चन्दन यादव
राजविराज, २३ मंसिर ।
जनता समाजवादी पार्टी नेपालका वरिष्ट नेता राजेन्द्र महतोले मुलुकमा सात सात पटक संविधान बनिसकेपनि अझै असन्तुष्टि कायमै रहेकोले संविधान संशोधनमार्फत असन्तुष्टि हटाउनु आवश्यक रहेको बताएका छन् ।
उनले आदिवासी, जनजाती, मधेशी मुश्लिम, सिमान्कृत समुदाय सबैको असन्तुष्टि हटाएर सर्वस्वीकार्य संविधान बनाउन जरुरी रहेको बताए ।
सप्तरीको रुपनी गाउँपालिकामा मंगलबार जनता समाजवादी पार्टी नेपाल रुपनी गाउँसमितिद्वारा आयोजित सहिद खुशीलाल यादव एवं नागेश्वर यादवको सालिक अनावरण कार्यक्रममा बोल्दै नेता महतोले सो कुरा बताएका हुन् ।
संविधानमा नमिलेका कुरालाई संशोधन गर्न वर्तमान सरकार तयार नरहेको आरोप लगाउँदै शासकीय अंहकार र नश्लिय सोचका कारण अहिले पनि सरकारले सबै नेपालीको भावनालाई समेट्न नसकेको उनको भनाई थियो ।
उनले व्यवस्था परिवर्तन भएपनि शासकीय सोचमा परिवर्तन नभएका कारण देशमा पटक पटक संकट आउने गरेको आरोप लगाउँदै वर्तमान सरकारकै एकपक्षिय र पुरानो मानसिकताका कारण प्राप्त उपलब्धीमाथी ग्रहदशा लागेको बताए ।
दुई सय वर्षअघि अमेरिकीमा बनेको संविधान अहिलेसम्म यथावतै रहेको र अमेरिका विश्वको सर्वोच्च शक्ति बनेको उदाहरणका साथ नेता महतोले शासकीय वर्गको नश्लिय चिन्तनका कारणले सात वटा संविधान बन्दा पनि नेपाल गरिब मुलुक नै रहेको जिकिर गरे ।
उनले मुलुक बनाउनका लागि हिमाल, पहाड र तराई मधेश तीनै क्षेत्रका जनताको भावना समेट्ने गरि संविधान निर्माण गर्नु आजको प्रमुख आवश्यकता रहेको जिकिर गरे । जनताले बलिदानी दिएर ल्याएको उपलब्धी समेत गुम्ने खतरामा पुगेको बताउँदै उनले यसको दोषि वर्तमान सरकारनै रहेको दाबी गरे ।
जनताको बलिदानबाट आएको परिवर्तनलाई रक्षा गर्नका लागि सम्पूर्ण परिवर्तनकारी शक्ति एकजुट रहनुपर्ने उनको कथन थियो ।
रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सहिदको शालिक निर्माणमा सहयोग पु¥याएका जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादव, जसपाका केन्द्रिय सदस्य विशेश्वर रजक, राजविराज नगरपालिकाका उपप्रमुख साधना झालगायतले पनि बोल्दै सहिदको सपना साकार नभएसम्म विभिन्न स्वरुपमा आन्दोलन जारि रहने उद्घोष गरे ।
कार्यक्रममा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, रानी मण्डल, राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, प्रदेशसभा सदस्य मनिषकुमार सुमन लगायत ठूलो संख्यामा नेता कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
सरकारकै एकपक्षिय र पुरानो मानसिकताका कारण प्राप्त उपलब्धीमाथी ग्रहदशा ः राजेन्द्र महतो
सारांश
- उनले आदिवासी, जनजाती, मधेशी मुश्लिम, सिमान्कृत समुदाय सबैको असन्तुष्टि हटाएर सर्वस्वीकार्य संविधान बनाउन जरुरी रहेको बताए ।
- सप्तरीको रुपनी गाउँपालिकामा मंगलबार जनता समाजवादी पार्टी नेपाल रुपनी गाउँसमितिद्वारा आयोजित सहिद खुशीलाल यादव एवं नागेश्वर यादवको सालिक अनावरण कार्यक्रममा बोल्दै नेता महतोले सो कुरा बताएका हुन् ।
- संविधानमा नमिलेका कुरालाई संशोधन गर्न वर्तमान सरकार तयार नरहेको आरोप लगाउँदै शासकीय अंहकार र नश्लिय सोचका कारण अहिले पनि सरकारले सबै नेपालीको भावनालाई समेट्न नसकेको उनको भनाई थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया