दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
राजविराज नगरपालिका वडा नं. ७ को कार्यालय बिहीबार आफ्नै भवनमा सरेको छ । ४० लाखको लागतमा निर्माण गरिएको ५ कोठे सुविधा सम्पन्न वडा कार्यालयको नगरप्रमुख शम्भुप्रसाद यादवले उद्घाटन गरेका छन् ।
सभा कक्षसहितको ५ कोठे भवनको वडा कार्यालय संचालनले सेवाग्राहीहरुलाई सहज र सरल ढंगले सेवा प्रदान हुने बताउँदै नगरप्रमुख यादवले अनावश्यक खर्च घटाउनका लागि सबै वडा कार्यालयहरुका लागि क्रमिक रुपमा आफ्नै भवन निर्माण गरिदै लगिने नीति बनाइएको जानकारी समेत दिए ।
वडा अध्यक्ष माँगिलाल नाईको अध्यक्षतामा आयोजित समारोहमा उपप्रमुख साधना झा, प्रमुख प्रसाकीय अधिकृत मदनबहादुर थापा, वरिष्ठ पत्रकार शिवहरि भट्टराई, नागरिक समाजका अध्यक्ष थानसिंह भंसालीलगायतले पनि शुभकामना दिँदै नवनिर्मित कार्यालय भवनबाट वडावासीले सहज र सरल ढंगलबाट सेवाप्राप्त गर्ने विश्वास व्यक्त गरे ।
१६ वटा वडा रहेको राजविराज नगरपालिकामा तीन वटा वडा कार्यालयको आफ्नै भवन निर्माण सम्पन्न भई संचालनमा आइसकेको छ भने चार वटाको निर्माण कार्य सम्पन्न भई छिट्टै संचालनमा आउने तयारी छ ।
भाडामा रहेको वडा कार्यालय आफ्नै भवन
सारांश
- सभा कक्षसहितको ५ कोठे भवनको वडा कार्यालय संचालनले सेवाग्राहीहरुलाई सहज र सरल ढंगले सेवा प्रदान हुने बताउँदै नगरप्रमुख यादवले अनावश्यक खर्च घटाउनका लागि सबै वडा कार्यालयहरुका लागि क्रमिक रुपमा आफ्नै भवन निर्माण गरिदै लगिने नीति बनाइएको जानकारी समेत दिए ।
- वडा अध्यक्ष माँगिलाल नाईको अध्यक्षतामा आयोजित समारोहमा उपप्रमुख साधना झा, प्रमुख प्रसाकीय अधिकृत मदनबहादुर थापा, वरिष्ठ पत्रकार शिवहरि भट्टराई, नागरिक समाजका अध्यक्ष थानसिंह भंसालीलगायतले पनि शुभकामना दिँदै नवनिर्मित कार्यालय भवनबाट वडावासीले सहज र सरल ढंगलबाट सेवाप्राप्त गर्ने विश्वास व्यक्त गरे ।
- १६ वटा वडा रहेको राजविराज नगरपालिकामा तीन वटा वडा कार्यालयको आफ्नै भवन निर्माण सम्पन्न भई संचालनमा आइसकेको छ भने चार वटाको निर्माण कार्य सम्पन्न भई छिट्टै संचालनमा आउने तयारी छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया