सप्तरीको महादेवा गाउँपालिका १ चिम्टिका अग्निपीडितहरुलाई प्रदेश सरकारले घर बनाउने गरेको प्रतिबद्धता अझै पुरा हुन सकेको छैन् । गत बैशाख १८ गते भिषण आगलागि हुँदा त्यहा ६८ घर जलेर नष्ट भएको थियो । जसकारण उनीहरु घरबारबिहीन अवस्था अझै रहेका छन् । प्रदेशका मुख्यमन्त्री आफै स्थलगत निरिक्षण गरेर सबै अग्निपीडितलाई प्रदेश सरकारले नै घर बनाइदिने प्रतिबद्धता जनाएका थिए । प्रतिबद्धता जनाएको एक महिना बढी समय भइसक्यो तर घर निर्माणको कुनै सुरसार छैन् ।
प्रदेश सरकारले यसरी जनतासामु आफैले गरेको प्रतिबद्धता एउटा चुनावी प्रतिबद्धता जस्तै भएको छ । विगत एक महिनादेखी पीडितहरु जसोतसो गरेर हावाहुरी, चर्को घाम तथा वर्षाको समयमा दिन काट्न बाध्य छन् । विभिन्न संघसंस्थाले उनीहरुका लागि खाद्यान्न, विभिन्न घरासयी सामान, त्रिपाल लगायतका बस्तु जोहो गरेकै कारण अहिले उनीहरु थोरै भएपनि बस्ने लायकको स्थान बनाएका छन् । यस्तै खानपानी तथा शौचालय समेत एक गैससले मर्मत सम्भार गरेर सामाजिक उत्तरदायित्व बहन गरेको छ । अहिले पनि उनीहरुको सहयोगका लागि सहयोगि हातहरु बढ्दै गएका छन् । उनीहरु त्रिपाल र बासको मद्दतले अस्थायी रुपमा घर निर्माण गरेर जसोतसो गुजारा चलाइरहेका छन् ।
प्रदेशका मुख्यमन्त्री आफैले गरेको प्रतिबद्धता कार्यान्वयन नहुनाले जनता सरकारबिहीन भएका छन् । यता स्थानीय पालिका समेतले घर निर्माणका लागि कुनै पहल गरेको देखिदैन । तसर्थ प्रदेश सरकारले उनीहरुसमक्ष गरेको प्रतिबद्धता पुरा गरेर जनतासमक्ष आफ्नो उपस्थिति रहेको महसुस गराउन आवश्यक छ । अनिमात्र जनताले सरकारको अनुभुती महसुस गर्न सक्छन् । होइन भने यो पनि एउटा परम्परागत राजनीतिक स्टन्ट मात्र हो भन्ने बुझ्ने कुरामा दुईमत नहोला ।
अग्निपीडितसँग गरिएको प्रतिबद्धता कहिले पुरा हुने !
सारांश
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया