सप्तरीमा तीन हजार घर डुवानमा, ३ सय भन्दा बढी बिस्थापित, सेना र प्रहरी प्रभावित क्षेत्रमा 

राजविराज राजविराज
|
आइतबार, आषाढ २९, २०७६
|
|
४७ पटक हेरिएको
Shares
सप्तरीमा तीन हजार घर डुवानमा, ३ सय भन्दा बढी बिस्थापित, सेना र प्रहरी प्रभावित क्षेत्रमा 

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सप्तकोशी, त्रियुगा, खाँडो, बलान, भलुवाही, सुन्दरी, जिता, खडकलगायतका नदी र खोलामा आएको बाढी सहरी र ग्रामिण क्षेत्रमा पस्दा आइतबारसम्ममा जिल्लामा ३ हजार ५ सय २ घर डुवानमा परेका छन् ३ सय भन्दा बढी घर परिवार बिस्थापित भएका छन् ।
  • बिस्थापित परिवार नजिकैको उच्च स्थलमा रहेका विद्यालय, सरकारी कार्यालय र बाँधमा पाल टाँगेर आश्रय लिएर बसेका छन् ।
  •       बाढीले गर्दा सबभन्दा बढी तिलाठी कोइलाडी गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र सप्तकोशी नगरपालिका क्षेत्रबाट बिस्थापित भएको प्रहरी तथ्याङ्कले देखाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २९ असार । 
    अविरल वर्षापछि पसेको बाढीले विभिन्न स्थानमा बाँध भत्काउँदा सप्तरीमा तीन हजार घर डुवानमा परेका छन् भने ३ सय भन्दा बढी बिस्थापित भएका छन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सप्तकोशी, त्रियुगा, खाँडो, बलान, भलुवाही, सुन्दरी, जिता, खडकलगायतका नदी र खोलामा आएको बाढी सहरी र ग्रामिण क्षेत्रमा पस्दा आइतबारसम्ममा जिल्लामा ३ हजार ५ सय २ घर डुवानमा परेका छन् ३ सय भन्दा बढी घर परिवार बिस्थापित भएका छन् । बिस्थापित परिवार नजिकैको उच्च स्थलमा रहेका विद्यालय, सरकारी कार्यालय र बाँधमा पाल टाँगेर आश्रय लिएर बसेका छन् । 

    बाढीले गर्दा सबभन्दा बढी तिलाठी कोइलाडी गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र सप्तकोशी नगरपालिका क्षेत्रबाट बिस्थापित भएको प्रहरी तथ्याङ्कले देखाएको छ । त्यसपछि राजविराज नगरपालिका, बोदेबरसाइन नगरपालिका, महदेवा गाउँपालिका, खडक गाउँपालिका र तिरहुत गाउँपालिकाका केही वडाका बाढीपीडित बिस्थापित भई सुरक्षित स्थानमा आश्रय लिई बसेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक रिता खडकाले जानकारी दिइन् । 
    त्यस्तै गोबरगाढाका ५० भन्दा बढी घर उच्च जोखिममा रहेका छन् । बाढीपीडितहरुले विभिन्न संघसंस्था र स्थानियतहबाट प्रारम्भिक राहत स्वरुप चिउरा, मुरही, चाउचाउ, बिस्कुट लगायतका सामाग्रि प्राप्त गरे पनि प्रत्येक वर्ष बाढीबाट हुने पीडालाई कम गर्न समस्याको स्थायी समाधान चाहेको बताएका छन् ।

     बाढीबाट हुने क्षति न्यूनिकरण तथा राहतका लागि सेना र प्रहरी प्रभावित क्षेत्रमा परिचालित रहेको तथा अहिलेसम्म कुनै मानविय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । बाढीले ठाउँ ठाउँमा भत्काएको बाँध मर्मतमा सेना, प्रहरी र स्थानियहरु मिलेर काम गरिरहेको उनको भनाई छ । 
    यद्दपी खाँडो नदीमा अत्याधिक बाढी रहेका कारण बाँध मर्मत कार्य प्रभावित बनेको विपद् जोखीमन्यूनिकरण अधिकृत राजेश झाले बताए । निरन्तरको वर्षाले सप्तकोशी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, राजविराज नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिका गरि चार स्थानमा बाँध भत्काएको र ती सबै स्थानमा सेना र प्रहरी परिचालित रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बौद्धिक अपाङ्गता भएका बालबालिका बीच शुभकामना आदान प्रदान
बौद्धिक अपाङ्गता भएका बालबालिका बीच शुभकामना आदान प्रदान
साढे सात दिन कैद फैसला भएको फरार प्रतिवादी पक्राउ
साढे सात दिन कैद फैसला भएको फरार प्रतिवादी पक्राउ
समानुपातिक तर्फ पनि सप्तरीमा जनमत पहिलो पार्टी बन्दै, जनमतको प्रतिनिधिसभामा ७० तथा प्रदेशसभामा ५० हजार भन्दा बढी मत, जसपा दोश्रो र काँग्रेस तेश्रो
समानुपातिक तर्फ पनि सप्तरीमा जनमत पहिलो पार्टी बन्दै, जनमतको प्रतिनिधिसभामा ७० तथा प्रदेशसभामा ५० हजार भन्दा बढी मत, जसपा दोश्रो र काँग्रेस तेश्रो
पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय  शिक्षा आवश्यक ः मन्त्री सुडी
पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय  शिक्षा आवश्यक ः मन्त्री सुडी
कोशी पीडितद्वारा बालीनालीको क्षतिपूर्तीका लागी भारतीय सरकारसँग कुटनीतिक पहल गर्न माग
कोशी पीडितद्वारा बालीनालीको क्षतिपूर्तीका लागी भारतीय सरकारसँग कुटनीतिक पहल गर्न माग
अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा    
अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा    
सप्तरीबाट सूचना आयोगमा २९ वटा उजुरी
सप्तरीबाट सूचना आयोगमा २९ वटा उजुरी
रावि नपाको गाडीको ठक्करबाट घाइते भएका  किशोरको उपचार खर्चको माग गर्दै धर्ना 
रावि नपाको गाडीको ठक्करबाट घाइते भएका  किशोरको उपचार खर्चको माग गर्दै धर्ना 
पक्राउ परेका वडाअध्यक्षलाई  रिहा गर्न काँग्रेसको माँग
पक्राउ परेका वडाअध्यक्षलाई  रिहा गर्न काँग्रेसको माँग
न्याय नपाएको भन्दै साह दम्पत्तिद्वारा अदालत अगाडी अनसन
न्याय नपाएको भन्दै साह दम्पत्तिद्वारा अदालत अगाडी अनसन