ बाट वडा अध्यक्ष पदमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका छन् ।
उनी पनि डेढ दशकदेखी पत्रकारिता क्षेत्रमा रहेका छन् भने उनी सप्तरी क्रिक्रेट संघका सचिव समेत हुन् ।
चुनावी मैदानमा चार पत्रकार
सारांश
- नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव भोला पासवान जसपा नेपालको तर्फबाट जिल्लाको कंचनरुप नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
- दलित अगुवाको रुमिा परिचित उनी दुई दशकदेखी पत्रकारिता क्षेत्र तथा समाजसेवातर्फ अग्रसर छन् ।
- यस्तै जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको उपाध्यक्ष पदमा पत्रकार हेमशंकर सिंहले जनता प्रगतिशिल पार्टीबाट मनोनय दर्ता गराएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया