नक्कली मान्छे र कागजात खडा  गरि अर्कैको नाममा जग्गा नामसारी  गराइएको भन्दै छानबिनको माग

राजविराज राजविराज
|
मंगलबार, जेठ १३, २०८२
|
|
८४ पटक हेरिएको
Shares
नक्कली मान्छे र कागजात खडा  गरि अर्कैको नाममा जग्गा नामसारी  गराइएको भन्दै छानबिनको माग

सारांश

  •     मंगलबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहका बालकृष्ण खड्गाले यस्तो माग गरेका हुन् ।
  •       उनले आफ्नो तीन पुस्तादेखी २००४ सालमै मोही दर्ता गरि भोगचलन गर्दै आएको आफ्नो १२ कठ १८ धुर जग्गा नक्कली मान्छे र किर्ते कागजातको भरमा झा परिवारको नाममा नामसारी गरिएको बताए ।
  •       गाउँघरमा कतै कुनै सुनुवाई नभएपछी न्यायका लागि सदरमुकाम राजविराज आइपुगेका उनले तत्कालिन भारदह गाविसका प्राविधिक एवंम सचिव महेन्द्र मुखिया र स्थानीय लालमोहन झा, अरबिन्द झा, बिनिता झा लगायतको मिलोमतोमा किर्ते मान्छे र कागजात खडा गरि आफ्नो जग्गा अर्कैको नाममा नामसारी गरिएको दाबी गरे ।

दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।    

    मोही दर्ता रहेको जग्गा किर्ते गरि अर्कैको नाममा नामसारी गरिएको भन्दै एक पीडितले सो सम्बन्धमा छानविनको माग गरेका छन् ।
    मंगलबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहका बालकृष्ण खड्गाले यस्तो माग गरेका हुन् । 
    उनले आफ्नो तीन पुस्तादेखी २००४ सालमै मोही दर्ता गरि भोगचलन गर्दै आएको आफ्नो १२ कठ १८ धुर जग्गा नक्कली मान्छे र किर्ते कागजातको भरमा झा परिवारको नाममा नामसारी गरिएको बताए । 
    गाउँघरमा कतै कुनै सुनुवाई नभएपछी न्यायका लागि सदरमुकाम राजविराज आइपुगेका उनले तत्कालिन भारदह गाविसका प्राविधिक एवंम सचिव महेन्द्र मुखिया र स्थानीय लालमोहन झा, अरबिन्द झा, बिनिता झा लगायतको मिलोमतोमा किर्ते मान्छे र कागजात खडा गरि आफ्नो जग्गा अर्कैको नाममा नामसारी गरिएको दाबी गरे । 
    उनले यस कार्यमा तत्कालिन भारद गाविसका सचिव मुखियाले मुख्य भूमिका निर्वाह गरेको दाबी समेत गरे । उनले तत्कालिन गाविसको कर्मचारी नै नरहेका मटर साह हलुवाईलाई गाविसको कार्यालय सहयोगिको रुपमा प्रस्तुत गरि किर्ते कागजातहरु तयार गरेर भुमिसुधार कार्यालयमा पेश गरिएको बताए । 
    मालपोत कार्यालयले पनि सोही कागजातको आधारमा एक पक्षिय रुपमा आफ्नो नाउँको मोही दर्ता खारेज गरि अन्याय गरेको उनको भनाई छ । 
    अचम्म त के छ भने तत्कालिन सचिव मुखियाले आफ्नो कर्मचारी रहेको भनी मालपोत कार्यालयमा साक्षिका रुपमा प्रस्तुत गरेका व्यक्ति मटरसाह हलुवाई आफु कहिले पनि सो कार्यालयमा कुनै पदमा कार्यरत नरहेको बताए । 
    पत्रकार सम्मेलनमा खड्गा सँगै उपस्थित रहेका उनले उक्त प्रकरणको सत्यतथ्य छानबिन गरि दोषिमाथी कारवाही हुनु पर्ने माग समेत गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा विघटन संविधानमाथिको ठाडो प्रहार ः अध्यक्ष यादव, प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिए ः वरिष्ठ नेता महतो
प्रतिनिधिसभा विघटन संविधानमाथिको ठाडो प्रहार ः अध्यक्ष यादव, प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिए ः वरिष्ठ नेता महतो
होली मनाउन घर आएका फरार अभियुक्त पक्राउ
होली मनाउन घर आएका फरार अभियुक्त पक्राउ
लोसपाद्वारा जग्गा रोक्का, लालपूर्जा बितरण  लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न माग
लोसपाद्वारा जग्गा रोक्का, लालपूर्जा बितरण  लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न माग
वन पैदावार आपूर्ती समितिका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण
वन पैदावार आपूर्ती समितिका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण
खोला तर्ने क्रममा यूवक वेपत्ता
खोला तर्ने क्रममा यूवक वेपत्ता
कोरोना पोजेटिभ पाइएका व्यक्तिको घर रहेको सप्तरीको दुई स्थानीय तहको दुई वडा शिल
कोरोना पोजेटिभ पाइएका व्यक्तिको घर रहेको सप्तरीको दुई स्थानीय तहको दुई वडा शिल
सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 
सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 
अपाङता भएका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
अपाङता भएका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
प्रथम मेयर गोल्डकप सुरु
प्रथम मेयर गोल्डकप सुरु
लागुऔषध बोकेर साइकलमा आउँदै गरेका दुई यूवा पक्राउ
लागुऔषध बोकेर साइकलमा आउँदै गरेका दुई यूवा पक्राउ