गजेन्द्र बाबुको सम्झनामा सप्तरीमा विभिन्न कार्यक्रम 

राजविराज राजविराज
|
आइतबार, चैत्र २४, २०८१
|
|
६१ पटक हेरिएको
Shares
गजेन्द्र बाबुको सम्झनामा सप्तरीमा विभिन्न कार्यक्रम 

सारांश

  •     मधेशवादी नेता सिंहको ९६ औं जन्मजयन्तीका अवसरमा जसपा नेता एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले हनुमाननगर कंकालिनी नगरपालिकाको तीन स्थानमा बनाइएको स्व.
  • सिंहको शालिकमा माल्यार्पण गर्दै उनको योगदान बारे चर्चा गरे ।
  •       सो क्रममा मन्त्री साहले मधेशी जनताको अधिकारका लागी संगठित अभियान चलाएका सिंह निष्ठाको राजनीति गर्ने महान पुरुष भएको जिकिर गरे ।

दैनिक समाचारदाता
राजविराज, २४ चैत ।

    मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्व गरेका नेता स्व. गजेन्द्र नारायण सिंहको राजनीतिक योगदानको सम्झना गर्दै आइतबार सप्तरीमा विभिन्न कार्यक्रम गरिएको छ । 
    मधेशवादी नेता सिंहको ९६ औं जन्मजयन्तीका अवसरमा जसपा नेता एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले हनुमाननगर कंकालिनी नगरपालिकाको तीन स्थानमा बनाइएको स्व. सिंहको शालिकमा माल्यार्पण गर्दै उनको योगदान बारे चर्चा गरे । 
    सो क्रममा मन्त्री साहले मधेशी जनताको अधिकारका लागी संगठित अभियान चलाएका सिंह निष्ठाको राजनीति गर्ने महान पुरुष भएको जिकिर गरे । उनीबाट सबैले प्रेरणा लिनु पर्ने बताउँदै उनले सिहंले गरेको योगदान सधै अमर रहने उल्लेख गरे । 
    उक्त अवसरमा हनुमाननगर कंकालिनी नगरपालिकाका पूर्व मेयर शैलेश साह, युवा नेता सुमित साह, निर्वतमान वडाअध्यक्ष सत्य नारायण यादव, प्रिन्सिपल सुरेस यादव लगायतले पनि स्व.सिंहको योगदान बारे चर्चा गरेका थिए । 
    यस्तै आईतवारै राष्ट्रिय मुक्ती पार्टी तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सप्तरीले पनि नेता सिहको जन्मजयन्तीका अवसरमा राजविराजस्थित गजेन्द्र चौकमा सरसफाई, उनको शालिकमा माल्यार्पण तथा लडडु समेत बाडेका छन । 
    राष्ट्रिय मुक्ती पार्टी सप्तरीका अध्यक्ष दीपेन्द्र चौधरी, केन्द्रिय नेता गजेन्द्र कुमार मण्डल, संविधानसभा सदस्य महेश यादव, लोसपा जिल्ला अध्यक्ष सुनिल कुमार झा, केन्द्रिय उपाध्यक्ष जयप्रकाश ठाकुर, अमरकान्त झा, राजविराज नगरपालिकाका पूर्व मेयर शम्भु प्रसाद यादव, उपमेयर साधना झा, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव लगायतले सो अवसरमा स्वं सिंहले विशेष गरी मधेश राजनीतिमा पु¥याएको योगदान भावी पुस्ताका लागी अनुकरणीय रहेको बताएका थिए । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका घर भएका सिंहको १९९८ सालमा रामनवमी कै दिन जन्म भएको थियो । प्रत्येक वर्ष रामनवमीका दिन उनका अनुयायीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी स्व.सिंहको जन्मजयती मनाउने गरेका छन । सिंहले २०४७ सालमा सद्भावना परिषद हुदै नेपाल सद्भावना पार्टी गठन गरेका थिए । सोही पार्टी मार्फत उनले मधेशी अधिकारका लागी संगठित अभियान चलाएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?