ट्रकमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु, अर्का घाइते

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, श्रावण ६, २०८३
|
|
१९ पटक हेरिएको
Shares
ट्रकमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु, अर्का घाइते

सारांश

  • दुर्घटनामा मोटरसाइकल चालक जिल्लाको सुरुङ्गा गाउँपालिका १ चहकाका ५५ वर्षीय खडकबहादुर आले मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक  मगरको टाउको, अनुहार तथा दुवै हातखुट्टामा चोट लागेकोले रुपनीस्थित युनिक अस्पतालमा उपचारका क्रममा मंगलबार राति नै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन् ।
  • यस्तै सोही मोटरसाइकलको पछाडि सवार सुरुङ्गा गाउँपालिका १ निवासी ३५ वर्षीय इन्द्र राउत घाइते भएका छन् ।
दैनिक समाचारदाता
राजविराज, ६ साउन । 
सप्तरीको शम्भुनाथ नगरपालिका ८ बेरियास्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको पछाडीको भागमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक जिल्लाको सुरुङ्गा गाउँपालिका १ चहकाका ५५ वर्षीय खडकबहादुर आले मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक  मगरको टाउको, अनुहार तथा दुवै हातखुट्टामा चोट लागेकोले रुपनीस्थित युनिक अस्पतालमा उपचारका क्रममा मंगलबार राति नै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन् ।
यस्तै सोही मोटरसाइकलको पछाडि सवार सुरुङ्गा गाउँपालिका १ निवासी ३५ वर्षीय इन्द्र राउत घाइते भएका छन् । उनको कल्याणपुरस्थित स्थानिय अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ करिब ७ः४० बजे कठौनाबाट कल्याणपुरतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख ३९१५ नम्बरको ट्रकको पछाडिको दाहिने चक्काको भागमा सोही दिशाबाट आउँदै गरेको स ७ प २३७ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्रक चालक सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ३ का ३८ वर्षीय रमेश थारु दुनुवार सहित दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहिद दिलिप स्मृति प्रतिष्ठानद्वारा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन
सहिद दिलिप स्मृति प्रतिष्ठानद्वारा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन
मोटरसाइकल अनियन्त्रित भई डिभाईडरमा ठोकिदा चालकको मृत्यु, एक गम्भिर घाइते
मोटरसाइकल अनियन्त्रित भई डिभाईडरमा ठोकिदा चालकको मृत्यु, एक गम्भिर घाइते
छोरी शिक्षा विमाको रकम एक लाखबाट तीन लाख 
छोरी शिक्षा विमाको रकम एक लाखबाट तीन लाख 
संघीय सरकारका मातहतका कार्यालयद्वारा प्रदेश सरकारको विदाको अवज्ञा
बालिका बलात्कार गर्ने मुखिया १३ वर्षपछि पक्राउ
बालिका बलात्कार गर्ने मुखिया १३ वर्षपछि पक्राउ
सप्तरीको छिन्नमस्तामा उपनिर्वाचनको गतिविधी तिब्र 
चोरी शिकारीमा पूर्वडिआइजी, पूर्वउपसभामुखका छोरा, बहालवाला सईसहित १० जना पक्राउ
चोरी शिकारीमा पूर्वडिआइजी, पूर्वउपसभामुखका छोरा, बहालवाला सईसहित १० जना पक्राउ
श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ 
श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ 
चोरी गर्ने छोरा र सामान लुकाउने आमा पक्राउ
चोरी गर्ने छोरा र सामान लुकाउने आमा पक्राउ
जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी 
जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी