“सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 

राजविराज राजविराज
|
बुधबार, आश्विन २२, २०८२
|
|
३७ पटक हेरिएको
Shares
“सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 

सारांश

  •     सार्वजनिक जग्गाको सम्बन्धमा साविकमा भएका निर्णय अनुसार उक्त स्थानमा निर्माणाधीन अवस्थामा रहेका ठोस संरचना राजबिराज नगरपालिकाले बुधबार हटाउने तथा उक्त स्थानमा राखेका सवारीसाधन लगायत अन्य सबै प्रकारका सरसामानहरु व्यक्तिको भए व्यक्ति स्वयमले हटाउने र सामाजिक सद्भाव तथा एकताको वातावरणलाई कायम राख्दै हाल उक्त स्थानमा मनाउन लागेको लक्ष्मी पुजा समेत अन्यत्र ठाउँमा सारी मनाउने निर्णय भएको छ ।
  •       त्यस्तै कुनै पनि किसिमको धर्म सम्प्रदायका नागरिकहरुले आफ्नो धर्म सम्प्रदायसँग सम्बन्धित जग्गा रहेको हो भनि आफ्नो हक अधिकार प्रयोग नगर्ने, साथै उक्त स्थानमा कुनै पनि धर्म सम्प्रदायसँग झल्किने खालको झण्डा नराख्ने र राखेको भए सोही समुदायका व्यक्तिहरु आ–आफ्नो झण्ड तत्कालै हटाउने निर्णयमा भनिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २१ असोज । 

    दुवै समुदायबीचको विवादको विषयमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा सर्वपक्षिय–सर्वदलिय बैठक बसेको छ । बैठकमा सो विवादित सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने र भएका निर्णय दुवै पक्षले मान्ने सहमति भएको छ ।
    सार्वजनिक जग्गाको सम्बन्धमा साविकमा भएका निर्णय अनुसार उक्त स्थानमा निर्माणाधीन अवस्थामा रहेका ठोस संरचना राजबिराज नगरपालिकाले बुधबार हटाउने तथा उक्त स्थानमा राखेका सवारीसाधन लगायत अन्य सबै प्रकारका सरसामानहरु व्यक्तिको भए व्यक्ति स्वयमले हटाउने र सामाजिक सद्भाव तथा एकताको वातावरणलाई कायम राख्दै हाल उक्त स्थानमा मनाउन लागेको लक्ष्मी पुजा समेत अन्यत्र ठाउँमा सारी मनाउने निर्णय भएको छ । 
    त्यस्तै कुनै पनि किसिमको धर्म सम्प्रदायका नागरिकहरुले आफ्नो धर्म सम्प्रदायसँग सम्बन्धित जग्गा रहेको हो भनि आफ्नो हक अधिकार प्रयोग नगर्ने, साथै उक्त स्थानमा कुनै पनि धर्म सम्प्रदायसँग झल्किने खालको झण्डा नराख्ने र राखेको भए सोही समुदायका व्यक्तिहरु आ–आफ्नो झण्ड तत्कालै हटाउने निर्णयमा भनिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ