दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण प्रकृया विभिन्न बहानामा ढिलाई भएको भन्दै निर्माण कार्यलाई तिब्रता दिन दवाव दिने उद्देश्यले गठित संघर्ष समितिले मंगलबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
राजविराजमा निर्माण हुने भनिएको सो प्रतिष्ठान निर्माण कार्यलाई तिब्रता प्रदान गर्न दवावका लागी गठित जन दवाव समितिका संयोजक सुखराम यादवको अगुवाईमा निमित्त प्रमुखु जिल्ला अधिकारी आनन्द ठाकुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।
२०७५ साल पुस २३ गतेको मन्त्री परिषदको बैठकले सप्तरीको राजविराज १० बिरोलमा रामराजा प्रसाद सिंह स्वास्थय विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेका थियो । जस अनुसार प्रतिष्ठान निर्माण काम अघि बढाउन दुई महिना अघि यहाँ पुर्वाधार तयारी विकास समितिको कार्यालय पनि स्थापना समेत गरि सकिएको छ ।
प्रतिष्ठान निर्माण हुने स्थलमा माटो परिक्षण, भूमीको अवस्था, बातावरणीय प्रभाव र मुल्यांकन तथा डिपिआर लगायतका काम अघि बढाउन प्रारम्भीक खर्च वापत ४० करोड रुपैया बजेट समेत समितिलाई उपलब्ध गराई सकिएको छ तर, पनि ति कामहरु अघि बढन नसकेकोमा चिन्ता व्यक्त गर्दै ज्ञापन पत्र मार्फत प्रधानमन्त्री स्वयमबाट यस विषयमा आवश्यक पहल हुनुपर्ने माग गरिएको छ ।
प्रतिष्ठानका लागी आवश्यक गतिविधि सुरु नभएको तथा प्रतिष्ठान नै अन्यत्र निर्माण हुने हल्ला चलेको तथा प्रतिष्ठान निर्माण कार्यमा भईरहेको ढिलाईका कारण स्थानिय जनतामा निरासा छाएको भन्दै ज्ञापन पत्र मार्फत अविलम्ब आवश्यक पहल गर्न प्रधानमन्त्री सँग आग्रह गरिएको छ ।
प्रतिष्ठान निर्माण हुनु अगावै विभिन्न बहानामा अन्यत्र सार्ने षडयन्त्र समेत भईरहेको उल्लेख गर्दै ज्ञापन पत्र मार्फत स्थानिय जनतामा परेको भ्रम र अन्यौलता चिर्न यथासिघ्र प्रधानमन्त्री स्वयमको करकमलबाट प्रतिष्ठानको शिलान्यास कार्य गर्न आग्रह पनि गरिएको छ ।
प्रतिष्ठानको निर्माण कार्यलाई तिब्रता दिन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
सारांश
- राजविराजमा निर्माण हुने भनिएको सो प्रतिष्ठान निर्माण कार्यलाई तिब्रता प्रदान गर्न दवावका लागी गठित जन दवाव समितिका संयोजक सुखराम यादवको अगुवाईमा निमित्त प्रमुखु जिल्ला अधिकारी आनन्द ठाकुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।
- २०७५ साल पुस २३ गतेको मन्त्री परिषदको बैठकले सप्तरीको राजविराज १० बिरोलमा रामराजा प्रसाद सिंह स्वास्थय विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेका थियो ।
- जस अनुसार प्रतिष्ठान निर्माण काम अघि बढाउन दुई महिना अघि यहाँ पुर्वाधार तयारी विकास समितिको कार्यालय पनि स्थापना समेत गरि सकिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया