दैनिक समाचारदाता
राजविराज, २३ बैशाख ।
स्थानिय तह निर्वाचनको ६ दिन बाँकी रहेको समयमा पनि विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले घोषणा पत्र सार्वजनिक गर्ने क्रमलाई जारि राखेका छन् ।
शुक्रबार सप्तरीको तिरहुत गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका बिजय यादवले पत्रकार सम्मेलन मार्फत २९ बुँदे घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको घोषणा पत्रमा स्थानिय स्वास्थ्य, शिक्षा, कृषि, सडक, पर्यटन र खेलकुदलाई उच्च प्राथमिकतामा राखिएको छ भने एतिहासिक पर्यटकीय स्थल बाबा ठाकुर दहको बृहत विकास गर्ने, सिभिल इन्जिनियरिङ कलेजको स्थापना गर्ने, गरिब असाहय परिवारका छात्रछात्राको पढाईका लागि गाउँपालिकाबाट सहयोग गर्ने, २५ शैयाको सुविधायुक्त अस्पताल निर्माण गर्ने, प्रत्येक वर्ष एक हजार महिला र पुरुषलाई रोजगार दिइने लगायतका प्रतिबद्धता समेत घोषणा पत्रमा समेटिएको छ ।
यस्तै तिरहुत गाउँपालिकालाई उद्योग ग्रांम बनाउने, किसानलाई कृषि मिटरमा बिजुली महसुलको ५० प्रतिशत अनुदान दिने, प्रत्येक वडामा कालोपत्र सडक निर्माण, बाढी नियत्रणका लागि तटबन्ध तथा आवश्यक पूर्वाधारको निर्माण, मुस्लिम बालबालिकाको शिक्षाका लागि मदरसाको स्थापना लगायतका प्रतिबद्धता पनि घोषणा पत्रमा उल्लेख छ ।
तिरहुत काँग्रेसका उम्मेदवारद्वारा घोषणा पत्र जारि
सारांश
- शुक्रबार सप्तरीको तिरहुत गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका बिजय यादवले पत्रकार सम्मेलन मार्फत २९ बुँदे घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
- सार्वजनिक गरिएको घोषणा पत्रमा स्थानिय स्वास्थ्य, शिक्षा, कृषि, सडक, पर्यटन र खेलकुदलाई उच्च प्राथमिकतामा राखिएको छ भने एतिहासिक पर्यटकीय स्थल बाबा ठाकुर दहको बृहत विकास गर्ने, सिभिल इन्जिनियरिङ कलेजको स्थापना गर्ने, गरिब असाहय परिवारका छात्रछात्राको पढाईका लागि गाउँपालिकाबाट सहयोग गर्ने, २५ शैयाको सुविधायुक्त अस्पताल निर्माण गर्ने, प्रत्येक वर्ष एक हजार महिला र पुरुषलाई रोजगार दिइने लगायतका प्रतिबद्धता समेत घोषणा पत्रमा समेटिएको छ ।
- यस्तै तिरहुत गाउँपालिकालाई उद्योग ग्रांम बनाउने, किसानलाई कृषि मिटरमा बिजुली महसुलको ५० प्रतिशत अनुदान दिने, प्रत्येक वडामा कालोपत्र सडक निर्माण, बाढी नियत्रणका लागि तटबन्ध तथा आवश्यक पूर्वाधारको निर्माण, मुस्लिम बालबालिकाको शिक्षाका लागि मदरसाको स्थापना लगायतका प्रतिबद्धता पनि घोषणा पत्रमा उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया