भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन

राजविराज राजविराज
|
शुक्रबार, चैत्र १३, २०७७
|
|
७९ पटक हेरिएको
Shares
भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन

सारांश

  •     जिल्ला समन्वय समिति सप्तरीको हाताभित्र रहेको भवनमा आयोगको कार्यालय उद्घाटन गरिएको हो ।
  •       समन्वय समितिका सभापति प्रभाकर यादव र प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले संयुक्त रुपमा रिबन काटेर सो कार्यालयको उद्घाटन गरे ।
  •       आयोगका अध्यक्ष देवनारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यालय उद्घाटन कार्यक्रमको प्रमुख अतिथि जिल्ला समनवय समिति सप्तरीका सभापति प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, प्रहरी उपरिक्षक राजेन्द्र धमला, सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १३ चैत । 
    भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति सप्तरीको शुक्रबार एक कार्यक्रमबीच कार्यालय उद्घाटन गरिएको छ । 
    जिल्ला समन्वय समिति सप्तरीको हाताभित्र रहेको भवनमा आयोगको कार्यालय उद्घाटन गरिएको हो । 
    समन्वय समितिका सभापति प्रभाकर यादव र प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले संयुक्त रुपमा रिबन काटेर सो कार्यालयको उद्घाटन गरे । 
    आयोगका अध्यक्ष देवनारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यालय उद्घाटन कार्यक्रमको प्रमुख अतिथि जिल्ला समनवय समिति सप्तरीका सभापति प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, प्रहरी उपरिक्षक राजेन्द्र धमला, सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । 
    कार्यालय उद्घाटन पश्चात् आयोगका नवनियुक्त अध्यक्ष चौधरीले सत्यतथ्य प्रमाणको आधारमा भूमिहीनलाई जग्गा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जिल्लामा ३० हजार बढी दलित, भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बासोवासी रहेको जानकारी दिएका छन् । 
    ती अव्यवस्थित वासोवासीहरुलाई व्यवस्थित रुपले भूमि दिनका लागि जिल्लाको १३ वटा पालिकासँग सम्झौता गरिसकेको बताउँदै बाँकी रहेका शम्भुनाथ नगरपालिका, खडक नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, राजगढ गाउँपालिका र विष्णुपुर गाउँपालिकासँग एक हप्ताभित्रै सम्भौता गरिसक्ने बताए । 
    स्थानिय पालिका तथा सो पालिका अन्तरगतका वडाहरुमा सहजिकरण समिति समेत गठन भइसेकेको र ती समितिले १५ दिने वा ७ दिने सूचना प्रकाशित गर्नुपर्ने, सार्वजनिक सुनुवाई गर्नुपर्ने, दलित, भूमिहीन, अव्यवस्थित बसोवासीहरुको अनुमोदन गरि जिल्ला समितिमा पठाउनु पर्ने प्रावधान रहेको छ । 
    अध्यक्ष चौधरीका अनुसार समितीमा आएका सिफारिसहरुलाई पालिकामा रहेको सहजिकरण समितिले समेत अनुमोदन गरेर जिल्ला समितिमा पठाएपछि त्यहा रहेका सात सदस्यीय समितिले अन्तिम पटक अनुमोदन गरेर जग्गाका लागि सिफारिस तथा सोको प्रक्रिया अगाडी बढाइने जनाए । 
    ती सात सदस्यीय समितिमा आयोगका अध्यक्ष, भूमि विज्ञ, महिला सदस्य, जिल्ला डिभिजन वन कार्यालयका प्रमुख, जिल्ला मालपोत कार्यालयका प्रमुख तथा जिल्ला नापी विभागका प्रमुख छन् । 
    सरकारले गत माघ १५ गते एकै पटक ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या आयोग गठन गरेको थियो । जस अन्तरगत सप्तरीमा देवनारायण चौधरीको अध्यक्षतामा जयप्रकाश ठाकुर विज्ञ सदस्य तथा महिला सदस्यमा जित कुमारी पौडेललाई नियुक्त गरेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी