दैनिक समाचारदाता
राजविराज, १७ साउन ।
भारत विहार राज्यको राजधानी पटनामा आयोजित अन्तराष्ट्रिय क्षत्रीय विरांगना महासभामा अधिकार तथा महिला सशसक्तिकरण क्षेत्रमा योगदान पु¥याए वापत नेपाली अधिकारकर्मी एवं साहित्यकर्मी आभा सेतु सिंह सम्मानित भएकी छिन ।
राजविराज ९ निवासी ३८ वर्षिया सिंह राष्ट्रिय मधेशी आयोगकी सदस्य समेत हुन । अन्तराष्ट्रिय क्षत्रीय विरांगना फाउण्डेशनद्वारा विहीवार आयोजित ८ औ महासभा एवं अन्तराष्ट्रिय विरांगना सम्मान समारोहमा सिंहलाई “रानी पद्यावती शौर्य सम्मान २०२४”बाट सम्मानित गरिएको हो ।
पद्यावती शौर्य सम्मानबाट सम्मानित हुने सिंह पहिलो नेपाली महिला हुन । फाउण्डेशनका संस्थापक एवं सहमुख्य संरक्षक डा.एमएस सिंहले आभा सेतु सिंहलाई उक्त पुरस्कारबाट सम्मानित गरे । ंिसंहलाई पुरस्कारमा प्रतिक चिन्ह र सम्मानपत्र प्रदान गरिएको छ ।
महिला अधिकार तथा सशक्तीकरण क्षेत्रमा लामो समय देखी क्रियाशिल सिंह नेपाली, मैथिली र हिन्दी भाषा साहित्यमा समेत कलम चलाउदै आएकी छिन । फाउण्डेशनले मानव अधिकार, शान्ति, महिला सशक्तीकरण, भाषा साहित्य र संस्कृतको उत्थान लगायतका क्षेत्रमा योगदान गर्ने व्यक्तीत्वहरुको चयन गरी विगत ८ वर्ष देखि आफ्नो वार्षिक महासभाको अवसर पारेर सम्मान समारोहको आयोजना गर्दै आएको छ । कार्यक्रममा उनी सहित ९ जनालाई उक्त पुरस्कारबाट सम्मानित गरिएको छ ।
मधेशी आयोगकी सदस्य सिंहलाई भारतीय पुरस्कार
सारांश
- राजविराज ९ निवासी ३८ वर्षिया सिंह राष्ट्रिय मधेशी आयोगकी सदस्य समेत हुन ।
- अन्तराष्ट्रिय क्षत्रीय विरांगना फाउण्डेशनद्वारा विहीवार आयोजित ८ औ महासभा एवं अन्तराष्ट्रिय विरांगना सम्मान समारोहमा सिंहलाई “रानी पद्यावती शौर्य सम्मान २०२४”बाट सम्मानित गरिएको हो ।
- पद्यावती शौर्य सम्मानबाट सम्मानित हुने सिंह पहिलो नेपाली महिला हुन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया