अमसोत सहकारीको बार्षिक साधारण सभा सम्पन्न 

राजविराज राजविराज
|
आइतबार, मंसिर २५, २०७९
|
|
४१ पटक हेरिएको
Shares
अमसोत सहकारीको बार्षिक साधारण सभा सम्पन्न 

सारांश

  •     कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित सभामा आ.
  • ब.
  • ०७८÷०७९ मा सस्थाले ५ करोड १२ लाख ९२ हजार ३ सय ७२ रकमको कारोवार गरी खुद नाफा २१ लख ८४ हजार २ सय ५४ रुपैया ३५ पैसा आर्जन गरिएको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २५ मंसिर । 

    अमसोत सामुदायीक कृषि सहकारी संस्था लि.को १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । 
    कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित सभामा आ.ब. ०७८÷०७९ मा सस्थाले ५ करोड १२ लाख ९२ हजार ३ सय ७२ रकमको कारोवार गरी खुद नाफा २१ लख ८४ हजार २ सय ५४ रुपैया ३५ पैसा आर्जन गरिएको प्रतिवेदन सार्वजनिक गरिएको छ । 
    साधारण सभामा प्रमुख अतिथि यादवले सरकारले देशलाई कृषि प्रधान भने पनि व्यवहारमा नरहेको बताए । किसानले ३५ प्रतिशत योगदान गरे पनि किसानलाई समयमा बिउ, विजन, मल, खाद, सिचाईको उचित ब्यवस्थापन गर्न नसकेको कारण उन्नति, प्रगती हुन नसकेको उनले बताए । 
    किसानको समस्यातर्फ स्थानिय, प्रदेश र संघीय सरकारले उचित ध्यान नदिएकै कारण कृर्षिको क्षेत्रको निराशजनक अवस्था रहेको उनले आरोप लगाउँदै आप्mनो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिद्घता समेत ब्यक्त गरे ।
    बि.स. २०६१ सालमा स्थापना भएको उक्त संस्थामा ८ सय १ जना सदस्य रहेका छन् । जसमा ७ सय ८७ जना महिला र १४ जना पुरुष आवद्घ छन् । साधारण सभामा संचालक समितिको तर्फवाट अध्यक्ष सुमित्रादेवी चौधरी, लेखा समितिका संयोजक कपिलदेव मण्डल, ब्यस्थापकिय प्रतिवेदन ब्यवस्थापक रामी यादवले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    संस्थाका अध्यक्ष सुमित्रादेवी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अग्निसाईर कृष्णासवरन गापाका वडाध्यक्ष तेज नारायण यादव, युवा स्वरोजगार कोष सप्तरीका संयोजक हरि प्रसाद चौधरी, समाजसेवी रामदेव यादव, समाज सुधार ऋण वचत सहकारी संस्था लि रा.वि. ८ का अध्यक्ष भुपेन्द्र प्रसाद यादव, छेदी लाल चौधरी, कामेश्वर मण्डल, प्रदिप कुमार चौधरी, अशोक यादव, रंजिता चौधरी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । 
    युवा स्वरोजगार कोषबाट आर्थिक सहयोग लिएर तरकारी खेतीमा उदाहरणिय काम गरेका सन्तोषी कुमारी चौधरी, सीतादेवी तामाङ, सुष्मा तामाङ तथा बचतकर्तामा सरिता खंगलाई संस्थाले सम्मान गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?