वर्षायाममा हिलै हिलो र सुख्खायाममा धुलै धुलो 

राजविराज राजविराज
|
बिहिबार, चैत्र २१, २०८१
|
|
६२ पटक हेरिएको
Shares
वर्षायाममा हिलै हिलो र सुख्खायाममा धुलै धुलो 

सारांश

  •     कछुवा तालमा निर्माणाधिन हुलाकीमार्ग अन्तरगत उक्त मार्गबाट ओहोर दोहर गर्ने पैदल र साइकलयात्री तथा मोटरसाइकल यात्री समेत सास्ती भोग्न बाध्य छन ।
  •       निर्माण कम्पनीले एकातिर सुस्त गतीमा काम गरिरहेको र अर्कोतिर सडकमा पानी नहाल्दा धुलोले पुृरै सेतो बन्नु परेको स्थानीयवासी राजेश चौधरीले गुनासो गरे ।
  •       अर्का स्थानीयवासी लाल दासले सवारी र हावाले उडाउने धुलोले दिउँसै बाटो देख्न कठिन हुने गरेको सुनाए ।

दैनिक समाचारदाता
राजविराज, २१ चैत ।

    राजविराज–कंचनपुर सडकमा गुड्ने टिपर, ट्रक, वस, अटो, मोटरसाइकल लगायतका सवारीसंगै हावाले उडाउने धुलोले आसपासका वासिन्दा समस्यामा परेका छन । 
    कछुवा तालमा निर्माणाधिन हुलाकीमार्ग अन्तरगत उक्त मार्गबाट ओहोर दोहर गर्ने पैदल र साइकलयात्री तथा मोटरसाइकल यात्री समेत सास्ती भोग्न बाध्य छन । 
    निर्माण कम्पनीले एकातिर सुस्त गतीमा काम गरिरहेको र अर्कोतिर सडकमा पानी नहाल्दा धुलोले पुृरै सेतो बन्नु परेको स्थानीयवासी राजेश चौधरीले गुनासो गरे । 
    अर्का स्थानीयवासी लाल दासले सवारी र हावाले उडाउने धुलोले दिउँसै बाटो देख्न कठिन हुने गरेको सुनाए । सडकमा निस्कने वित्तिकै गाडीले उडाउने धुलोले सास फेर्न पनि मुृस्किल पर्छ, अर्का स्थानीयवासी चन्दन साहले भने– “धुलो उडेको समयमा आँखा पनि देखिदैन ।”
    उक्त मार्गमा ५ वटा विद्यालय पर्ने गरेको राजविराज ३ का मो.अनवरले सुनाए । “सडक बन्नु राम्रो कुरा हो, तर एकातिर कछुवाको गतिमा काम गर्ने र अर्काे तिर सडकमा पानी न छर्केर सडक निर्माणको नाममा मान्छे मार्ने, विरामी पार्ने गरी काम गर्नु हुदैन, उनले थपे–निर्माण कम्पनीलाई समय मै काम सम्पन्न गर्न र सर्वसाधारणलाई धुलोबाट जोगाउन सम्बन्धित निकायले तुरुन्त पहल गर्नू जरुरी छ ।”
    उक्त सडक निर्माणको ठेक्का शर्मा–वज्रगुरु–लोहनी जेभी कन्स्ट्रक्सनले पाएको छ । तर विभिन्न बाहानामा निर्माण कम्पनीले समय मै निर्माण कार्य सम्पन्न गर्न सकेको छैन । धुृलोले विषेश गरी उक्त मार्गको दाँया बाया वसोवास गर्ने र ओहोर दोहोर गर्ने सर्वसाधारण सबै भन्दा बढी मारमा परेका छन । वर्षायाममा हिलै हिलो र सख्खायाममा धुलै धुलोबाट आजित बनिरहदा समेत समस्या समाधान गर्न सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयवासीको गुनासो छ ।
    निर्माण भइरहेको उक्त सडकको २०७९ साल देखी निर्माण कार्य सूरु गरिएको थियो । तर निर्माण कार्यले गति लिन नसक्दा वर्षायाममा हिलो र सुख्खायाममा धुलोको समस्या खेप्न बाध्य भएको स्थानीयको गुनासो छ । संघिय सरकारको वजेटबाट सडक डिभिजन कार्यालयले गरेको टेण्डर प्रकृयामा उक्त निर्माण कम्पनीलाई ठेक्का परेको बताइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलालाई सचेतनामुलक कक्षा संचालन  तथा कृषि उपज सामग्री प्रदान 
महिलालाई सचेतनामुलक कक्षा संचालन  तथा कृषि उपज सामग्री प्रदान 
पूर्व राजा ज्ञानेन्द्र शाह सप्तरी आउने पक्का
महामारी नियन्त्रण तथा रोकथामका लागि किटनाशक औषधी छर्किदै
महामारी नियन्त्रण तथा रोकथामका लागि किटनाशक औषधी छर्किदै
बहुविवाहका फरार प्रतिवादी पक्राउपछि जेल चलान
बहुविवाहका फरार प्रतिवादी पक्राउपछि जेल चलान
पत्रकार महासंघका पूर्वसभापति यादवलाई मातृशोक
पत्रकार महासंघका पूर्वसभापति यादवलाई मातृशोक
जनमत पार्टीले किन लियो समर्थन फिर्ता ! 
जनमत पार्टीले किन लियो समर्थन फिर्ता ! 
सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी
सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी
जिल्ला समन्वय समितिको प्रमुखमा  काँग्रेसबाट दुईसहित तीनको उम्मेदवारी, दुई गठबन्धनको प्यानलसहित मनोनयन दर्ता
जिल्ला समन्वय समितिको प्रमुखमा  काँग्रेसबाट दुईसहित तीनको उम्मेदवारी, दुई गठबन्धनको प्यानलसहित मनोनयन दर्ता
पोखरीमा हामफालेर एक व्यक्तिको मृत्यु
पोखरीमा हामफालेर एक व्यक्तिको मृत्यु
खेलाडी उत्पादन गरि विभिन्न प्रतियोगिता सहभागी गराउने लक्ष्य
खेलाडी उत्पादन गरि विभिन्न प्रतियोगिता सहभागी गराउने लक्ष्य