वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी

राजविराज राजविराज
|
मंगलबार, जेठ १३, २०८२
|
|
१३६ पटक हेरिएको
Shares
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी

सारांश

  •     मंगलवार जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका प्रदेश साँसद महेश प्रसाद यादवले राजविराज कारागार पछाडी रहेको उक्त टोलमा नालासहित आरसीसी ढलान सडकको शिलान्यास गरे संगै सयौं परिवारको वर्षाै देखीको समस्या समाधान हुने भएको छ ।
  •       उनकै पहलमा भौतिक पुर्वाधार विकास मन्त्रालय मधेश प्रदेशबाट ३५ लाख रुपैया बजेट उपलब्ध भएपछी मंगलवार देखी नै निर्माण कार्य समेत शूरु भएको छ ।
  • सडक, नाला निर्माण स्थल उनको निर्वाचन क्षेत्रमा समेत पर्दछ ।

दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।

    राजविराज वडा नं. ६ स्थित कारागार टोलका वासिन्दाहरुमा अहिले खुशियालीको माहोल बनेको छ । वर्षाैको प्रतिक्षापछी घर अगाडी नाला सहित पक्की सडक बन्ने भएपछी उनीहरु खुशी भएका छन् ।
    मंगलवार जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका प्रदेश साँसद महेश प्रसाद यादवले राजविराज कारागार पछाडी रहेको उक्त टोलमा नालासहित आरसीसी ढलान सडकको शिलान्यास गरे संगै सयौं परिवारको वर्षाै देखीको समस्या समाधान हुने भएको छ । 
    उनकै पहलमा भौतिक पुर्वाधार विकास मन्त्रालय मधेश प्रदेशबाट ३५ लाख रुपैया बजेट उपलब्ध भएपछी मंगलवार देखी नै निर्माण कार्य समेत शूरु भएको छ । सडक, नाला निर्माण स्थल उनको निर्वाचन क्षेत्रमा समेत पर्दछ ।
    शिलान्यास समारोहमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै साँसद यादवले प्राप्त बजेटबाट पहिलो चरणमा उक्त वस्तीको अरबिन्द राउतको घरदेखी प्रभा मण्डल र महेन्द्र राउतको घर देखी अरविन्द राउतको घर सम्म नाला र सडक निर्माण कार्य सम्पन्न गरिने जानकारी दिए । उक्त वस्तीमा अधिकाँश दलित समुदायको वसोवास रहेको छ ।    
    मंगलबारै संसदीय दलका नेता यादव र अर्का प्रदेश सांसद शम्भु साहले जिल्लाको राजगढ गाउँपालिका ५ धोनकी टोलस्थित कसहा नदी नियन्त्रण कार्यालयको संयुक्त रुपमा शिलान्यास समेत गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?