दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
कामदा एकादशीको अवसरमा मंगलबार राजविराजदेखी बिराटनगरसम्मको ६ जनाले पैदल यात्रा गरेका छन् । उनीहरुले झण्डै १९ घन्टाको समय लगाएर बिराटनगरसम्मको पैदल यात्रा गरेका हुन् ।
राजविराज निवासी चन्दन प्रसाद साह, सन्तोष कुमार साह, नारायण साह, बिरेन्द्र प्रसाद गुप्ता, पंकज साह र रमेश गिरिले सो पैदल यात्रा गरेका हुन् ।
मंगलबार बिहान ३ बजे ६ जनाको टोली राजविराजबाट पैदल यात्रा सुरु गरेका थिए । राती ९ बजेर ५५ मिनेटमा ७ जनै सकुशल बिराटनगरस्थित श्री श्याम मन्दिर पुगेका थिए ।
यस्तै उनीहरुसँगै पैदल यात्रामा दुहबीबाट शिबजी चौहान पनि सहभागि भएको यात्रामा सहभागि चन्दन प्रसाद साहले जानकारी दिएका छन् ।
उनीहरुलाई उक्त पैदल यात्रामा राजबिराजबाट बिराटनगरस्थित मन्दिरसम्म बिबेक जैन, बिकास जैन, अमित साह, ओमप्रकाश साह र आशिष अग्रबालले सेवा सतकार गरेको टोलीका सहभागिहरुले जनाएका छन् ।
राजविराजदेखी बिराटनगरसम्मको ६ जनाले गरे पैदल यात्रा
सारांश
- राजविराज निवासी चन्दन प्रसाद साह, सन्तोष कुमार साह, नारायण साह, बिरेन्द्र प्रसाद गुप्ता, पंकज साह र रमेश गिरिले सो पैदल यात्रा गरेका हुन् ।
- मंगलबार बिहान ३ बजे ६ जनाको टोली राजविराजबाट पैदल यात्रा सुरु गरेका थिए ।
- राती ९ बजेर ५५ मिनेटमा ७ जनै सकुशल बिराटनगरस्थित श्री श्याम मन्दिर पुगेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया