ट्रकमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु, अर्का घाइते

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, श्रावण ६, २०८३
|
|
१४६ पटक हेरिएको
Shares
ट्रकमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु, अर्का घाइते

सारांश

  • दुर्घटनामा मोटरसाइकल चालक जिल्लाको सुरुङ्गा गाउँपालिका १ चहकाका ५५ वर्षीय खडकबहादुर आले मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक  मगरको टाउको, अनुहार तथा दुवै हातखुट्टामा चोट लागेकोले रुपनीस्थित युनिक अस्पतालमा उपचारका क्रममा मंगलबार राति नै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन् ।
  • यस्तै सोही मोटरसाइकलको पछाडि सवार सुरुङ्गा गाउँपालिका १ निवासी ३५ वर्षीय इन्द्र राउत घाइते भएका छन् ।
दैनिक समाचारदाता
राजविराज, ६ साउन । 
सप्तरीको शम्भुनाथ नगरपालिका ८ बेरियास्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको पछाडीको भागमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक जिल्लाको सुरुङ्गा गाउँपालिका १ चहकाका ५५ वर्षीय खडकबहादुर आले मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक  मगरको टाउको, अनुहार तथा दुवै हातखुट्टामा चोट लागेकोले रुपनीस्थित युनिक अस्पतालमा उपचारका क्रममा मंगलबार राति नै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन् ।
यस्तै सोही मोटरसाइकलको पछाडि सवार सुरुङ्गा गाउँपालिका १ निवासी ३५ वर्षीय इन्द्र राउत घाइते भएका छन् । उनको कल्याणपुरस्थित स्थानिय अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ करिब ७ः४० बजे कठौनाबाट कल्याणपुरतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख ३९१५ नम्बरको ट्रकको पछाडिको दाहिने चक्काको भागमा सोही दिशाबाट आउँदै गरेको स ७ प २३७ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्रक चालक सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ३ का ३८ वर्षीय रमेश थारु दुनुवार सहित दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी