दैनिक समाचारदाता
राजविराज, २७ बैशाख ।
सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षागार्ड विहीवार बैंक भित्रै रहेको क्वाटरमा मृत अवस्थामा फेला परेका छन् ।
सप्तकोशी नगरपालिका २ निवासी ५६ वर्षिय परशुराम फुयाल विहान ७ बजे तिर बैंक परिसरमा रहेको क्वाटर भित्रै मृत अवस्थामा फेला परेका हुन ।
नेपाली सेनाबाट सेवानिवृत भएपछि उनी विगत ७ वर्ष देखि उक्त बैंकमा सुरक्षागार्डको रुपमा कार्यरत थिए ।
सूरुमा उच्चरक्तचापका विरामी फुयालको सोही कारणले मृत्यु भएको हुन सक्ने आशंका गरिएपनि घट्नास्थलको प्रकृति तथा सीसीटीभी फुटेज चेक गर्दा हत्या भएको संकेत गरेको प्रहरीको भनाई छ । यद्यपी यसबारे अनुसन्धान भईरहेकोले सत्य तथ्य सार्वजनिक गर्न केही समय लाग्ने इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।
बैंकमा रहेको सीसीटीभी फुटेज चेक गर्दा मध्यराती तिर एक जना नकावधारी ब्यक्ती बैंक भित्र ओहोर दोहोर गरेको देखिएको डिएसपी नेपालले बताए । उनले फुयालको शव पोस्टमार्टमका लागी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र पोस्टमार्टम रिर्पाेट आएपछि यकिनका साथ भन्न सकिने बताए ।
बिहान कोठा नखुलेपछि शंका लागेर ढोका खोलेर हेर्दा सुरक्षागार्ड फुयाल मृत अवस्थामा भेटिएको बैंकका कर्मचारीहरुले बताए । बंैकको रकम लुट्ने उद्देश्यले नकाबधारी प्रवेश गरेको हुन सक्ने तथा प्रतिकार गर्दा गार्ड मारिएको हुन सक्ने समेत अनुमान गरिएको छ । यद्यपी अनुसन्धान सकिएपछि मात्र यर्थात भन्न मिल्ने प्रहरी अधिकारीहरुको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले सीसीटिभी फुटेजमा देखिएका ब्यक्ती बैंक लुट्ने प्रयोजनका लागी नकाब लगाएर चोर बाटोबाट मध्यराती बैंकमा प्रवेश गरेको अनुमान गरिएको बताउँदै बैंक भित्र रहेका सबै सम्पती सुरक्षित रहेको जानकारी दिए ।
यसैबीच विहीवार नै घट्ना स्थलमा कोशी प्रदेश प्रहरी कार्यालयबाट डग स्क्वाड (तालिम प्राप्त कुकुर) ल्याइ प्रयोग गरिको छ । डग स्क्वाडले पनि केही संकेत गरेकोले त्यसको पनि अध्ययन गर्दै सीसीटिभी फुटेजमा देखिको नकाबधारी ब्यक्तीको खोजी कार्य तिब्र बनाइएको उनको भनाई छ ।
नेपाल बैंकका सुरक्षा गार्ड मृत अवस्थामा फेला
सारांश
- सप्तकोशी नगरपालिका २ निवासी ५६ वर्षिय परशुराम फुयाल विहान ७ बजे तिर बैंक परिसरमा रहेको क्वाटर भित्रै मृत अवस्थामा फेला परेका हुन ।
- नेपाली सेनाबाट सेवानिवृत भएपछि उनी विगत ७ वर्ष देखि उक्त बैंकमा सुरक्षागार्डको रुपमा कार्यरत थिए ।
- सूरुमा उच्चरक्तचापका विरामी फुयालको सोही कारणले मृत्यु भएको हुन सक्ने आशंका गरिएपनि घट्नास्थलको प्रकृति तथा सीसीटीभी फुटेज चेक गर्दा हत्या भएको संकेत गरेको प्रहरीको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया