अध्यक्षलाई निजी सचिवालय र  अधिकृतलाई २५ हजार मासिक घर भाडा 

राजविराज राजविराज
|
बिहिबार, माघ २६, २०७९
|
|
५९ पटक हेरिएको
Shares
अध्यक्षलाई निजी सचिवालय र  अधिकृतलाई २५ हजार मासिक घर भाडा 

सारांश

  •     गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले गाउँपालिकाको वडा नम्बर ५ स्थित आप्mनो निजी घरमा गापाबाट करिब १२ लाख बरावरको निजी सचिवालय सञ्चालनका लागी  कम्प्युटर, फर्निचर, पंखा, ईन्टरनेट, जडान गरेका छन भने दुई जना कर्मचारीलाई करारमा समेत नियुक्त गरेका छन् ।
  •     त्यस्तै प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झाले प्रत्येक महिना पचिस हजार घर भाडा र सञ्चार खर्च वापत सेवा सुविधा लिने गरेको लेखा शाखा श्रोतले जनाएको छ ।
  •       आफ्ना निजी घरमा बस्दै आएर गापाबाट मासिक तलब, भक्ता, घर भाडा, सञ्चार खर्च, ईन्धन, लगायत बापत मासिक लाखौ रकम सेवा सुविधाको नाममा आम जनताको ढार सेक्ने गरी कर थुपारेर विलासीताको साधन उपयोग गरी रहेको श्रोतले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २६ माघ ।

    सप्तरीको महादेवा गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले सेवा सुविधा एकलौटी ढंगले लिइरहेको खुलासा भएको छ ।
    गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले गाउँपालिकाको वडा नम्बर ५ स्थित आप्mनो निजी घरमा गापाबाट करिब १२ लाख बरावरको निजी सचिवालय सञ्चालनका लागी  कम्प्युटर, फर्निचर, पंखा, ईन्टरनेट, जडान गरेका छन भने दुई जना कर्मचारीलाई करारमा समेत नियुक्त गरेका छन् ।
    त्यस्तै प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झाले प्रत्येक महिना पचिस हजार घर भाडा र सञ्चार खर्च वापत सेवा सुविधा लिने गरेको लेखा शाखा श्रोतले जनाएको छ । 
    आफ्ना निजी घरमा बस्दै आएर गापाबाट मासिक तलब, भक्ता, घर भाडा, सञ्चार खर्च, ईन्धन, लगायत बापत मासिक लाखौ रकम सेवा सुविधाको नाममा आम जनताको ढार सेक्ने गरी कर थुपारेर विलासीताको साधन उपयोग गरी रहेको श्रोतले जनाएको छ । 
    नेकपा (माओवादी केन्द्र)बाट महादेवा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार दिपेन्द्र माझीले गाउँपालिकाले पुराना सेवा करारका ६९ जना कर्मचारीलाई बिना जानकारी सेवाबाट हटाएर आफ्ना लोसपाका कार्यकर्ता, परिवार र आफन्तलाई नियुक्ति दिएको आरोप लगाएका छन् । 
    त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झाले आफन्त अमरेन्द्र पाठकलाई कम्प्युटर अपरेटरमा नियुक्त गरिएको माझीको आरोप छ । उनले पालिकामा प्रमुख प्रशासकीय अधिकृत झा र अध्यक्ष मण्डलले मनपरी गर्दै आफ्ना आसेपासे, आफन्त, पार्टीका कार्यकर्तालाई जागिर खुवाउनुका साथै विकासी बजेटमा समेत मनपरी गरी रहेको उनको आरोप छ । 
    सो सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत झा संग बुझदा आफुले नियम, कानुन बमोजिम मात्र सेवा, सुविधा लिने गरेको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षाको पानी निकास नहुँदा बजार जलमग्न
वर्षाको पानी निकास नहुँदा बजार जलमग्न
श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई हुण्डी कारोबारी पक्राउ 
श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई हुण्डी कारोबारी पक्राउ 
निर्वाचन आयोगको कार्यक्रममा अधिकांश दलद्वारा बहिष्कार
निर्वाचन आयोगको कार्यक्रममा अधिकांश दलद्वारा बहिष्कार
पूर्वसभापति खतिवडाका छोरी, ज्वाई  र नातीको जहाज दुर्घटनामा मृत्यु,  पत्रकार सम्बद्ध संघसंस्थाद्वारा दुःख व्यक्त
पूर्वसभापति खतिवडाका छोरी, ज्वाई  र नातीको जहाज दुर्घटनामा मृत्यु,  पत्रकार सम्बद्ध संघसंस्थाद्वारा दुःख व्यक्त
डराउनु पर्दैन हामी सुरक्षित छांै सावधानी अपनाऔं
डराउनु पर्दैन हामी सुरक्षित छांै सावधानी अपनाऔं
मधेशी आयोगकी सदस्य सिंहलाई भारतीय पुरस्कार
मधेशी आयोगकी सदस्य सिंहलाई भारतीय पुरस्कार
प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला
सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला
प्रदेश स्तरीय क्रिकेटको उपाधि पर्सालाई
प्रदेश स्तरीय क्रिकेटको उपाधि पर्सालाई
श्रृंखलावद्ध रुपमा तीन जनाको हत्या गरि फरार अपराधी सात वर्षपछि पक्राउ
श्रृंखलावद्ध रुपमा तीन जनाको हत्या गरि फरार अपराधी सात वर्षपछि पक्राउ