उपचार खर्च तिर्न नसक्दा शव तीन दिनदेखी अस्पतालमै

राजविराज राजविराज
|
बिहिबार, बैशाख २१, २०८०
|
|
६६ पटक हेरिएको
Shares
उपचार खर्च तिर्न नसक्दा शव तीन दिनदेखी अस्पतालमै

सारांश

  •     उपचार कै क्रममा तीन दिन अघि मृत्यु भएको उनको शव औषधी र उपचार वापत लागेको सम्पुर्ण खर्च तिर्न नसकेपछी विराटनगरस्थित न्यूरो अस्पताल रहेको मृतककी श्रीमती मालती देवी सदाले बताएकी छिन् ।
  •       अत्यन्त विपन्न परिवारका सदा मस्तिष्कघात भई गत चैत्र २७ गते सो अस्पतालमा उपचारका लागी भर्ना गरिएकोमा उपचार कै क्रममा बैशाख १९ गते मृत्यु भएको थियो ।
  •       मृतकका भतिजा अभिषेकले अस्पतालले काकाको उपचार वापतको बाँकी वक्यौता सम्पुर्ण रकम  नबुझाएका कारण शव लिएर जान नदिएको बताए ।

दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।  
 
    सिरहाको मिर्चैया नगरपालिका ५ का ३६ वर्षिय बिरेन्द्र सदाको शव औषधी र उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखी अस्पतालमै रहेको छ । 
    उपचार कै क्रममा तीन दिन अघि मृत्यु भएको उनको शव औषधी र उपचार वापत लागेको सम्पुर्ण खर्च तिर्न नसकेपछी विराटनगरस्थित न्यूरो अस्पताल रहेको मृतककी श्रीमती मालती देवी सदाले बताएकी छिन् । 
    अत्यन्त विपन्न परिवारका सदा मस्तिष्कघात भई गत चैत्र २७ गते सो अस्पतालमा उपचारका लागी भर्ना गरिएकोमा उपचार कै क्रममा बैशाख १९ गते मृत्यु भएको थियो । 
    मृतकका भतिजा अभिषेकले अस्पतालले काकाको उपचार वापतको बाँकी वक्यौता सम्पुर्ण रकम  नबुझाएका कारण शव लिएर जान नदिएको बताए । 
    परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचार र औषधी वापतको बाँकी रकम तिर्न सक्ने अवस्था नरहेको उनले बताए । मृतकका आफन्तले अस्पतालमा जग्गा बेचर २ लाख रुपैया बुझाएका छन । 
    लामो समय भेन्टीलेटर तथा आइसियुमा राखिएकोले औषधी र उपचार खर्च लम्बिएको भन्दै अस्पतालले थप तीन लाख रकम माग्ने गरेको सदाकी श्रीमती मालतीले बताईन । उनले भएको जग्गा पनि बेची सकेकोले अब कसैले ऋण पनि दिन नमानेको तथा अस्पतालले पुरा पैसा नपाएसम्म शव दिन नसकिने भन्दै फर्काइ दिएको बताए । 
    मृतकका छोरा अंकितले औषधी वापत आइएन फार्मेसीको ३ लाख तथा उपचार वापत अस्पताललाई ३ लाख तिर्न बाँकी रहेको बताए । अस्पतालले उपचार खर्च वापत ३ लाख भन्दा बढी रुपैया बाँकी रहेको जनाएको छ । 
    अस्पतालका प्रशासन अधिकृत मातृका पोखरेलले औषधी बाहेक उपचार खर्च मै ३ लाख ३५ हजार बाकी रहेको बताए । उनले बाकी सम्पुर्ण रकम नभएपनि अस्पताललाई पनि समस्या नहुने गरी आफन्तले मानासिव रकम बुझाए शव दिन तयार रहेको बताएका छन् । 
    शव ल्याउन र अस्पताललाई खर्च वापतको बाकी रकम जुटाउन अहिले स्थानीय समाजसेवी पंचु माझी मुसहरले सहयोग संकलन अभियान सुरु गरेका छन । उनले तीन दिन यता सूरु गरेको प्रयासमा विहिवार सम्म ४८ हजार ५ सय रुपैया सहयोग संकलन भएको बताए । उनले सहयोग संकलन अभियान सिरहा र सप्तरीमा चलाइएको जानकारी पनि दिए । अन्य जिल्लाबाट समेत सहयोगको आश्वासन आईरहेको उनले जनाएका छन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा ६३ जनाद्वारा आत्महत्या
सप्तरीमा ६३ जनाद्वारा आत्महत्या
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
टिपरको ठक्करबाट विद्युत कर्मचारीको मृत्यु, पाँच जना घाईते
टिपरको ठक्करबाट विद्युत कर्मचारीको मृत्यु, पाँच जना घाईते
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
होली महोत्सवको आयोजना, एक दर्जन भन्दा बढी सम्मानित
होली महोत्सवको आयोजना, एक दर्जन भन्दा बढी सम्मानित
पालिकाद्वारा किसानहरुका लागि सिंचाईका निम्ति छुट्टै ट्रान्सफर्मरसहित मास्टर मिटर जडान
पालिकाद्वारा किसानहरुका लागि सिंचाईका निम्ति छुट्टै ट्रान्सफर्मरसहित मास्टर मिटर जडान
प्रेम विवाह गरेर अलपत्र परेकी युवती न्यायका लागि गुहार्दै
प्रेम विवाह गरेर अलपत्र परेकी युवती न्यायका लागि गुहार्दै
सप्तरी प्रिमियर लिग सिजन–२ असारमा हुने  
सप्तरी प्रिमियर लिग सिजन–२ असारमा हुने  
ह्याट्रिक लगाउने पहिलो नेता बने “तेजुलाल”
ह्याट्रिक लगाउने पहिलो नेता बने “तेजुलाल”
छिन्नमस्ता पूर्ण विद्यालय भर्ना गाउँपालिका घोषणा