दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
. आन्दोलनमा उत्रेका राजविराजका महिला बाल शिक्षक तथा विद्यालय कर्मचारीहरुको धर्ना दोश्रो दिन पनि जारि रहेको छ ।
राजविराज नगरपालिका कार्यालय खुल्नासाथ उनीहरुले मुल गेट मै धर्ना बसे । सो धर्नाप्रति राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाले ऐक्यबद्धता जनाउँदै उनीहरुसँगै केही बेर बसेकी थिइन् ।
सरकारले बृद्धि गरेको तलब उपलब्ध नगराएको भन्दै आन्दोलनमा उत्रेका महिला बाल शिक्षकहरु धर्नामा वसेको दोश्रो चरणको अन्दोलन अन्तरगत दोश्रो दिन पुगेको छ । पहिलो चरणको आन्दोलनमा शुरुमा एक घण्टा धर्नामा वस्ने गरेका उनीहरुले समय बढाउदै दोश्रो चरणमा ५ घण्टा सम्म धर्नामा वस्न थालेका हुन ।
विद्यालयका बाल शिक्षक, बाल विकास सहयोगि र कर्मचारीको सरकारले तलब बृद्धि गरेपनि आफूहरुले नपाएको गुनासो गर्दै धर्नामा बसेको बताएका छन् ।
यसअघि ज्ञापन पत्र बुझाउने, पेन डाउन गर्ने, हातमा कालो पट्टी बाँधेर पठनपाठनमा सहभागि, सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम र धर्ना लगायत कार्यक्रम गरेकोमा कुनै सुनवाई नभएपछि धर्नाम वस्न थालेको उनीहरुको भनाई छ ।
नेपाल सरकारको २०७८ को बजेट अनुसार बृद्धि गरेको २ हजारसहित ८ हजार र स्थानिय सरकारबाट ७ हजार थप गरि १५ हजार दिने भनिएपनि आफूहरु पाउन नसकेको संघर्ष समितिकी सदस्य सचिव विभा झाको भनाई छ ।
महिला शिक्षक तथा कर्मचारीहरु तोकेको तलब नपाउदा धर्नालाई निरन्तरता
सारांश
- राजविराज नगरपालिका कार्यालय खुल्नासाथ उनीहरुले मुल गेट मै धर्ना बसे ।
- सो धर्नाप्रति राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाले ऐक्यबद्धता जनाउँदै उनीहरुसँगै केही बेर बसेकी थिइन् ।
- सरकारले बृद्धि गरेको तलब उपलब्ध नगराएको भन्दै आन्दोलनमा उत्रेका महिला बाल शिक्षकहरु धर्नामा वसेको दोश्रो चरणको अन्दोलन अन्तरगत दोश्रो दिन पुगेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया