दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रिय उपाध्यक्ष चन्द्रकान्त चौधरीसहित विभिन्न पार्टीका नेता राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका निवासी पूर्वसांसद तथा पूर्वराज्य मन्त्रीसमेत रहेका चौधरीले बिहीबार पार्टीको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएको उनीद्वारा जारि विज्ञप्तिमा जनाइएको छ ।
उक्त पार्टी परित्याग गरे लगत्तै बिहीबार नै उनी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् ।
बिहीबार नै नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता एवं ललितपुरबाट निर्वाचित संविधान सदस्य योगेन्द्र घिसिङ, सोही पार्टीका बागमती प्रदेश समितिका अध्यक्ष दलबहादुर तामाङ र केन्द्रिय सचिवालय सदस्य ओमप्रकाश चौधरी पनि राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् ।
यस्तै जनजाती कल्याण आश्रम नेपालका केन्द्रिय महासचिव प्रेम प्रसाद राई लगायतका नेतासहित सयौंको संख्यामा विभिन्न पार्टीका अगुवा कार्यकर्ता राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेको अध्यक्ष राजेन्द्र महतोले एक प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।
लोसपाका केन्द्रिय उपाध्यक्ष चौधरीसहित विभिन्न पार्टीका नेता राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश
सारांश
- सप्तरीको डाक्नेश्वरी नगरपालिका निवासी पूर्वसांसद तथा पूर्वराज्य मन्त्रीसमेत रहेका चौधरीले बिहीबार पार्टीको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएको उनीद्वारा जारि विज्ञप्तिमा जनाइएको छ ।
- उक्त पार्टी परित्याग गरे लगत्तै बिहीबार नै उनी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् ।
- बिहीबार नै नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता एवं ललितपुरबाट निर्वाचित संविधान सदस्य योगेन्द्र घिसिङ, सोही पार्टीका बागमती प्रदेश समितिका अध्यक्ष दलबहादुर तामाङ र केन्द्रिय सचिवालय सदस्य ओमप्रकाश चौधरी पनि राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया