सरकारबिरुद्ध काँग्रेसको प्रदर्शन

राजविराज राजविराज
|
मंगलबार, मंसिर ३०, २०७७
|
|
३८ पटक हेरिएको
Shares
सरकारबिरुद्ध काँग्रेसको प्रदर्शन

सारांश

  •     जिल्ला कार्यसमितीको अगुवाइमा गरिएको सरकार बिरुद्धको प्रदर्शनमा भातृ संगठन, स्थानिय तहका पार्टी समिति र जिल्लास्थित शुभेच्छुक संघ संस्थाका प्रतिनिधिका साथै ठुलो संख्यामा सर्वसाधारण समेत सहभागि भएका थिए ।
  •       स्थानिय राजरंगशालाबाट निस्केको जुलुस सरकारबिरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रममा गरेका थिए ।
  • नगर परिक्रमा पश्चात् आयोजित बिरोध सभालाई सम्बोधन गर्दै काँग्रेस नेतृ चित्रलेखा यादवले ओली नेतृत्वको सरकार अधिनायक तर्फ अघि बढेको भन्दै यसलाई रोक्न काँग्रेस सडकमा ओर्लेको बताईन् ।

दैनिक समाचारदाता
राजविराज, २९ मंसिर । 
     प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको देश व्यापी बिरोध कार्यक्रम अन्तरगत सोमबार राजविराजमा पनि विशाल प्रदर्शन भएको छ । 
    जिल्ला कार्यसमितीको अगुवाइमा गरिएको सरकार बिरुद्धको प्रदर्शनमा भातृ संगठन, स्थानिय तहका पार्टी समिति र जिल्लास्थित शुभेच्छुक संघ संस्थाका प्रतिनिधिका साथै ठुलो संख्यामा सर्वसाधारण समेत सहभागि भएका थिए । 
    स्थानिय राजरंगशालाबाट निस्केको जुलुस सरकारबिरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रममा गरेका थिए । नगर परिक्रमा पश्चात् आयोजित बिरोध सभालाई सम्बोधन गर्दै काँग्रेस नेतृ चित्रलेखा यादवले ओली नेतृत्वको सरकार अधिनायक तर्फ अघि बढेको भन्दै यसलाई रोक्न काँग्रेस सडकमा ओर्लेको बताईन् । 
    उनले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथी १७ मंसिरमा तनहुमा भएको धरपकड अधिनायकवादकै एउटा नमूना भएको बताईन् । केपी ओली नेतृत्वको सरकारले लोकतन्त्र र प्रजातन्त्र नै सिध्याउन लागेको छ उनले भनिन्, जनताको बलिदानबाट प्राप्त यो उपलब्धी गुम्न नदिन काँग्रेस संघर्षको मोर्चामा अघि बढेको छ । सरकार हरेक मोर्चामा असफल भएको छ उनले भनिन्, जनता कोरोनाको मारका साथै औषधी र मलखादको अभावमा कष्ट भोगि रहेका छन् तर ओली सरकार सत्ताको लडाई र भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । 
    देशमा हत्या, हिंसा र बलात्कारका घटना ह्वात बढ्दा पनि सत्ताको खेलमा रमाउने वर्तमान सरकार संविधानको धारा समेत कुल्चेर एकपछि अर्को विभिन्न निर्णय गरेको उनको आरोप छ । वर्तमान सरकार दुई तिहाईको दम्भ देखाउँदै अघि बढेको उनले थपिन्, काँग्रेसले आन्दोलनमार्फत नै सरकारको घमण्ड तोडेरै छोड्ने छ । 
    नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित बिरोध सभामा अन्य सहभागि वक्ताहरुले ओली सरकारको क्रियाकलाप अधिनायकतर्फ अघि बढेको भन्दै आन्दोलनमार्फत नै तह लगाउने चेतवानी दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन १८ गते साँझ ७ बजेदेखी मदिरामा रोक, निर्वाचनको दिन बिहान ५ बजेदेखी ७ बजेसम्म यातायात बन्द
फागुन १८ गते साँझ ७ बजेदेखी मदिरामा रोक, निर्वाचनको दिन बिहान ५ बजेदेखी ७ बजेसम्म यातायात बन्द
गाउँ ब्लकका जग्गामा बसोवास गर्नेलाई लालपूर्जा प्रदान
शितलहरको कहर जारी, सर्वसाधारण मारमा, सिरक डसना र न्यानो लुगाको कारोबार बढ्यो
शितलहरको कहर जारी, सर्वसाधारण मारमा, सिरक डसना र न्यानो लुगाको कारोबार बढ्यो
टेलर्समा आगलागीहुँदा २२ लाखको क्षती, एक दर्जन बढी कामदार समस्यामा
टेलर्समा आगलागीहुँदा २२ लाखको क्षती, एक दर्जन बढी कामदार समस्यामा
सहकारी ठगीका आरोप लागेका तातेड ६ महिनापछि रिहा
सहकारी ठगीका आरोप लागेका तातेड ६ महिनापछि रिहा
पक्राउ परेका शैक्षिक माफिया झाको पेशी पैसा र शक्तिको आडमा हप्ताको तीन दिन राखियो
पक्राउ परेका शैक्षिक माफिया झाको पेशी पैसा र शक्तिको आडमा हप्ताको तीन दिन राखियो
डा. रन्जित झासँग निर्वाचन आयोगले माग्यो स्पष्टिकरण
डा. रन्जित झासँग निर्वाचन आयोगले माग्यो स्पष्टिकरण
६ सय ३ थान विभिन्न लागुऔषधसहित पंचदेव पक्राउ
६ सय ३ थान विभिन्न लागुऔषधसहित पंचदेव पक्राउ
ठूलो परिमाणमा बरामद गाजा नष्ट
ठूलो परिमाणमा बरामद गाजा नष्ट
सप्तरीका ९० परिवार सम्पर्कविहीन 
सप्तरीका ९० परिवार सम्पर्कविहीन