१३ दिनदेखी व्यवसायी दासको अवस्था अज्ञात, साथीद्वारै श्रीमानको अपहरण ः अपहरितकी श्रीमती 

राजविराज राजविराज
|
शनिबार, जेठ २५, २०७६
|
|
७७ पटक हेरिएको
Shares

सारांश

  •     जेठ १३ गते नै यादव घर आएको र उनीसंगै हिडेको पति दास १४ गते साँझदेखि सम्पर्क विहिन भएको आधारमा नै अपहरण भएको पत्रकार सम्मेलनमा दासकी पत्नी सोमिन्द्राले दावी गरिन् ।
  • पति सम्पर्क विहिन भएदेखि नै उनिसंगै हिडेका यादव फरार हुनुले पनि दावीलाई पुष्टि गर्छ सुमिन्द्राको भनाई छ ।
  •       यद्धपी अहिले सम्म अपहरणकारीबाट कुनै माग नआएको उनले बताईन ।

    राजविराज÷राजविराज नगरपालिका वडा नं. १६ बोरिया निवासी किराना व्यवसायी तुलसी दासको १३ दिनदेखी अवस्था अज्ञात रहेको छ । उनी घरबाट निस्किएको शनिबार तेह्रो दिन सम्म पनि फर्केका छैनन् । 
    शनिवार दासकी श्रीमती सोमिन्द्रा देवी दासले पत्रकार सम्मेलनको आयोजना गर्दै उनकै साथी राजविराज नगरपालिका ९ वस्ने रेशमलाल यादवको योजनामा अपहरण गरिएको दावी गरेकी छिन् । 
    उनले यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा किटानी निवेदन दिँदै छानविनका लागी उनलाई अविलम्ब पक्राउ गर्न माग गरेकी छिन् । ४५ वर्षिय दास गत जेठ १३ गते विहान ८ बजे तिर घरबाट ५० हजार रुपैया लिएर निस्केका थिए । त्यतिबेला उनले सर्लाहीमा एक वैवाहिक कार्यक्रममा सरिक हुने र त्यस पछि फर्किदा पसलका लागि केही किनमेल गर्ने भन्दै ५० हजार रुपैया बोकेको पत्नी सोमिन्द्रालाई बताएर हिडेका थिए । 


    जेठ १३ गते नै यादव घर आएको र उनीसंगै हिडेको पति दास १४ गते साँझदेखि सम्पर्क विहिन भएको आधारमा नै अपहरण भएको पत्रकार सम्मेलनमा दासकी पत्नी सोमिन्द्राले दावी गरिन् । पति सम्पर्क विहिन भएदेखि नै उनिसंगै हिडेका यादव फरार हुनुले पनि दावीलाई पुष्टि गर्छ सुमिन्द्राको भनाई छ ।  
    यद्धपी अहिले सम्म अपहरणकारीबाट कुनै माग नआएको उनले बताईन । जेठ १४ गते दिउसो १ बजे तिर दासले बोक्ने ९८१९७३१४७१ नम्बरको मोबाईबाट अन्तिम पटक कुरा हुँदा यादवसँगै आफू रहेको र भोली पल्ट घर फर्किने बताएपछि स्वीचअफ भएको मोबाइल अहिले सम्म चालु नभएको उनले सुनाइन । 
    उनले यादवकै संलग्नतामा योजनाबद्ध तरिकाले पति दासको अपहरण गरिएको दाबी गर्दै पतिको अवस्था पता लगाउने कार्यमा पहल गरिदिन संचारकर्मी र अधिकारकर्मीहरुलाई पनि आग्रह गरिन् । 
    यता घटनाको अनुसन्धान गरिरहेका वडा कार्यालयका सई हिलस कुमार सिंहले व्यवसायी दासको अवस्था पत्ता लागउन प्रहरीले कुनै कसर बाँकी नराखेको र दिनरात काम गरिरहेको बताएका छन् । दास परिवारले यादवको नाममा किटानी निवेदन दिएकाले यादव परिवारका सदस्यहरुलाई झिकाई निरन्तर दवाव र अनुसन्धान तिब्र बनाएको सई सिंहले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यान्सर पीडित छोराका लागि यादव  दम्पत्तीद्वारा सहयोगको याचना
क्यान्सर पीडित छोराका लागि यादव  दम्पत्तीद्वारा सहयोगको याचना
राजगढ गापाद्वारा ३६ करोड बढीको  अनुमानित आयब्यय सार्वजनिक
राजगढ गापाद्वारा ३६ करोड बढीको  अनुमानित आयब्यय सार्वजनिक
कोशी पीडितहरुको आन्दोलन १५ औं दिन, नेपाल–भारतका संचारकर्मीहरुद्वारा सहयोगको प्रतिबद्घता
कोशी पीडितहरुको आन्दोलन १५ औं दिन, नेपाल–भारतका संचारकर्मीहरुद्वारा सहयोगको प्रतिबद्घता
बाढीले भत्काएको पुल बन्न  नसक्दा आवगमन ठप्प
बाढीले भत्काएको पुल बन्न  नसक्दा आवगमन ठप्प
कुटपिट मुद्दामा १७ वर्षदेखी फरार प्रतिवादी पक्राउ
कुटपिट मुद्दामा १७ वर्षदेखी फरार प्रतिवादी पक्राउ
सुनसरी घटनाको बिरोधमा प्रदर्शन, पूर्व पकलीदेखी पश्चिम कोशी ब्यारेजसम्म कर्फयु आदेश जारि
सुनसरी घटनाको बिरोधमा प्रदर्शन, पूर्व पकलीदेखी पश्चिम कोशी ब्यारेजसम्म कर्फयु आदेश जारि
घटनाको ९ महिना बितिसक्दा पनि आफूहरुले न्याय नपाएको गुनासो
घटनाको ९ महिना बितिसक्दा पनि आफूहरुले न्याय नपाएको गुनासो
कोईलाडी र मन्सापुर बिजयी
कोईलाडी र मन्सापुर बिजयी
हात्तीद्वारा पाँच घरमा तोडफोड
हात्तीद्वारा पाँच घरमा तोडफोड
हिन्दू राष्ट्रका लागि लडाई जारि छ ः राष्ट्रिय अध्यक्ष पटेल  
हिन्दू राष्ट्रका लागि लडाई जारि छ ः राष्ट्रिय अध्यक्ष पटेल