दैनिक समाचारदाता
राजविराज, २६ माघ ।
सप्तरीको महादेवा गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले सेवा सुविधा एकलौटी ढंगले लिइरहेको खुलासा भएको छ ।
गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले गाउँपालिकाको वडा नम्बर ५ स्थित आप्mनो निजी घरमा गापाबाट करिब १२ लाख बरावरको निजी सचिवालय सञ्चालनका लागी कम्प्युटर, फर्निचर, पंखा, ईन्टरनेट, जडान गरेका छन भने दुई जना कर्मचारीलाई करारमा समेत नियुक्त गरेका छन् ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झाले प्रत्येक महिना पचिस हजार घर भाडा र सञ्चार खर्च वापत सेवा सुविधा लिने गरेको लेखा शाखा श्रोतले जनाएको छ ।
आफ्ना निजी घरमा बस्दै आएर गापाबाट मासिक तलब, भक्ता, घर भाडा, सञ्चार खर्च, ईन्धन, लगायत बापत मासिक लाखौ रकम सेवा सुविधाको नाममा आम जनताको ढार सेक्ने गरी कर थुपारेर विलासीताको साधन उपयोग गरी रहेको श्रोतले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र)बाट महादेवा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार दिपेन्द्र माझीले गाउँपालिकाले पुराना सेवा करारका ६९ जना कर्मचारीलाई बिना जानकारी सेवाबाट हटाएर आफ्ना लोसपाका कार्यकर्ता, परिवार र आफन्तलाई नियुक्ति दिएको आरोप लगाएका छन् ।
त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झाले आफन्त अमरेन्द्र पाठकलाई कम्प्युटर अपरेटरमा नियुक्त गरिएको माझीको आरोप छ । उनले पालिकामा प्रमुख प्रशासकीय अधिकृत झा र अध्यक्ष मण्डलले मनपरी गर्दै आफ्ना आसेपासे, आफन्त, पार्टीका कार्यकर्तालाई जागिर खुवाउनुका साथै विकासी बजेटमा समेत मनपरी गरी रहेको उनको आरोप छ ।
सो सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत झा संग बुझदा आफुले नियम, कानुन बमोजिम मात्र सेवा, सुविधा लिने गरेको बताए ।
अध्यक्षलाई निजी सचिवालय र अधिकृतलाई २५ हजार मासिक घर भाडा
सारांश
- गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले गाउँपालिकाको वडा नम्बर ५ स्थित आप्mनो निजी घरमा गापाबाट करिब १२ लाख बरावरको निजी सचिवालय सञ्चालनका लागी कम्प्युटर, फर्निचर, पंखा, ईन्टरनेट, जडान गरेका छन भने दुई जना कर्मचारीलाई करारमा समेत नियुक्त गरेका छन् ।
- त्यस्तै प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झाले प्रत्येक महिना पचिस हजार घर भाडा र सञ्चार खर्च वापत सेवा सुविधा लिने गरेको लेखा शाखा श्रोतले जनाएको छ ।
- आफ्ना निजी घरमा बस्दै आएर गापाबाट मासिक तलब, भक्ता, घर भाडा, सञ्चार खर्च, ईन्धन, लगायत बापत मासिक लाखौ रकम सेवा सुविधाको नाममा आम जनताको ढार सेक्ने गरी कर थुपारेर विलासीताको साधन उपयोग गरी रहेको श्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया