श्रृंखलावद्ध रुपमा तीन जनाको हत्या गरि फरार अपराधी सात वर्षपछि पक्राउ

राजविराज राजविराज
|
बिहिबार, मंसिर २३, २०७८
|
|
४७ पटक हेरिएको
Shares
श्रृंखलावद्ध रुपमा तीन जनाको हत्या गरि फरार अपराधी सात वर्षपछि पक्राउ

सारांश

  •     साविक सप्तरीको पटेर्वा गाविस हाल सुरुङ्गा नगरपालिका १० थलहा बस्ने ६० वर्षिय गुलजार मियाँलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
  •       छिमेकी जिल्ला सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका १ स्थित महेश्वरी टोलको एक घरमा लुकिछिपी बसेको अवस्थामा मंगलबार साँझ उनलाई पक्राउ गरि प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।
  •       पक्राउ परेका मियाँले २०७२ बैशाख २७ गते सप्तरीको साविक जण्डौल गाविस ८ हाल अग्निसाइर कृष्णासवरण गाउँपालिका २ निवासी २४ वर्षिया दुलारीदेवी साह र २०६९ असोज १० गते साविक कल्याणपुर गाविस ८ हाल खडक नगरपालिका ३ बस्ने सहबुद मियाँ र उनका बुहारी सागिरा खातुनको हत्या गरेको प्रहरीको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
    सात वर्ष अघि श्रृंखलाबद्ध रुपमा तीन जनाको हत्या गरि फरार रहेका एक कुख्यात अपराधीलाई सप्तरी प्रहरीले मंगलबार पक्राउ गर्न सफल भएको छ ।
    साविक सप्तरीको पटेर्वा गाविस हाल सुरुङ्गा नगरपालिका १० थलहा बस्ने ६० वर्षिय गुलजार मियाँलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । 
    छिमेकी जिल्ला सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका १ स्थित महेश्वरी टोलको एक घरमा लुकिछिपी बसेको अवस्थामा मंगलबार साँझ उनलाई पक्राउ गरि प्रहरीले बुधबार सार्वजनिक गरेको हो । 
    पक्राउ परेका मियाँले २०७२ बैशाख २७ गते सप्तरीको साविक जण्डौल गाविस ८ हाल अग्निसाइर कृष्णासवरण गाउँपालिका २ निवासी २४ वर्षिया दुलारीदेवी साह र २०६९ असोज १० गते साविक कल्याणपुर गाविस ८ हाल खडक नगरपालिका ३ बस्ने सहबुद मियाँ र उनका बुहारी सागिरा खातुनको हत्या गरेको प्रहरीको भनाई छ । तीनै जनाको शव गाडिएको स्थानबाट कंकालको रुपमा प्रहरीले बरामद गरेको थियो ।
    घटना लगत्तै फरार भएका उनी हाल छिमेकी गाउँमा लुकिछिपि बस्दै आएको गोप्य सूचना आएपछि प्रहरीले घेरा हाली पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । हत्याका दुबै छुट्टाछुट्टै घटना पैसाका लागि गरिएको अनुसन्धानका क्रममा खुलेको छ । 
    प्रहरीका अनुसार अग्निसाइर कृष्णासवरण गाउँपालिका निवासी दुलारीका पति धिरेन्द्र कर्तव्य ज्यान मुद्दाका आरोपित रही पूर्पक्षका लागि राजविराज कारागारमा रहेको बेला उनलाई कारागारबाट छुटाइदिने भन्दै गुलजारले दुलारीसँग ६ लाख मागेका थिए । दुलारीले जग्गा बिक्रि गरि ६ लाख गुलजारलाई दिएपनि गुलजारले दुलारीको हत्या गरि कुलोमा गाडेको अनुसन्धानको क्रममा पत्ता लागेको थियो । उक्त घटनाको केही दिनपछि दुलारीको कंकाल प्रहरीले सोही स्थानबाट फेला पारेको थियो । 
    त्यस्तै सोही प्रकृतिको घटना पटेर्वा गाविसमा पनि भएको थियो । त्यहाका मो. आलम भन्ने व्यक्ति कर्तव्य ज्यान मुद्दामा पूर्पक्षका लागि राजविराज कारागारमा बन्दी जिवन बिताइरहेका थिए । उनलाई पनि छुट्याइदिन्छु भन्दै गुलजारले ३ लाख रुँपैया उनका बुबा सहबुदसँग मागेका थिए । गुलजारको भ्रममा परी सहबुद र बुहारी सगिरा ३ लाख रुँपैया लिएर जाँदा उनको पनि रकम लुटेर हत्या गरिएको थियो । 
    यता पक्राउ परेका गुलजार छिमेकी जिल्ला सुनसरीको इनरुवामा सात वर्ष अघि भएको एक सामुहिक हत्या काण्डमा समेत सामेल भएको प्रहरीले आशंका गरेको छ ।    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु