सवारीसाधनमा प्रेस लेखेर  चलाउने क्रम बढेपछि नियन्त्रणका  लागि प्रशासनसँग आग्रह

राजविराज राजविराज
|
बिहिबार, श्रावण ५, २०७९
|
|
६९ पटक हेरिएको
Shares
सवारीसाधनमा प्रेस लेखेर  चलाउने क्रम बढेपछि नियन्त्रणका  लागि प्रशासनसँग आग्रह

सारांश

  •     महासंघले यसलाई नियन्त्रणका लागि सहयोग गरिदिन जिल्ला प्रशासन कार्यालय सप्तरीसँग आग्रह समेत गरेको छ ।
  •     प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई बुधबार एक पत्र बुझाउँदै महासंघका पदाधिकारीले प्रेस लेखिएको सवारीसाधनको जुनसुकै व्यक्ति प्रयोग गरिरहेपनि अनिवार्य नियम बमोजिम चेकजाँच गरी सहयोग गरिदिन हुन अनुरोध गरेका छन् ।
  •     महासंघका अध्यक्ष श्रवणकुमार देव, सचिव रामनारायण विश्वासले संयुक्त रुपमा बुझाएका पत्रमा लेखिएको छ ‘सप्तरीमा नामै नसुनेका मिडियाहरुको परिचय पत्र बोकेर पत्रकार आचारसंहिता विपरित काम गरिरहेका छन् त्यस्ता ब्यक्तिले एकातर्फ निष्पक्ष पत्रकारिताको बदनामी गरिरहेका छन् भने सवारीसाधनमा पनि ‘प्रेस’ शब्द लेखेर पत्रकारिताको दुरुपयोग गरिरहेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ४ साउन । 
    नेपाल पत्रकार महासंघ सप्तरीले अनाधिकृत रुपमा सबारीसाधनमा प्रेस लेखेर चलाउने क्रम बढेपछि यसलाई नियन्त्रण गर्ने प्रयास थालेको छ ।
    महासंघले यसलाई नियन्त्रणका लागि सहयोग गरिदिन जिल्ला प्रशासन कार्यालय सप्तरीसँग आग्रह समेत गरेको छ ।
    प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई बुधबार एक पत्र बुझाउँदै महासंघका पदाधिकारीले प्रेस लेखिएको सवारीसाधनको जुनसुकै व्यक्ति प्रयोग गरिरहेपनि अनिवार्य नियम बमोजिम चेकजाँच गरी सहयोग गरिदिन हुन अनुरोध गरेका छन् ।
    महासंघका अध्यक्ष श्रवणकुमार देव, सचिव रामनारायण विश्वासले संयुक्त रुपमा बुझाएका पत्रमा लेखिएको छ ‘सप्तरीमा नामै नसुनेका मिडियाहरुको परिचय पत्र बोकेर पत्रकार आचारसंहिता विपरित काम गरिरहेका छन् त्यस्ता ब्यक्तिले एकातर्फ निष्पक्ष पत्रकारिताको बदनामी गरिरहेका छन् भने सवारीसाधनमा पनि ‘प्रेस’ शब्द लेखेर पत्रकारिताको दुरुपयोग गरिरहेका छन् ।’
    सोही पत्रमा अनुगमनको क्रममा आवश्यक परेको अवस्थामा महासंघका अध्यक्ष र सचिवसँग सम्पर्क र समन्वय गरिदिन भनिएको छ ।
    पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले यस कार्यका लागि सहयोग गर्ने बताउँदै अब प्रहरीले प्रेस लेखिएको सबारीसाधनप्रति ध्यान दिने उल्लेख गरे । 
    पत्र बुझाउने क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेको पनि उपस्थिति रहेको थियो । उनले यो कार्यका लागि प्रहरी तयार रहेको बताए ।
    महासंघले मोटरसाइकल या अन्य सबारीसाधनमा प्रेस लेखेर नचलाउन पनि पत्रकार बाहेक अन्य व्यक्तिसँग आग्रह समेत गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी