दिगो विकासका लागि शिक्षा  अपरिहार्य : आयोग सदस्य ठाकुर

राजविराज राजविराज
|
शनिबार, चैत्र २१, २०७७
|
|
३९ पटक हेरिएको
Shares
दिगो विकासका लागि शिक्षा  अपरिहार्य : आयोग सदस्य ठाकुर

सारांश

  •     शिक्षा, बिज्ञान तथा बिज्ञान प्रबिधि मन्त्रालय तथा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय सिंहदरवार, काठमाडौंद्वारा आयोजित सार्वजनिक परिक्षण, सार्वजनिक सुनुवाई कार्यक्रममा यस्तो बताएकी हुन् ।
  •       गुणस्तरिय शिक्षालाई प्रबिधिसँग जोड्नका लागि प्राबिधिक बिद्यालय स्थापना गर्न युनेस्कोले सहयोग गर्न तयार रहेको बताउँदै उनले युनेस्कोले स्थानिय स्तरमा क्रियाकलाप गर्न स्थानिय निकायहरूसँग समन्वय गरेर अगाडी बढ्ने लक्ष्य रहेको जिकिर गरिन् ।
  •     युनेस्कोका प्रशिक्षक पदमराज जोशीले शिक्षा, बिज्ञान, संस्कृति, आमसंचार सहित बिद्यालय तथा सामुदायिक अध्ययन केन्द्र भवन निर्माण, युनेस्को सहभागितामुलक कार्यक्रम संचालन गर्नुको साथै राष्ट्ररूपमा बाल चित्रकला डायरी प्रतियोगिता गरी अन्य गरी नेपाललाई सबै क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन युनेस्कोले भुमिका खेल्दै आएको बताए ।

दैनिक समाचारदाता
राजबिराज, २० चैत ।
    युनेस्कोका निमित्त राष्ट्रिय आयोगका सदस्य रन्जु ठाकुरले मुलुकको दिगो बिकासका लागि शिक्षा अपरिहार्य रहेको बताएकी छिन् ।
    शिक्षा, बिज्ञान तथा बिज्ञान प्रबिधि मन्त्रालय तथा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय सिंहदरवार, काठमाडौंद्वारा आयोजित सार्वजनिक परिक्षण, सार्वजनिक सुनुवाई कार्यक्रममा यस्तो बताएकी हुन् । 
    गुणस्तरिय शिक्षालाई प्रबिधिसँग जोड्नका लागि प्राबिधिक बिद्यालय स्थापना गर्न युनेस्कोले सहयोग गर्न तयार रहेको बताउँदै उनले युनेस्कोले स्थानिय स्तरमा क्रियाकलाप गर्न स्थानिय निकायहरूसँग समन्वय गरेर अगाडी बढ्ने लक्ष्य रहेको जिकिर गरिन् ।
    युनेस्कोका प्रशिक्षक पदमराज जोशीले शिक्षा, बिज्ञान, संस्कृति, आमसंचार सहित बिद्यालय तथा सामुदायिक अध्ययन केन्द्र भवन निर्माण, युनेस्को सहभागितामुलक कार्यक्रम संचालन गर्नुको साथै राष्ट्ररूपमा बाल चित्रकला डायरी प्रतियोगिता गरी अन्य गरी नेपाललाई सबै क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन युनेस्कोले भुमिका खेल्दै आएको बताए ।
    कार्यक्रममा राजबिराज नगर उपप्रमुख साधना झाले युनेस्कोले केन्द्रीय स्तरमा बढी कार्यक्रम गर्दै आएकोले स्थानिय तहमा पनि कार्यक्रम संचालन गर्नुपर्ने जोड दिईन् ।
    केअ माबिका शिक्षिका निलम मिश्राले लागू औषध, महिला हिंसासँगै बिद्यालय क्षेत्रलाई कसरी शान्ति क्षेत्र घोषण गर्न युनेस्कोले स्थानिय स्तरमा कार्यक्रम गर्नुपर्ने सुझाव दिईन् ।
    सो अवसरमा राजबिराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मदनकुमार थापा, राजबिराज वडा ८ का वडा अध्यक्ष जयनारायण मण्डल, शिक्षा शाखा अधिकृत भोगेन्द्र यादब, नरेन्द्र मेमोरियल माबि बोरियाका प्रअ रामानन्द सुनरैत यादब, राजदेबी ठाकोदेबी राजदेबी माबिका प्रअ दिलिप यादब, केअ माबिका बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष धिरू बर्मा, केअ प्रअ योगेन्द्र यादब, पत्रकार सुधा देव, चन्दनकुमार यादब लगायतले बोलेका थिए ।
    युनेस्को संयुक्त राष्ट्र संघ मातहतको निकाय रहेकोले मुलुकको शिक्षा, बिज्ञान र संस्कृति, आमसंचारको क्षेत्रका बौद्विक ब्यक्तित्वहरूको जमातमा कार्य गर्दै आएको छ । १ सय ९३ वटा राष्ट्रमा बिस्तार गरी शान्ति मैत्री, तथा आपसी सद्भाव, सहनशिलता, मानव अधिकारको सम्मान, सहकार्य र सामुहिक प्रयास, समाजिक न्याय तथा उपलब्धीको न्यायोचित बितरण, रचनात्मक, सिर्जनसिलताद्वारा शान्ति प्रगति तथा सम्बृद्वि प्रवद्र्धन गरेर राष्ट्रको बिकास गर्ने उद्देश्यले युनेस्कोको स्थापना भएको हो । युनेस्कोले हाल कर्णाली प्रदेश, बागमति प्रदेश र प्रदेश २ मा कार्यक्रम गर्दै आएको जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?