दैनिक समाचारदाता
राजविराज, २९ असोज ।
सप्तरीको सप्तकोशी नगरपालिका १ हलेशी टोलमा मंगलबार आगलागी हुँदा पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।
स्थानिय डिल्लीबहादुर बस्नेतको काठको दुईतले घरमा अचानक आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, काठपात र नगद १० हजार गरी रु पाँच लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगो निभाउने क्रममा घरधनी बस्नेतको अनुहार, हातखुट्टासमेत जलेको प्रहरीले जानकारी दिँदै उनको फत्तेपुरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको बताएको छ ।
स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।
आगलागीमा पाँच लाख बराबरको क्षति
सारांश
- स्थानिय डिल्लीबहादुर बस्नेतको काठको दुईतले घरमा अचानक आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, काठपात र नगद १० हजार गरी रु पाँच लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
- आगो निभाउने क्रममा घरधनी बस्नेतको अनुहार, हातखुट्टासमेत जलेको प्रहरीले जानकारी दिँदै उनको फत्तेपुरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको बताएको छ ।
- स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
हराएका २६ जना मध्ये २० जना फेला
निःशुल्क सिलाई मेसिन वितरण
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया