प्रहरी हवल्दारमाथी आफ्नै काकीलाई बोक्सीको आरोपमा कुटपिट गर्दै आएको आरोप

राजविराज राजविराज
|
सोमबार, आषाढ १६, २०७६
|
|
४२ पटक हेरिएको
Shares
प्रहरी हवल्दारमाथी आफ्नै काकीलाई बोक्सीको आरोपमा कुटपिट गर्दै आएको आरोप

सारांश

  •     सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढा निवासी ५३ वर्षिया जशोधियादेवी यादवले आफ्नै भतिजा हवल्दार कमलदेवले पटक पटक बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै आएको आरोप लगाएकी हुन् ।
  •  पीडित जशोधियादेवीले सोमबार नेपाल पत्रकार महासंघ सप्तरीमा पत्रकार सम्मेलनको अयोजना गरि पछिल्लो पटक भतिजा कमलदेवले गत शनिबार र बिहीबार कुटपिट गरेको बताईन् ।
  • सो दिन कुटपिट गर्दा माइती आएकी जशोधियादेवीकी छोरी सरस्वती समेत कुटिएकी छिन् ।

दैनिक समाचारदाता
राजविराज, १६ असार । 
    नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत कमलदेव यादवले आफ्नै काकीलाई बोक्सीको आरोप लगाउँदै पटक पटक कुटपिट गर्दै आइरहेको पीडितद्वारा आरोप लगाइएको छ । 
    सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढा निवासी ५३ वर्षिया जशोधियादेवी यादवले आफ्नै भतिजा हवल्दार कमलदेवले पटक पटक बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै आएको आरोप लगाएकी हुन् । पीडित जशोधियादेवीले सोमबार नेपाल पत्रकार महासंघ सप्तरीमा पत्रकार सम्मेलनको अयोजना गरि पछिल्लो पटक भतिजा कमलदेवले गत शनिबार र बिहीबार कुटपिट गरेको बताईन् । सो दिन कुटपिट गर्दा माइती आएकी जशोधियादेवीकी छोरी सरस्वती समेत कुटिएकी छिन् । उनी आमालाई जोगाउने क्रममा कमलदेवबाट कुटिएकी हुन् ।
    पत्रकार सम्मेलनमा जशोधियादेवीले भनिन, “पछिल्लो पटक शनिबार मलाई कुटपिट गरिरहँदा छोरीले बचाउन खोज्दा भतिजाले छोरीलाई समेत कुटपिट ग¥यो, कुटपिटबाट छोरी गम्भिर घाइते भईन्, उनलाई स्थानिय अस्पतालदेखी बिराटनगरसम्म उपचार गराउनु प¥यो ।”
    कुटपिटको विषयमा वडा कार्यालय तथा जिल्ला प्रहरी कार्यालयसमक्ष पुग्दा कतैबाट उनीमाथी कारवाहीको पहल हुन नसकेको उनको भनाई छ । बोक्सीको आरोप लगाएर कुटपिट गर्ने हवल्दार यादवमाथी प्रहरीमा निवेदन दर्ता गर्न खोज्दा नमानेको समेत उनको आरोप छ । 
    उनले भनिन्, “मलाई कुट्दा म सहेर बस्थे तर, पछिल्लो पटक मेरो छोरी समेतलाई कुटपिट गर्दै घाइते बनाएपछि म सहन सकिन्न् अनि वडा कार्यालय, स्थानिय प्रहरी तथा जिल्ला प्रहरी कार्यालय सम्म पुग्दा कतै न्याय नपाएपछि बाध्य भई संचारकर्मी माझ आउनु प¥यो ।”
    जशोधियादेवीको एक छोरा र बुहारी रहेकोमा हाल उनी बुहारीसँगै बस्दै आएकी छिन । छोरा भने बैदेशिक रोजगारमा छन् । काठमाडौंमा कार्यरत प्रहरी हवल्दार कमलदेव भने बिदामा गाउँमा आएको बेला बोक्सी भनेर कुटपिट गर्दै आएको जशोधियादेवीको आरोप छ ।  
    यसबारे जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता भावेश रिमालले घटना बारे बास्तविकता बुझ्न दुबै पक्षलाई बोलाइएको जानकारी दिदै दोषि पाइएकालाई कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
स्थानिय चुनाव अघि नै नामांकन र सिमांकन गर्न जप्रपाको माँग
स्थानिय चुनाव अघि नै नामांकन र सिमांकन गर्न जप्रपाको माँग
जिल्ला समन्वय समितिको प्रमुखमा  काँग्रेसबाट दुईसहित तीनको उम्मेदवारी, दुई गठबन्धनको प्यानलसहित मनोनयन दर्ता
जिल्ला समन्वय समितिको प्रमुखमा  काँग्रेसबाट दुईसहित तीनको उम्मेदवारी, दुई गठबन्धनको प्यानलसहित मनोनयन दर्ता
जनजागरण अभियान अन्तरगत ¥याली
जनजागरण अभियान अन्तरगत ¥याली
प्रदेश २ सरकारले विभेद ग¥यो ः जनयुद्धका  शहीद, बेपत्ता तथा घाइते परिवार
प्रदेश २ सरकारले विभेद ग¥यो ः जनयुद्धका  शहीद, बेपत्ता तथा घाइते परिवार
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत डा. सीके राउतले लेख्छन् ः  “रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त”
कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत डा. सीके राउतले लेख्छन् ः  “रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त”
आफ्नै कुखुरा फर्ममा आगजनी 
आफ्नै कुखुरा फर्ममा आगजनी 
राजपा सरकारमा सहभागिता हुने की नहुने ?
सप्तरीमा तीन हजार घर डुवानमा, ३ सय भन्दा बढी बिस्थापित, सेना र प्रहरी प्रभावित क्षेत्रमा 
सप्तरीमा तीन हजार घर डुवानमा, ३ सय भन्दा बढी बिस्थापित, सेना र प्रहरी प्रभावित क्षेत्रमा