सवारीसाधनमा प्रेस लेखेर  चलाउने क्रम बढेपछि नियन्त्रणका  लागि प्रशासनसँग आग्रह

राजविराज राजविराज
|
बिहिबार, श्रावण ५, २०७९
|
|
२१ पटक हेरिएको
Shares
सवारीसाधनमा प्रेस लेखेर  चलाउने क्रम बढेपछि नियन्त्रणका  लागि प्रशासनसँग आग्रह

सारांश

  •     महासंघले यसलाई नियन्त्रणका लागि सहयोग गरिदिन जिल्ला प्रशासन कार्यालय सप्तरीसँग आग्रह समेत गरेको छ ।
  •     प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई बुधबार एक पत्र बुझाउँदै महासंघका पदाधिकारीले प्रेस लेखिएको सवारीसाधनको जुनसुकै व्यक्ति प्रयोग गरिरहेपनि अनिवार्य नियम बमोजिम चेकजाँच गरी सहयोग गरिदिन हुन अनुरोध गरेका छन् ।
  •     महासंघका अध्यक्ष श्रवणकुमार देव, सचिव रामनारायण विश्वासले संयुक्त रुपमा बुझाएका पत्रमा लेखिएको छ ‘सप्तरीमा नामै नसुनेका मिडियाहरुको परिचय पत्र बोकेर पत्रकार आचारसंहिता विपरित काम गरिरहेका छन् त्यस्ता ब्यक्तिले एकातर्फ निष्पक्ष पत्रकारिताको बदनामी गरिरहेका छन् भने सवारीसाधनमा पनि ‘प्रेस’ शब्द लेखेर पत्रकारिताको दुरुपयोग गरिरहेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ४ साउन । 
    नेपाल पत्रकार महासंघ सप्तरीले अनाधिकृत रुपमा सबारीसाधनमा प्रेस लेखेर चलाउने क्रम बढेपछि यसलाई नियन्त्रण गर्ने प्रयास थालेको छ ।
    महासंघले यसलाई नियन्त्रणका लागि सहयोग गरिदिन जिल्ला प्रशासन कार्यालय सप्तरीसँग आग्रह समेत गरेको छ ।
    प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई बुधबार एक पत्र बुझाउँदै महासंघका पदाधिकारीले प्रेस लेखिएको सवारीसाधनको जुनसुकै व्यक्ति प्रयोग गरिरहेपनि अनिवार्य नियम बमोजिम चेकजाँच गरी सहयोग गरिदिन हुन अनुरोध गरेका छन् ।
    महासंघका अध्यक्ष श्रवणकुमार देव, सचिव रामनारायण विश्वासले संयुक्त रुपमा बुझाएका पत्रमा लेखिएको छ ‘सप्तरीमा नामै नसुनेका मिडियाहरुको परिचय पत्र बोकेर पत्रकार आचारसंहिता विपरित काम गरिरहेका छन् त्यस्ता ब्यक्तिले एकातर्फ निष्पक्ष पत्रकारिताको बदनामी गरिरहेका छन् भने सवारीसाधनमा पनि ‘प्रेस’ शब्द लेखेर पत्रकारिताको दुरुपयोग गरिरहेका छन् ।’
    सोही पत्रमा अनुगमनको क्रममा आवश्यक परेको अवस्थामा महासंघका अध्यक्ष र सचिवसँग सम्पर्क र समन्वय गरिदिन भनिएको छ ।
    पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले यस कार्यका लागि सहयोग गर्ने बताउँदै अब प्रहरीले प्रेस लेखिएको सबारीसाधनप्रति ध्यान दिने उल्लेख गरे । 
    पत्र बुझाउने क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेको पनि उपस्थिति रहेको थियो । उनले यो कार्यका लागि प्रहरी तयार रहेको बताए ।
    महासंघले मोटरसाइकल या अन्य सबारीसाधनमा प्रेस लेखेर नचलाउन पनि पत्रकार बाहेक अन्य व्यक्तिसँग आग्रह समेत गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गर्मीले जनजीवन अस्तव्यस्त, पंखा चलाउँदा पनि तातो हावा
गर्मीले जनजीवन अस्तव्यस्त, पंखा चलाउँदा पनि तातो हावा
नयाँ नेतृत्वका लागि कानुन व्यवसायीहरुको निर्वाचन हुँदै
नयाँ नेतृत्वका लागि कानुन व्यवसायीहरुको निर्वाचन हुँदै
संचार राज्यमन्त्री कर्ण र डा. साह अभिनन्दित
संचार राज्यमन्त्री कर्ण र डा. साह अभिनन्दित
छोरीहरूलाई ल्यापटप बाँड्ने योजना ः मुख्यमन्त्री राउत
छोरीहरूलाई ल्यापटप बाँड्ने योजना ः मुख्यमन्त्री राउत
पुराना मुद्दा साढे तीन वर्ष भित्रै शुन्यमा झार्ने अदालतको तयारी ः सर्वोच्चका न्यायाधीश कार्की
पुराना मुद्दा साढे तीन वर्ष भित्रै शुन्यमा झार्ने अदालतको तयारी ः सर्वोच्चका न्यायाधीश कार्की
बैशाख १ मा जन्मेका वरिष्ठ उद्योगपति काबराको सोही दिन निधन
बैशाख १ मा जन्मेका वरिष्ठ उद्योगपति काबराको सोही दिन निधन
राजविराजमा अन्तिम चरणको कसरत
राजविराजमा अन्तिम चरणको कसरत
छुट्टाछुट्टै दुर्घटनामा एक महिला र एक बालकको मृत्यु 
छुट्टाछुट्टै दुर्घटनामा एक महिला र एक बालकको मृत्यु 
किसानलाई उत्पादनमूखी अनुदान  दिने प्रक्रिया सुरु : कृषि मन्त्री साह
किसानलाई उत्पादनमूखी अनुदान  दिने प्रक्रिया सुरु : कृषि मन्त्री साह
टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते
टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते