दैनिक समाचारदाता
राजविराज, ३ भदौ ।
सप्तरीमा छुट्टाछुट्टै भएको घट्नामा एक महिलासहित दुई जनाको ज्यान गएको छ ।
जिल्लाको बोदेबर्साइन नगरपालिका ३ वस्ने राम नरेश यादव र राजविराज नगरपालिका ९ वस्ने अनुराधा मेहताको छुट्टाछुट्टै घट्नामा ज्यान गएको हो ।
प्रहरीका अनुसार आफ्नै घरको टेवल पंखामा करेन्ट लागेर विहीवार साँझ १८ वर्षिय यादवको मृत्यु भएको छ । पंखा चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका उनलाई उपचारका लागी सदरमुकाम राजविराज स्थित छिन्नमस्ता अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषित गरेका थिए ।
यस्तै ६ दिन अघि मोटरसाईकल दुर्घटनामा परी गम्भीर घाईते भएकी ४० वर्षिया मेहताको स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा विहीवार राती उपचारको क्रममा मृत्यु भएको छ । उनी सवार मोटरसाइकल गत साउन २७ गते हनुमाननगर कंकालिनी नगरपालिका ५ जोगिनीयास्थित बाँधको बाटोमा दुर्घटनामा परेको थियो ।
मृतक दुबै जनाको शवको शुक्रवार गजेन्द्र नारायण सिह अस्पताल मै पोष्टमार्टम पश्चात आफन्तलाई बुझाइ घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
छुट्टाछुट्टै घट्नामा दुईको मृत्यु
सारांश
- जिल्लाको बोदेबर्साइन नगरपालिका ३ वस्ने राम नरेश यादव र राजविराज नगरपालिका ९ वस्ने अनुराधा मेहताको छुट्टाछुट्टै घट्नामा ज्यान गएको हो ।
- प्रहरीका अनुसार आफ्नै घरको टेवल पंखामा करेन्ट लागेर विहीवार साँझ १८ वर्षिय यादवको मृत्यु भएको छ ।
- पंखा चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका उनलाई उपचारका लागी सदरमुकाम राजविराज स्थित छिन्नमस्ता अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषित गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया