पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय  शिक्षा आवश्यक ः मन्त्री सुडी

राजविराज राजविराज
|
सोमबार, जेठ १९, २०८२
|
|
४३ पटक हेरिएको
Shares
पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय  शिक्षा आवश्यक ः मन्त्री सुडी

सारांश

  •     सोमवार एकै दिन आफ्नो गृहजिल्ला सप्तरीको चार वटा सामुदायीक विद्यालयमा बन्दै गरेको नयाँ भवनको अनुगमन गर्दै मन्त्री साहले यस्तो बताएका हुन् ।
  •       उनले सुविधा सम्पन्न भवन उपलब्ध हुन लागेकाले गुणस्तरीय शिक्षाद्वारा विद्यालयमा विद्यार्थी संख्या बढाउने योजनमा जुट्न प्राध्यापक र शिक्षकसंग आग्रह समेत गरे ।
  •       “परम्परागत रुपमा प्रदान गरिएको शिक्षाको ढाँचालाई परिर्वतन गरी प्राविधीक र व्यवसायीक नागरिक उत्पादन गर्ने शिक्षाको खाँचो छ, मन्त्री साहले भने, “यस तर्फ सरकार विभिन्न नीति निर्माण गर्दै अघि बढेको छ ।

दैनिक समाचारदाता
राजविराज, १९ जेठ ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले परम्परागत शिक्षाको ढाँचा परिवर्तन गर्दै आवश्यक पुर्वाधार सहितको प्राविधीक र गुणस्तरीय शिक्षा आजको आवश्यक्ता रहेको बताएका छन । 
    सोमवार एकै दिन आफ्नो गृहजिल्ला सप्तरीको चार वटा सामुदायीक विद्यालयमा बन्दै गरेको नयाँ भवनको अनुगमन गर्दै मन्त्री साहले यस्तो बताएका हुन् । 
    उनले सुविधा सम्पन्न भवन उपलब्ध हुन लागेकाले गुणस्तरीय शिक्षाद्वारा विद्यालयमा विद्यार्थी संख्या बढाउने योजनमा जुट्न प्राध्यापक र शिक्षकसंग आग्रह समेत गरे । 
    “परम्परागत रुपमा प्रदान गरिएको शिक्षाको ढाँचालाई परिर्वतन गरी प्राविधीक र व्यवसायीक नागरिक उत्पादन गर्ने शिक्षाको खाँचो छ, मन्त्री साहले भने, “यस तर्फ सरकार विभिन्न नीति निर्माण गर्दै अघि बढेको छ ।”
    उनकै पहलमा शहरी विकास मन्त्रालयबाट जनही १÷१ करोडका दरले प्राप्त ४ करोड बजेटबाट सप्तरीको कंचनरुप नगरपालिका स्थित सर्वाेदय उच्चमाध्यमिक विद्यालय, आधारभुत विद्यालय बरमझिया, हनमाननगर कंकालिनी नगरपालिका मधवापुर स्थित जनता माध्यमिक विद्यालय तथा सप्तकोशी नगरपालिका स्थित गोबद्र्धन जनता माध्यमिक विद्यालयमा थप नयाँ कक्षा कोठा भवनहरु निर्माण कार्य भईरहेको छ । 
    अन्तिम चरणमा पुगेको निर्माण कार्यको स्थलगत निरिक्षण गरेका उनले निर्माण कार्यको प्रगति विवरण र गुणस्तरीयताबारे समेत जानकारी लिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?