दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
राजविराज नगरपालिका वडा नं. ७ को कार्यालय बिहीबार आफ्नै भवनमा सरेको छ । ४० लाखको लागतमा निर्माण गरिएको ५ कोठे सुविधा सम्पन्न वडा कार्यालयको नगरप्रमुख शम्भुप्रसाद यादवले उद्घाटन गरेका छन् ।
सभा कक्षसहितको ५ कोठे भवनको वडा कार्यालय संचालनले सेवाग्राहीहरुलाई सहज र सरल ढंगले सेवा प्रदान हुने बताउँदै नगरप्रमुख यादवले अनावश्यक खर्च घटाउनका लागि सबै वडा कार्यालयहरुका लागि क्रमिक रुपमा आफ्नै भवन निर्माण गरिदै लगिने नीति बनाइएको जानकारी समेत दिए ।
वडा अध्यक्ष माँगिलाल नाईको अध्यक्षतामा आयोजित समारोहमा उपप्रमुख साधना झा, प्रमुख प्रसाकीय अधिकृत मदनबहादुर थापा, वरिष्ठ पत्रकार शिवहरि भट्टराई, नागरिक समाजका अध्यक्ष थानसिंह भंसालीलगायतले पनि शुभकामना दिँदै नवनिर्मित कार्यालय भवनबाट वडावासीले सहज र सरल ढंगलबाट सेवाप्राप्त गर्ने विश्वास व्यक्त गरे ।
१६ वटा वडा रहेको राजविराज नगरपालिकामा तीन वटा वडा कार्यालयको आफ्नै भवन निर्माण सम्पन्न भई संचालनमा आइसकेको छ भने चार वटाको निर्माण कार्य सम्पन्न भई छिट्टै संचालनमा आउने तयारी छ ।
भाडामा रहेको वडा कार्यालय आफ्नै भवन
सारांश
- सभा कक्षसहितको ५ कोठे भवनको वडा कार्यालय संचालनले सेवाग्राहीहरुलाई सहज र सरल ढंगले सेवा प्रदान हुने बताउँदै नगरप्रमुख यादवले अनावश्यक खर्च घटाउनका लागि सबै वडा कार्यालयहरुका लागि क्रमिक रुपमा आफ्नै भवन निर्माण गरिदै लगिने नीति बनाइएको जानकारी समेत दिए ।
- वडा अध्यक्ष माँगिलाल नाईको अध्यक्षतामा आयोजित समारोहमा उपप्रमुख साधना झा, प्रमुख प्रसाकीय अधिकृत मदनबहादुर थापा, वरिष्ठ पत्रकार शिवहरि भट्टराई, नागरिक समाजका अध्यक्ष थानसिंह भंसालीलगायतले पनि शुभकामना दिँदै नवनिर्मित कार्यालय भवनबाट वडावासीले सहज र सरल ढंगलबाट सेवाप्राप्त गर्ने विश्वास व्यक्त गरे ।
- १६ वटा वडा रहेको राजविराज नगरपालिकामा तीन वटा वडा कार्यालयको आफ्नै भवन निर्माण सम्पन्न भई संचालनमा आइसकेको छ भने चार वटाको निर्माण कार्य सम्पन्न भई छिट्टै संचालनमा आउने तयारी छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया