गजेन्द्र बाबुको सम्झनामा सप्तरीमा विभिन्न कार्यक्रम 

राजविराज राजविराज
|
आइतबार, चैत्र २४, २०८१
|
|
९६ पटक हेरिएको
Shares
गजेन्द्र बाबुको सम्झनामा सप्तरीमा विभिन्न कार्यक्रम 

सारांश

  •     मधेशवादी नेता सिंहको ९६ औं जन्मजयन्तीका अवसरमा जसपा नेता एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले हनुमाननगर कंकालिनी नगरपालिकाको तीन स्थानमा बनाइएको स्व.
  • सिंहको शालिकमा माल्यार्पण गर्दै उनको योगदान बारे चर्चा गरे ।
  •       सो क्रममा मन्त्री साहले मधेशी जनताको अधिकारका लागी संगठित अभियान चलाएका सिंह निष्ठाको राजनीति गर्ने महान पुरुष भएको जिकिर गरे ।

दैनिक समाचारदाता
राजविराज, २४ चैत ।

    मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्व गरेका नेता स्व. गजेन्द्र नारायण सिंहको राजनीतिक योगदानको सम्झना गर्दै आइतबार सप्तरीमा विभिन्न कार्यक्रम गरिएको छ । 
    मधेशवादी नेता सिंहको ९६ औं जन्मजयन्तीका अवसरमा जसपा नेता एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले हनुमाननगर कंकालिनी नगरपालिकाको तीन स्थानमा बनाइएको स्व. सिंहको शालिकमा माल्यार्पण गर्दै उनको योगदान बारे चर्चा गरे । 
    सो क्रममा मन्त्री साहले मधेशी जनताको अधिकारका लागी संगठित अभियान चलाएका सिंह निष्ठाको राजनीति गर्ने महान पुरुष भएको जिकिर गरे । उनीबाट सबैले प्रेरणा लिनु पर्ने बताउँदै उनले सिहंले गरेको योगदान सधै अमर रहने उल्लेख गरे । 
    उक्त अवसरमा हनुमाननगर कंकालिनी नगरपालिकाका पूर्व मेयर शैलेश साह, युवा नेता सुमित साह, निर्वतमान वडाअध्यक्ष सत्य नारायण यादव, प्रिन्सिपल सुरेस यादव लगायतले पनि स्व.सिंहको योगदान बारे चर्चा गरेका थिए । 
    यस्तै आईतवारै राष्ट्रिय मुक्ती पार्टी तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सप्तरीले पनि नेता सिहको जन्मजयन्तीका अवसरमा राजविराजस्थित गजेन्द्र चौकमा सरसफाई, उनको शालिकमा माल्यार्पण तथा लडडु समेत बाडेका छन । 
    राष्ट्रिय मुक्ती पार्टी सप्तरीका अध्यक्ष दीपेन्द्र चौधरी, केन्द्रिय नेता गजेन्द्र कुमार मण्डल, संविधानसभा सदस्य महेश यादव, लोसपा जिल्ला अध्यक्ष सुनिल कुमार झा, केन्द्रिय उपाध्यक्ष जयप्रकाश ठाकुर, अमरकान्त झा, राजविराज नगरपालिकाका पूर्व मेयर शम्भु प्रसाद यादव, उपमेयर साधना झा, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव लगायतले सो अवसरमा स्वं सिंहले विशेष गरी मधेश राजनीतिमा पु¥याएको योगदान भावी पुस्ताका लागी अनुकरणीय रहेको बताएका थिए । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका घर भएका सिंहको १९९८ सालमा रामनवमी कै दिन जन्म भएको थियो । प्रत्येक वर्ष रामनवमीका दिन उनका अनुयायीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी स्व.सिंहको जन्मजयती मनाउने गरेका छन । सिंहले २०४७ सालमा सद्भावना परिषद हुदै नेपाल सद्भावना पार्टी गठन गरेका थिए । सोही पार्टी मार्फत उनले मधेशी अधिकारका लागी संगठित अभियान चलाएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको कञ्चनरुपमा यात्रुबाहक बस दुर्घट्ना, तीनको मृत्यू दुई दर्जन घाईते
सप्तरीको कञ्चनरुपमा यात्रुबाहक बस दुर्घट्ना, तीनको मृत्यू दुई दर्जन घाईते
खाडो पुलको ढलाई उपकिएपछि रड समेत देखिन थाल्यो
खाडो पुलको ढलाई उपकिएपछि रड समेत देखिन थाल्यो
अनुचित दबाब र प्रभावमा नपरी आफूले काम गर्ने प्रजिअ पोखरेलको प्रतिबद्धता
अनुचित दबाब र प्रभावमा नपरी आफूले काम गर्ने प्रजिअ पोखरेलको प्रतिबद्धता
वडा सदस्यको निधनमा शोक विदा
वडा सदस्यको निधनमा शोक विदा
कुटपिट अंगभंग मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ 
कुटपिट अंगभंग मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ 
चरित्र हत्या गर्ने प्रयास भयो ः नेता भिमराज यादव
चरित्र हत्या गर्ने प्रयास भयो ः नेता भिमराज यादव
मेयर कपको दोश्रो संस्करण कंचनरुपमा शुरु, उद्घाटन खेलमा कंचनरुप बिजयी
मेयर कपको दोश्रो संस्करण कंचनरुपमा शुरु, उद्घाटन खेलमा कंचनरुप बिजयी
मोटरसाइकल दुर्घटनामा  सात जना घाइते
मोटरसाइकल दुर्घटनामा  सात जना घाइते
प्रतिष्ठानको निर्माण कार्यलाई तिब्रता दिन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
प्रतिष्ठानको निर्माण कार्यलाई तिब्रता दिन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
बैशाख १ मा जन्मेका वरिष्ठ उद्योगपति काबराको सोही दिन निधन
बैशाख १ मा जन्मेका वरिष्ठ उद्योगपति काबराको सोही दिन निधन

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी