दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका ७ स्थित कल्याणपुर बजार क्षेत्रमा आइतबार साँझ मोटरसाइकललाई कारले ठक्कर दिएपछि अनियन्त्रित भई ट्रकमा ठोकिन पुग्दा १० वर्षिया नाबालिक छोरीको ज्यान गएको छ भने बाबु गम्भिर घाइते भएका छन् ।
सो दुर्घटनामा उदयपुरको त्रियुगा नगरपालिका ९ बगा टोल निवासी १० वर्षिया ऐन्जिला बस्नेतको ज्यान गएको हो । दुर्घटनामा उनका ३६ वर्षिय बुबा ध्रुब बस्नेत गम्भिर घाइते भएका छन् ।
पाखुरा, खुटा र छातीमा चोट लागेको उनको स्थानिय छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए । ऐन्जिलाको भने सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले चलाइरहेको को.१५प. १९१ नम्बरको मोटरसाइकललाई सुरुमा विपरीत दिशाबाट आइरहेको बा.३च.५२९३ नम्बरको कारले ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रित भई पूर्वबाट पश्चिम तर्फ तिब्र गतिमा जाँदै गरेको ना.६ख. ९८५२ नम्बरको ट्रकमा ठोकिन पुग्दा सो दुखद घटना भएको हो ।
कार, ट्रक तथा दुबैका चालकलाई नियन्त्रणमा लिई दुर्घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनामा छोरीको मृत्यु, बाबु गम्भिर घाइते
सारांश
- सो दुर्घटनामा उदयपुरको त्रियुगा नगरपालिका ९ बगा टोल निवासी १० वर्षिया ऐन्जिला बस्नेतको ज्यान गएको हो ।
- दुर्घटनामा उनका ३६ वर्षिय बुबा ध्रुब बस्नेत गम्भिर घाइते भएका छन् ।
- पाखुरा, खुटा र छातीमा चोट लागेको उनको स्थानिय छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया