करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु

राजविराज राजविराज
|
शनिबार, श्रावण १०, २०८२
|
|
२६ पटक हेरिएको
Shares
करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु

सारांश

  •     प्रहरी निरिक्षक प्रमोद साहका अनुसार करेन्ट लागेर खंग दम्पत्तिका भान्जा बुहारी २४ वर्षिया प्रमिला कुमारी घाइते भएकी छिन ।
  •     प्रहरीका अनुसार शुरुमा व्याट्री चार्ज गर्ने क्रममा बालेश्वरलाई करेन्ट लागेको थियो ।
  • उनलाई जोगाउन खोज्दा रामकुमारीलाई पनि करेन्ट लागेको थियो ।

    राजविराज÷सप्तरीमा करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु भएको छ । 
    जिल्लाको रुपनी गाउँपालिका २ पौवा टोलमा एक दम्पती तथा खडक नगरपालिकामा एक जना गरि तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    शनिवार बिहान विद्युतीय सिटिरिक्साको व्यट्रि चार्ज गर्ने क्रममा स्थानीय ४२ वर्षिय बालेश्वर खंग र उनकी ३८ वर्षिया श्रीमती रामकुमारी खंगको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
    प्रहरी निरिक्षक प्रमोद साहका अनुसार करेन्ट लागेर खंग दम्पत्तिका भान्जा बुहारी २४ वर्षिया प्रमिला कुमारी घाइते भएकी छिन ।
    प्रहरीका अनुसार शुरुमा व्याट्री चार्ज गर्ने क्रममा बालेश्वरलाई करेन्ट लागेको थियो । उनलाई जोगाउन खोज्दा रामकुमारीलाई पनि करेन्ट लागेको थियो । दुवैलाई करेन्ट लागेको देखेपछि छुटाउन पुगेकी प्रमिलालाई पनि करेन्टको झड्का लागेको थियो । 
    व्याट्रीमा लिक भएको करेन्टको झड्काले प्रमिलालाई फालेको र टाउको फुटेर घाइते भएकी उनलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको छ । 
    स्थानीयका अनुसार विपन्न परिवारका बालेश्वर दुई साताअघि मात्र बैंकबाट ऋण लिई किस्ताबन्दीमा तिर्ने गरी विद्युतीय सिटी रिक्सा खरिद गरेका थिए । सिटी रिक्सा चलाएर ऋण र किस्ता तिर्ने अनि बचेको पैसाबाट दुई सन्तानको शिक्षा दिक्षा र परिवारको गुजारा चलाउने उनले योजना बनाएका थिए ।
    मृतक दुवैको शव पोष्टमार्टका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    यस्तै शनिबारै बिहान सप्तरीको खडक नगरपालिकामा करेन्ट लागेर थप एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार सो नगरपालिका वडा नं. ११ का ५८ वर्षीय मो. युनिस मियाँको करेन्ट लागेर मृत्यु भएको हो ।  
     आफ्नै खेतमा पानी पटाउने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भिर घाइते भएका उनलाई उपचारका लागि स्थानीय छिन्नमस्ता अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक दुर्घटनामा दुई बालिकासहित चार जना घाइते
सडक दुर्घटनामा दुई बालिकासहित चार जना घाइते
मोतिगाडालाई पञ्चशिल्ड प्रतियोगिताको उपाधी 
मोतिगाडालाई पञ्चशिल्ड प्रतियोगिताको उपाधी 
गैरसंवैधानिक नियमावली खारेजको  माग गर्दै कानुन व्यवसायीद्वारा धर्ना
गैरसंवैधानिक नियमावली खारेजको  माग गर्दै कानुन व्यवसायीद्वारा धर्ना
मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
महुली र जिता खोलाको बाढीका कारण सय घर डुवानमा
महुली र जिता खोलाको बाढीका कारण सय घर डुवानमा
शिव केयरद्वारा डोम समुदायका एक बालकको अभिभावकत्व ग्रहण
शिव केयरद्वारा डोम समुदायका एक बालकको अभिभावकत्व ग्रहण
“तीन कैदीलाई स्थान्तरण गर्न अदालतको अनुमति”
“तीन कैदीलाई स्थान्तरण गर्न अदालतको अनुमति”
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
मिडिया काउन्सीलद्वारा सुझाव संकलन
मिडिया काउन्सीलद्वारा सुझाव संकलन
संचारकर्मी बनवारी मोटरसाईकल दुर्घटनामा घाईते, महासंघका सदस्य श्रेष्ठ पनि अस्वस्थ
संचारकर्मी बनवारी मोटरसाईकल दुर्घटनामा घाईते, महासंघका सदस्य श्रेष्ठ पनि अस्वस्थ