दैनिक समाचारदाता
राजविराज, ४ असार ।
सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरकी २३ वर्षिया नविला खातुनको हत्या भएको माइती पक्षले दावी गर्दै घट्नाको उच्चस्तरिय छानवीनको मागँ गरेका छन् ।
ससुराली पक्षले नविलाले आत्महत्या गरेको बताईरहदा माइती पक्षले भने परिवारबाटै हत्या भएको आरोप लगाउँदै घट्नाको सुक्ष्म अनुसन्धान र उच्चस्तरिय छानवीनको मागँ गरेको हो ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका माइती रहेको मृतक नविलाको गत जेठ २४ गते मृत्यु भएको थियो । न्याय खोज्दै राजविराज आईपुगेका मृतकका दाजु फिरोज र भाई मोहिदले मृत्युको प्रकृति र घट्नाको अवस्थाले आत्महत्या नभई हत्या नै भएको दावी गरे ।
मृतकका दाजु फिरोजले २ वर्ष अघि भएको बहिनीको विवाहमा कबोल गरेको ३ लाख दाईजो रकम मध्ये २ लाख रुपैया बुझाई सकिएको र बाँकि १ लाख रुपैयाका लागी सासु मिनाले पटक पटक फोन मार्फत ताकेदा गर्ने गरेको सुनाए । बहिनी नविला पनि भेट्न आउँदा दाईजोको बाँकि रकमका लागी सासुले निकै तनाव दिन थालेको सुनाउँदै ऋण काढेर भएपनि सो रकमको व्यवस्था गरी दिन पटक पटक आफुलाई बताएको दाजु फिरोजको भनाई छ ।
तर, आर्थिक अवस्था जर्जर बनेका कारण रकमको जोहे हुन न सक्दा सासु मिना र उनका आफन्तको योजनामा बहिनीको हत्या नै भएको हो, उनले दावी गरे ।
मृतकका भाई मोहिदले घट्ना भईसकेपछि शवलाई हतार–हतारमा अस्पताल लगिनु र अस्पताल पुग्दा शरिरका विभिन्न भागमा शंकास्पद दागहरु देखिनु आत्महत्या नभएर हत्याको संकेत भएको बताए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले नविला मृत्यु प्रकरण सम्बन्धमा प्रहरीले विभिन्न कोणबाट गहिरो अनुसन्धान गरिरहेको बताउँदै पोष्टमार्टम रिर्पाेट नआएसम्म हत्या वा आत्महत्या यकिन गर्न नसकिने जानकारी दिए ।
घट्नाको भोली पल्ट नविलाको शव घरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरिसकिएको छ । तर, विहीवारसम्म पोष्टमार्टम रिर्पाेट आएको छैन ।
नविला आफ्नी १५ महिनाकी छोरीसंगै ४८ वर्षिया सासु मिना खातुनको साथमा कल्याणपुरस्थित घरमा बस्दै आएकी थिईन । यता मृतकका पति मो.नवाव विगत ८ महिनादेखी रोजगारीका सिलसिलामा कतारमा छन् भने ससुरा एयुव जफर मलेशियामा छन् ।
थप एक लाख दाइजो तिर्न नसक्दा हत्या ः माइती पक्ष, पोष्टमार्टम रिपोर्ट पर्खौ ः प्रहरी
सारांश
- ससुराली पक्षले नविलाले आत्महत्या गरेको बताईरहदा माइती पक्षले भने परिवारबाटै हत्या भएको आरोप लगाउँदै घट्नाको सुक्ष्म अनुसन्धान र उच्चस्तरिय छानवीनको मागँ गरेको हो ।
- सप्तरीको छिन्नमस्ता गाउँपालिका माइती रहेको मृतक नविलाको गत जेठ २४ गते मृत्यु भएको थियो ।
- न्याय खोज्दै राजविराज आईपुगेका मृतकका दाजु फिरोज र भाई मोहिदले मृत्युको प्रकृति र घट्नाको अवस्थाले आत्महत्या नभई हत्या नै भएको दावी गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया