वर्षायाममा हिलै हिलो र सुख्खायाममा धुलै धुलो 

राजविराज राजविराज
|
बिहिबार, चैत्र २१, २०८१
|
|
३७ पटक हेरिएको
Shares
वर्षायाममा हिलै हिलो र सुख्खायाममा धुलै धुलो 

सारांश

  •     कछुवा तालमा निर्माणाधिन हुलाकीमार्ग अन्तरगत उक्त मार्गबाट ओहोर दोहर गर्ने पैदल र साइकलयात्री तथा मोटरसाइकल यात्री समेत सास्ती भोग्न बाध्य छन ।
  •       निर्माण कम्पनीले एकातिर सुस्त गतीमा काम गरिरहेको र अर्कोतिर सडकमा पानी नहाल्दा धुलोले पुृरै सेतो बन्नु परेको स्थानीयवासी राजेश चौधरीले गुनासो गरे ।
  •       अर्का स्थानीयवासी लाल दासले सवारी र हावाले उडाउने धुलोले दिउँसै बाटो देख्न कठिन हुने गरेको सुनाए ।

दैनिक समाचारदाता
राजविराज, २१ चैत ।

    राजविराज–कंचनपुर सडकमा गुड्ने टिपर, ट्रक, वस, अटो, मोटरसाइकल लगायतका सवारीसंगै हावाले उडाउने धुलोले आसपासका वासिन्दा समस्यामा परेका छन । 
    कछुवा तालमा निर्माणाधिन हुलाकीमार्ग अन्तरगत उक्त मार्गबाट ओहोर दोहर गर्ने पैदल र साइकलयात्री तथा मोटरसाइकल यात्री समेत सास्ती भोग्न बाध्य छन । 
    निर्माण कम्पनीले एकातिर सुस्त गतीमा काम गरिरहेको र अर्कोतिर सडकमा पानी नहाल्दा धुलोले पुृरै सेतो बन्नु परेको स्थानीयवासी राजेश चौधरीले गुनासो गरे । 
    अर्का स्थानीयवासी लाल दासले सवारी र हावाले उडाउने धुलोले दिउँसै बाटो देख्न कठिन हुने गरेको सुनाए । सडकमा निस्कने वित्तिकै गाडीले उडाउने धुलोले सास फेर्न पनि मुृस्किल पर्छ, अर्का स्थानीयवासी चन्दन साहले भने– “धुलो उडेको समयमा आँखा पनि देखिदैन ।”
    उक्त मार्गमा ५ वटा विद्यालय पर्ने गरेको राजविराज ३ का मो.अनवरले सुनाए । “सडक बन्नु राम्रो कुरा हो, तर एकातिर कछुवाको गतिमा काम गर्ने र अर्काे तिर सडकमा पानी न छर्केर सडक निर्माणको नाममा मान्छे मार्ने, विरामी पार्ने गरी काम गर्नु हुदैन, उनले थपे–निर्माण कम्पनीलाई समय मै काम सम्पन्न गर्न र सर्वसाधारणलाई धुलोबाट जोगाउन सम्बन्धित निकायले तुरुन्त पहल गर्नू जरुरी छ ।”
    उक्त सडक निर्माणको ठेक्का शर्मा–वज्रगुरु–लोहनी जेभी कन्स्ट्रक्सनले पाएको छ । तर विभिन्न बाहानामा निर्माण कम्पनीले समय मै निर्माण कार्य सम्पन्न गर्न सकेको छैन । धुृलोले विषेश गरी उक्त मार्गको दाँया बाया वसोवास गर्ने र ओहोर दोहोर गर्ने सर्वसाधारण सबै भन्दा बढी मारमा परेका छन । वर्षायाममा हिलै हिलो र सख्खायाममा धुलै धुलोबाट आजित बनिरहदा समेत समस्या समाधान गर्न सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयवासीको गुनासो छ ।
    निर्माण भइरहेको उक्त सडकको २०७९ साल देखी निर्माण कार्य सूरु गरिएको थियो । तर निर्माण कार्यले गति लिन नसक्दा वर्षायाममा हिलो र सुख्खायाममा धुलोको समस्या खेप्न बाध्य भएको स्थानीयको गुनासो छ । संघिय सरकारको वजेटबाट सडक डिभिजन कार्यालयले गरेको टेण्डर प्रकृयामा उक्त निर्माण कम्पनीलाई ठेक्का परेको बताइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागीले आधा दर्जन घर नष्ट,  १७ लाख भन्दा बढीको क्षति
आगलागीले आधा दर्जन घर नष्ट,  १७ लाख भन्दा बढीको क्षति
विपतमा परेकालाई सहयोग गर्दैै ईं यादव
विपतमा परेकालाई सहयोग गर्दैै ईं यादव
झाको निधनले काँग्रेस स्तब्ध
झाको निधनले काँग्रेस स्तब्ध
धर्तीपुत्र रोईरहेको छ,  उत्पादित धनको मुल्य निर्धारण भएन
सवारी ज्यान र धरौटी तिर्न नसक्दा चोरी मुद्दाका प्रतिवादी कारागार चलान    
सवारी ज्यान र धरौटी तिर्न नसक्दा चोरी मुद्दाका प्रतिवादी कारागार चलान    
राजनैतिक परिवर्तनमा गैर सहकारी संस्थाहरुको  महत्वपूर्ण भूमिका छ ः मन्त्री साह
राजनैतिक परिवर्तनमा गैर सहकारी संस्थाहरुको महत्वपूर्ण भूमिका छ ः मन्त्री साह
लकडाउनको सदुपयोग गर्दै यूवाहरुले श्रमदानबाट बनाए सडक
लकडाउनको सदुपयोग गर्दै यूवाहरुले श्रमदानबाट बनाए सडक
सप्तरीमा ८५ प्रतिशत धान रोपाई, बाढीका कारण ३ हजार २ सय हेक्टर जमिन डुवानमा
सप्तरीमा ८५ प्रतिशत धान रोपाई, बाढीका कारण ३ हजार २ सय हेक्टर जमिन डुवानमा
निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्रिदेखी सेवनसम्ममा निषेध
निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्रिदेखी सेवनसम्ममा निषेध
राजपा र फोरम एकीकरणको अपरिहार्यता